वसन्त कुमार नेम्वाङ्ग नेकपा एमाले, पाँचथर - १ पुरुष , ६० बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

पाँचथर जिल्ला सदरमुकाम फिदिममा २०१८ चैतमा जन्मिएका वसन्तकुमार नेम्वाङ ३० वर्षमै संसद सदस्य भए । पहिलो पटक २०४८ मा पाँचथरबाट संसदमा निर्वाचित उनी २०५६ र २०७४ सालमा पनि सांसद चुनिए । उनी तीन पटक नै नेकपा (एमाले)बाट सांसद बनेका थिए ।

२०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा भने नेम्वाङले टिकट पाएनन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि एमालेले फेरि उनैलाई पाँचथरको टिकट दिएको छ ।

फिदिममै प्रवेशिका परीक्षा उत्तीर्ण गरेर २०३६ सालमा कानुन पढ्न काठमाडौंको नेपाल ल क्याम्पसमा भर्ना भएपछि नेम्वाङ राजनीतिमा तानिएका थिए । विद्यार्थी आन्दोलनले बेस्सरी तताएको थियो, त्यो बेलाको काठमाडौंलाई । त्यो माहोलमा अनेरास्ववियूमा संगठित भएर आन्दोलनमा होमिए नेम्वाङ पनि ।

कानुनमा स्नातक भएर केही समय वकालत पनि गरेका उनले २०४७ पुसमा पार्टीको संगठित सदस्यता पाए । त्यसयता उनी पाँचथर जिल्ला कमिटी सदस्य, प्ररायुसंघको केन्द्रीय कोषाध्यक्ष, उपाध्यक्ष, राष्ट्रिय प्रतिनिधि परिषद सदस्य, केन्द्रीय ऊर्जा विभागको सदस्य सचिवलगायत जिम्मेवारीमा रहे । अहिले केन्द्रीय सदस्य छन् ।

केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा उनको प्रशासनिक सल्लाहकारमा नियुक्त भएका नेम्वाङले ओली दोस्रो पटक प्रधानमन्त्री बनेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुने अवसर पाए ।  उनी ८ फागुन २०७६ देखि २९ असोज २०७७ सम्म मन्त्री रहे । 

उनले २०७८ असारमा केही दिन सञ्चार तथा सूचनाप्रविधि मन्त्रालय, शहरी विकास मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालय र खानेपानी विकास मन्त्रालयको पनि नेतृत्व गर्ने अवसर पाए ।

पाँचथरमा ‘उठ्यो कि जित्यो’ भएका नेम्वाङका लागि यसपटकको चौथो स्पर्धा भने उति सहज छैन । अघिल्लो निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को काँध पाएका उनले नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बेलाई १० हजार ५८१ मतले हराएका थिए । यसपटक भने माओवादीले कांग्रेसका तिनै आङ्देम्बेलाई बोकेको छ ।

२०७४ सालमा एमाले–माओवादी केन्द्र गठबन्धनले पाँचथरको एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेश सभा निर्वाचन क्षेत्र एकलौटी पारेकोमा यसपटक स्थानीय तह निर्वाचनदेखि नै कांग्रेस–माओवादीसहितको सत्ता गठबन्धन छ ।

गत वैशाखको स्थानीय तह निर्वाचनमा एमालेका वडाअध्यक्षहरूले सबभन्दा बढी ३० हजार ९५८ मत ल्याएको भए पनि गठबन्धनका दलहरूले पाएको कुल मत नेम्वाङ प्रतिकूल छ ।

उक्त चुनावमा गठबन्धनको कांग्रेसले २५ हजार ६५, नेकपा (माओवादी केन्द्र)ले ११ हजार ८०८, नेकपा (एकीकृत समाजवादी)ले २ हजार १६१ र जनता समाजवादी पार्टी (जसपा)ले २ हजार ६४३ मत पाएका छन् । यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ हजार ९०९ मत पाएको छ ।

नेम्वाङलाई जितको लागि आफ्नो संगठन र गठबन्धनभित्रका असन्तुष्टहरूको भर छ । स्थानीय तह निर्वाचनमा झैं गठबन्धनको पक्षमा लहर आए वा गठबन्धन दलहरूको परम्परागत मत तान्न नसके वसन्त नेम्वाङलाई जित निकाल्न कठिन हुने देखिन्छ ।

Full Read

पाँचथर - १ का उम्मेदवारहरु

२०७९ २०७४
भीष्म राज आङदेम्वे
पाँचथर, पाँचथर - १
बर्ष: ५७, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
३२०६३
वसन्त कुमार नेम्वाङ्ग
पाँचथर, पाँचथर - १
बर्ष: ६०, पुरुष
गठबन्धन: एमाले गठबन्धन
विजयी ३२११०
दल प्रसाद लिङदेन
पाँचथर, पाँचथर - १
बर्ष: ४५, पुरुष
गठबन्धन:
५२५
कमल वहादुर चेम्जोङ
पाँचथर, पाँचथर - १
बर्ष: ६०, पुरुष
गठबन्धन:
१५७५
प्रेम राज लावती
पाँचथर, पाँचथर - १
बर्ष: ४९, पुरुष
गठबन्धन:
१२७५
बर्ष: ६५, पुरुष
गठबन्धन:
३०१
दीन नाथ घिमिरे
पाँचथर, पाँचथर - १
बर्ष: ६१, पुरुष
गठबन्धन:
८१५
जस बहादुर योङहाङ
पाँचथर, पाँचथर - १
बर्ष: ७४, पुरुष
गठबन्धन:
१०१०
मदन कुमार पोख्रेल
पाँचथर, पाँचथर - १
बर्ष: ४९, पुरुष
गठबन्धन:
२५३
भिम बहादुर तामाङ
पाँचथर, पाँचथर - १
बर्ष: ३२, पुरुष
गठबन्धन:
१२७४
राम कुमार तुम्रोक
पाँचथर, पाँचथर - १
बर्ष: ४४, पुरुष
गठबन्धन:
५२१
दल बहादुर आङदेम्बे
पाँचथर, पाँचथर - १
बर्ष: ४०, पुरुष
गठबन्धन:
१०८
विष्टन लावती
पाँचथर, पाँचथर - १
बर्ष: ३२, पुरुष
गठबन्धन:
३५
बाल कृष्ण काफ्ले
पाँचथर, पाँचथर - १
बर्ष: ४१, पुरुष
गठबन्धन:
१७
लाख वहादुर पालूङ्वा
पाँचथर, पाँचथर - १
बर्ष: ३९, पुरुष
गठबन्धन:
८३
वसन्त कुमार नेम्वाङ्ग
पाँचथर , पाँचथर - १
बर्ष: ५५ , पुरुष
गठबन्धन:
नेकपा एमाले
विजयी ३८६४१ मत
भीष्म राज आङदेम्वे
पाँचथर , पाँचथर - १
बर्ष: ५२ , पुरुष
गठबन्धन:
प्रेम राज लावती
पाँचथर , पाँचथर - १
बर्ष: ४४ , पुरुष
गठबन्धन:
सागर केरुङ
पाँचथर , पाँचथर - १
बर्ष: २५ , पुरुष
गठबन्धन:
भगि रथ लिम्वू
पाँचथर , पाँचथर - १
बर्ष: ५० , पुरुष
गठबन्धन:
दिल बहादुर लावती
पाँचथर , पाँचथर - १
बर्ष: ५१ , पुरुष
गठबन्धन:

चुनावी समाचार

  • https://sepuh.diaryuindra.ac.id/
  • >