विरोध खतिवडा - मकवानपुर क्षेत्र नं. २

प्रदेश नं ३   दल: नेकपा एमाले   प्राप्त मत: कैफियत:  

एमाले नेता विरोध खतिवडा प्रतिनिधिसभाका लागि मकवानपुर क्षेत्र नम्बर-१ बाट गठबन्धनका उम्मेद्वार छन् । उनी मकवानपुरको राजनीतिकवृत्तमा चतुर नेताका रुपमा चिनिन्छन् । उनले एकपटक राष्ट्रिय पञ्चायतसहित ४ पटक चुनाव लडिसके । अहिले पाँचौंपटक चुनावी मैदानमा छन् ।

तीनपटक सांसदमा निर्वाचित भएका उनले दुईवटा संविधानसभा निर्वाचनमा भने टिकट पाएनन् । उनी ०४३ सालमा राष्ट्रिय पञ्चायतमा एमालेका तर्फबाट जनपक्षीय उम्मेदवार बनेका थिए । तर, हारे । त्यसपछि उनी ०४८ सालमा जनमुखी नेता रुपचन्द्र बिष्टलाई पराजित गर्दै सांसद बने । ०५१ को मध्यावधि निर्वाचनमा खतिवडाले कमल थापालाई हराए । सो चुनावमा राप्रपाका थापा थापा मकवानपुरका दुबै निर्वाचन क्षेत्रमा उठेका थिए ।

यसपटक खतिवडाले लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेकी महालक्ष्मी डिना उपाध्यायसँग प्रतिस्पर्धा गर्दैछन् । ०५१ सालको मध्यावधि चुनावमा पनि खतिवडाले डिनाको सामना गरेका थिए । तर, कांग्रेस सो चुनावमा तेस्रो भएको थियो । ०५६ सालको चुनावमा पनि खतिवडाले तत्कालीन माले नेता हरिण्यलाल श्रेष्ठलाई हराएका थिए ।
खतिवडाकी धर्मपत्नी मुनु सिग्देल अहिले एमाले मकवानपुरकी अध्यक्ष छिन् । उनका पिता बद्री खतिवडा सामाजिक कार्यकर्ताका रुपमा हेटौंडामा परिचित छन् ।

०२८ सालमा स्थानीय भुटानदेवी स्कुलबाट विद्यार्थी राजनीति प्रारम्भ गरेका खतिवडाले पञ्चायतकालमा विभिन्न समयमा गरेर झण्डै ५ वर्ष जेल जीवन बिताएका छन् । उनी नेपाल ल क्याम्पसका पूर्वस्ववियु सभापति हुन् । हाल उनी एमालेको केन्द्रीय सदस्य हुन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

श्यामकुमार श्रेष्ठ

माओवादी केन्द्र

मुस्ताक अालम

नेकपा एमाले

रामकृष्ण यादव

नेपाली कांग्रेस

भगवती चाैधरी

नेकपा एमाले

सुरेशचन्द्र दास

माओवादी केन्द्र

हरिशंकर घर्तीमगर

नेपाली कांग्रेस