डा. खगेन्द्र अधिकारी - झापा क्षेत्र नं. ५

प्रदेश नं १   दल: नेपाली कांग्रेस   प्राप्त मत: कैफियत:  

एमाले अध्यक्ष केपी ओलीसँग झापा ५ मा चुनाव लडेका डा. खगेन्द्र अधिकारी केही साता अघिसम्म पेशाले प्राध्यापक थिए । त्रिचन्द्र कलेजमा १७ वर्षसम्म प्राध्यापन गरेका डा. अधिकारी नेपाली कांग्रेसको महासमिति सदस्य हुन् ।

टिकट पाउनेवित्तिकै उनले सरकारी जागिर छाडेका छन् । र, 'सरकारको नोकर थिएँ, अब जनताको भएँ’ भन्दै जिल्लातिर गएका छन् ।

वि.सं. २०३१ सालमा झापामा जन्मिएका ४३ वर्षीय डा. अधिकारीले भारतको सौराष्ट्र युनिभर्सिटीबाट प्राणी शास्त्रमा विद्यावारिधि गरेका छन् ।

उनले कांग्रेसको राजनीतिक यात्रा भने ०४८ सालदेखि सुरु गरेका हुन् । उनी त्यसवेला झापाको गौरादह क्याम्पसमा नेपाल विद्यार्थी संघको इकाइ अध्यक्ष थिए ।

पछि ०५७ सालदेखि उनले प्राध्यापन पेशा सुरु गरे । यसअघि उनी पार्टीको अनुसन्धान तथा अभिलेखालय विभागको केन्द्रीय सदस्यसमेत बनेका थिए ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

मेटमणि चाैधरी

नेकपा एमाले

सीताराम भण्डारी

नेपाली कांग्रेस

देवनारायण चाैधरी

नेकपा एमाले

पुष्पबहादुर शाह

नेपाली कांग्रेस

महेश बस्नेत

नेकपा एमाले

नरेन्द्रजंग थापा

नेपाली कांग्रेस