शिवकुमार मण्डल - मोरङ क्षेत्र नं. ५

प्रदेश नं १   दल: माओवादी केन्द्र   प्राप्त मत: कैफियत:  

०३२ साल भदौ १० गते मोरङको गोविन्दपुरमा बुबा किसनलाल र आमा रेवनीदेवीको पाँचौं सन्तानका रुपमा जन्मनुभएका शिवकुमार मण्डलको सक्रिय राजनीतिको यात्रा २६ औं बर्षमा दगुरिरहेको छ । मण्डलका ३ सन्तान छन् ।

आइएलसम्मको अध्ययन गरेका मण्डलले काली मावि कासिजान टकुवा ४ मा कक्षा ८ मा अध्ययनरत हुँदा ०४८ सालदेखि एमाले अखिलबाट राजनीति सुरु गरेका हुन् ।

०५२ सालसम्म नेकपा एमालेमै रहँदा मण्डल एमाले अखिलको जिल्ला कमिटी सदस्य पनि बने । तत्कालीन माओवादीले भूमिगत आन्दोलन चलाएपछि ०५३ सालमा अखिल क्रान्तिकारीको जिल्ला सदस्य भए ।

माओवादीसम्बद्ध मधेसी राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय संयोजकदेखि एकीकृत माओवादी मोरङ्गको जिल्ला इन्चार्ज सम्मको जिम्मेवारी सम्हाल्दै मण्डल पूर्व आपूर्तिमन्त्रीसम्म बनिसकेका छन् ।

पार्टी भूमिगत हुँदा जनसरकार र कानुन फाँटको जिम्मेवारी सम्हालेकाले आफू कानुनी विषयमा दख्खल राख्ने मण्डलको दाबी छ ।

मण्डल ०६३ सालमा अन्तरिम सांसद समेत बनेका थिए । ०५८ सालमा भारतको अररियामा ६ महिनासम्म जेल बसेका मण्डल दोस्रो संविधान सभाको निर्वाचनमा ८ मतान्तरले कांग्रेसका गयानन्द मण्डललाई पछि पार्दै सभासद विजयी भएका थिए ।

उनी ०७४ साउन ११ गते शेरबहादुर देउवाले नेतृत्व गरेको सरकारको आपूर्ति मन्त्री बने । उनी अहिले मोरङ क्षेत्र नं ५ बाट प्रतिनिधिसभामा बाम गठबन्धनका उम्मेदवार छन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

कृष्णलाल महर्जन

नेकपा एमाले

प्रमोद साह

राष्ट्रिय जनता पार्टी

तिलक महत

नेकपा एमाले

दिपक कुइँकेल

नेपाली कांग्रेस

भविश्वर पराजुली

माओवादी केन्द्र

राकेश मिश्र

राष्ट्रिय जनता पार्टी