पुष्पकमल दाहाल प्रचण्ड - चितवन क्षेत्र नं. ३

प्रदेश नं ३   दल: माओवादी केन्द्र   प्राप्त मत: कैफियत:  

पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ०११ साल मंसिर २६ गते कास्कीको ढिकुरपोखरीमा जन्मेका हुन् । पछि उनीहरुको परिवार चितवनमा बसाइँ सरेको हो ।

करिब ३ वर्ष शिक्षण पेशामा रहेका प्रचण्ड ०२८ सालदेखि राजनीतिमा लागेका हुन् । राजनीतिमा लागेको १० वर्षपछि ०३८ सालदेखि उनी भूमिगत भए । ०६३ सालमा सशस्त्र संघर्षको विश्रामपछि मात्रै उनी खुल्ला राजनीतिमा आएका हुन् । प्रचण्डको पूर्णकालीन राजनीति ०३५ सालबाटै सुरु भएको हो ।

प्रचण्डको वाल्यकालको नाम छविलाल दाहाल हो । कक्षा १० मा पढ्दाखेरि उनले नाम परिवर्तन गरेर पुष्पकमल दाहाल राखे । पछि पार्टीमा प्रचण्ड नामले चिनिन थाले ।

प्रचण्डको विवाह ०२६ सालमा १६ वर्षकै उमेरमा चितवनकी सीता दाहालसँग भयो हो, जतिबेला उनी कक्षा १० मा पढिरहेका थिए ।

कृषि विषयमा स्नातकसम्म अध्ययन गरेका प्रचण्डका तीन छोरी र एक छोरा रहेकोमा एक छोरी र एक छोराको ३ वर्षको अन्तरालमा असामयिक निधन भएको छ ।

राजनीतिमा लाग्ने क्रममा प्रचण्ड अहिलेसम्म जेल परेका छैनन् । ०३८ सालमा नेकपा चौम समूह अन्तरगतको युवक संगठनको अध्यक्ष हुँदै केन्द्रीय सदस्य, महामन्त्री र अध्यक्षसम्म बने । उनकै नेतृत्वमा ०५२ सालदेखि ०६२ सालसम्म १० वर्षे जनयुद्ध भयो ।

०३३ सालमा केही समय युएसएडमा जागिर खाएका प्रचण्डले गोरखाको आरुघाट स्कुलमा केही वर्ष पढाए ।

सुरुमा प्रचण्डले शाही सेनामा भर्ती हुने सोचाइ बनाएका थिए, तर उनी कम्युनिष्ट राजनीतिमा होमिएर देशको प्रधानमन्त्री बन्न सफल भए ।

०४२ सालमा विभाजित नेकपा मशालको पोलिटब्यूरो सदस्य बनेका उनले चर्चित 'सेक्टर काण्ड' पछि मोहन वैद्यलाई विभिवत रुपमा विस्थापित गरेर पार्टीको महामन्त्री पद सम्हाले । त्यसयता उनी अनवरतरुपमा पार्टीको मुख्य नेतृत्वमा रहँदै आएका छन् ।

एक दबक लामो सशस्त्र संघर्षको नेतृत्व सम्हालेर आएका प्रचण्ड कठोर कम र भावुक बढी छन् । जस्तोसुकै परिस्थितिमा पनि घुलमिल हुन सक्ने र सिद्धान्तको जडलाई मात्रै समाएर नबस्ने भएकाले प्रचण्ड लचकदार एवं व्यवहारिक नेताका रुपमा परिचित छन् । शान्ति प्रक्रियामा आइसकेपछि उनले देखाएको लचकतालाई यसको दृष्टान्तका रुपमा लिन सकिन्छ ।

प्रचण्ड आफ्नो युद्धकालीन पृष्ठभूमि हुँदै अब एमालेसँग पार्टी एकता गर्ने ठाउँसम्म आइपुगेका छन् । र, यो अवस्थामा उनी अझै एक दशकसम्म खट्न सक्ने र सम्भावना बोकेका नेता हुन् भन्दा अत्युक्ति हुँदैन ।

प्रचण्डलाई एमालेसँगको एकतापछिको भावी अध्यक्ष, भावी प्रधानमन्त्री वा भावी राष्ट्रपतिका रुपमा हेर्ने गरिएको छ । उनले अझै पनि आफू सक्रिय राजनीतिमा रहने बताउँदै आएका छन् ।

आगामी सरकार वाम गठबन्धनको बन्यो भने एमाले अध्यक्ष केपी ओली आफैं प्रधानमन्त्री बन्ने सम्भावना छ । त्यो अवस्थामा प्रचण्डका सामु या त पार्टीको अध्यक्ष या राष्ट्रपतिको जिम्मेवारी आउन सक्छ । तर, चितवन ३ बाट निर्वाचन जितेको अवस्थामा उनी कुनैबेला प्रधानमन्त्री बन्ने सम्भावनासमेत बोकेका नेता हुन् ।

पहिलो संविधानसभामा रोल्पा र काठमाडौं दुबै ठाउँबाट चुनाव जितेका प्रचण्ड दोस्रो संविधानसभामा सिरहा ५ बाट निर्वाचित भए । यसपालि उनी चितवन ३ बाट चुनाव लड्दैछन् । उनका प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डे छन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

धनबहादुर बुढा

नेकपा एमाले

अजयशंकर नायक

माओवादी केन्द्र

चम्पादेवी खड्का

नेपाली कांग्रेस

बिना मगर

माओवादी केन्द्र

चिमी लामा

माओवादी केन्द्र