रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी, मोरङ - ३ महिला , ४१ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

४१ वर्षीया रेखा थापाको परिचय अब फिल्म अभिनेत्री, निर्देशक र निर्मात्रीको रूपमा मात्र सीमित रहेन । उनी आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा मोरङ–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उम्मेदवार छिन् ।

सन् १९९९ को मिस नेपाल ब्यूटी पेजेन्टकी टप टेन रेखाले छवि ओझाले निर्माण गरेको फिल्म ‘हिरो’ बाट नेपाली रजतपटमा डेब्यु गरेकी थिइन् । २०५६ सालमा त्यो फिल्म रिलिज भएपछि रेखा व्यावसायिक सफलताको उकालोमा लागिन् ।

१०० फिल्ममा काम गरिसकेकी उनले नेपाली फिल्मको कथ्य र चरित्र निर्माणमा थुप्रै योगदान गरेकी छन् । गुण्डासँग भिड्ने एक्सन दृश्यदेखि महिलाका मुद्दा स्थापित गर्नेसम्मका सवालमा उनका फिल्म स्मरणीय मानिन्छन् ।

अब भने आफू देश निर्माणको पनि अभिभारा लिएर जनतामाझ गएको यो संवाददातालाई बताइन् । ‘फिल्म निर्माण पनि सँगै अघि बढ्छ’ उनले भनिन्, ‘साथै देश निर्माणको अभिभारा पनि हाम्र्रै काँधमा छ ।’

नेकपा (माओवादी केन्द्र) प्रवेश गरेर अनि त्यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नाचेर राजनीतिक चर्चामा आएकी रेखा थापा अहिले राजतन्त्र फर्काउने मूल एजेण्डा बोकेको राप्रपाको टिकटबाट सांसद बन्ने प्रयासमा छिन् । राप्रपाको पछिल्लो महाधिवेशनमा पनि उनी महामन्त्री पदमा कुन्ती शाहीसँग पराजित भएकी थिइन् ।

रेखाको निजी जीवन उतारचढावपूर्ण ढंगले अघि बढेको देखिन्छ । फिल्म ‘हिरो’को सफलतापछि उनले त्यसका निर्माता ओझासँग विवाह गरिन्, तर दाम्पत्य जीवन दिगो हुन सकेन । ओझासँग सम्बन्धविच्छेद गरेकी उनले हालै जाजरकोटका बलराम शाहीसँग अदालती विवाह गरेकी छन् ।

रेखाको प्रवेशले मोरङ–३ मा चुनावी प्रतिस्पर्धा रोचक बनेको छ । फिल्ममा देख्न पाइने रेखा थापा भोट माग्दै घरदैलोमै आउँदा मतदाताहरूले रमाइलो मानिरहेका छन् ।

मोरङ–३ मा नेकपा (एमाले)का भानुभक्त ढकाल र नेपाली कांग्रेसका सुनिल शर्माको मुख्य प्रतिस्पर्धा छ । पुराना दलका यी नेताले जनतालाई आश्वासन मात्र दिने गरेकोले वास्तविक रूपमा काम गर्न आफू राजनीतिमा आएको भन्दै रेखाले मत मागिरहेकी छन् ।

गत स्थानीय निर्वाचनमा वडाअध्यक्षका उम्मेदवारहरूले दलगत रूपमा प्राप्त गरेको मतभार हेर्दा कांग्रेस र एमाले लगभग बराबर छन् । यो क्षेत्रमा कांग्रेसले २२ हजार ८५३, एमालेले २२ हजार ५३५, नेकपा (माओवादी केन्द्र)ले ६ हजार ५८३ र राप्रपाले २ हजार ८४१ मत पाएका छन् ।

त्यस्तै, मंगोल नेशनल अर्गनाइजेसनले १ हजार १५९, नेकपा (एकीकृत समाजवादी)ले १ हजार ७५ र स्वतन्त्र उम्मेदवारले १ हजार २ मत पाएका छन् ।

गत चुनावको नतिजा राप्रपाकी रेखाको लागि अनुकूल छैन । दोहोरिएका उम्मेदवारहरूप्रति जनतामा बढेको अरुचि र सेलिब्रेटीको चाखलाई मतमा बदल्न सक्दा भने उनले चमत्कार गर्न असम्भव छैन ।

Full Read

मोरङ - ३ का उम्मेदवारहरु

२०७९ २०७४
शुनिल कुमार शर्मा
मोरङ, मोरङ - ३
बर्ष: ४४, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
विजयी ४८६१३
भानु भक्त ढकाल
मोरङ, मोरङ - ३
बर्ष: ६०, पुरुष
गठबन्धन: एमाले गठबन्धन
२५८९७
विकास उप्रेती
मोरङ, मोरङ - ३
बर्ष: ४०, पुरुष
गठबन्धन:
२६२६
रेखा थापा
मोरङ, मोरङ - ३
बर्ष: ४१, महिला
गठबन्धन:
१०९९८
भुवन राइ
मोरङ, मोरङ - ३
बर्ष: ३३, पुरुष
गठबन्धन:
१८
बर्ष: ३८, पुरुष
गठबन्धन:
४६
बर्ष: ५६, पुरुष
गठबन्धन:
३२६
बर्ष: ४०, पुरुष
गठबन्धन:
२३४
बर्ष: ४०, महिला
गठबन्धन:
४५३
बिकेन्द्र राई
मोरङ, मोरङ - ३
बर्ष: ४०, पुरुष
गठबन्धन:
१५२०
नारायण शर्मा
मोरङ, मोरङ - ३
बर्ष: ५४, पुरुष
गठबन्धन:
२१
कमल लिम्बु
मोरङ, मोरङ - ३
बर्ष: २९, पुरुष
गठबन्धन:
३८
दिनेश चापागाई
मोरङ, मोरङ - ३
बर्ष: ४३, पुरुष
गठबन्धन:
३७
जय राज संयोग
मोरङ, मोरङ - ३
बर्ष: ५०, पुरुष
गठबन्धन:
३८८
कृष्‍ण राई
मोरङ, मोरङ - ३
बर्ष: ७५, पुरुष
गठबन्धन:
११०
पंकज कुमार भगत
मोरङ, मोरङ - ३
बर्ष: ३२, पुरुष
गठबन्धन:
बर्ष: ४०, पुरुष
गठबन्धन:
७४
इन्दिरा थापा
मोरङ, मोरङ - ३
बर्ष: ४०, महिला
गठबन्धन:
६१
कमल राजवंशी
मोरङ, मोरङ - ३
बर्ष: २६, पुरुष
गठबन्धन:
प्रकाश भट्टराई
मोरङ, मोरङ - ३
बर्ष: ३९, पुरुष
गठबन्धन:
शिव कुमार पौडेल
मोरङ, मोरङ - ३
बर्ष: ५६, पुरुष
गठबन्धन:
२५
अरविन शाह
मोरङ, मोरङ - ३
बर्ष: ३०, पुरुष
गठबन्धन:
१०
बर्ष: ५९, पुरुष
गठबन्धन:
६३
चन्द्र कला खत्रि
मोरङ, मोरङ - ३
बर्ष: ३३, महिला
गठबन्धन:
सुवास धिमाल
मोरङ, मोरङ - ३
बर्ष: ५१, पुरुष
गठबन्धन:
३१
हिमप्रसाद मिश्र
मोरङ, मोरङ - ३
बर्ष: ५८, पुरुष
गठबन्धन:
बावु राम सुवेदी
मोरङ, मोरङ - ३
बर्ष: ३४, पुरुष
गठबन्धन:
रेवत कुमार बस्नेत
मोरङ, मोरङ - ३
बर्ष: ३८, पुरुष
गठबन्धन:
सुरेश भण्डारी
मोरङ, मोरङ - ३
बर्ष: ४२, पुरुष
गठबन्धन:
१०
बर्ष: ४५, पुरुष
गठबन्धन:
जीब नाथ निरौला
मोरङ, मोरङ - ३
बर्ष: ३४, पुरुष
गठबन्धन:
भानु भक्त ढकाल
मोरङ , मोरङ - ३
बर्ष: ५५ , पुरुष
गठबन्धन:
नेकपा एमाले
विजयी ४२४१३ मत
शुनिल कुमार शर्मा
मोरङ , मोरङ - ३
बर्ष: ३९ , पुरुष
गठबन्धन:
भवि राज लिम्बु
मोरङ , मोरङ - ३
बर्ष: ४६ , पुरुष
गठबन्धन:
केदार धिमाल
मोरङ , मोरङ - ३
बर्ष: ३४ , पुरुष
गठबन्धन:
बर्ष: ४२ , पुरुष
गठबन्धन:
सुरेश भण्डारी
मोरङ , मोरङ - ३
बर्ष: ३७ , पुरुष
गठबन्धन:
दीवाकर माझी
मोरङ , मोरङ - ३
बर्ष: २७ , पुरुष
गठबन्धन:

चुनावी समाचार

  • https://sepuh.diaryuindra.ac.id/
  • >