अमनलाल मोदी माओवादी केन्द्र, मोरङ - ४ पुरुष , ३७ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अमनलाल मोदी (थारू) ३७ वर्ष पुगे । २८ वर्षमै संविधानसभा सदस्य बनेका मोदीले दुई पटक संसदमा प्रतिनिधित्व गरिसके । तेस्रो पटक संसद प्रवेशका लागि मोरङ–४ मा उम्मेदवार बनेका उनलाई सत्तारुढ गठबन्धनको समर्थन छ ।

७ वर्षको उमेरमै बाबु गुमाएका मोदीको बाल्यकाल अभाव र संघर्षमै बित्यो । बिहान–बेलुका उद्योगमा काम गर्ने र दिउँसो स्कुल गएर उनले एसएलसीसम्मको पढाइ सके । आमा बालोदेवीले सात छोराछोरी हुर्काउन छिमेकमा बनिबुतो गर्नुका साथै हाटबजारमा आलुचप बेच्थिन् ।

२०५६ सालमा तत्कालीन भूमिगत नेकपा माओवादीमा आवद्ध भएका अमन सुरुमा अखिल क्रान्तिकारीबाट विद्यार्थी राजनीतिमा सक्रिय भए । कक्षा ९ मा पढ्दै गर्दा विद्यार्थी राजनीतिमा सक्रिय भएका उनले महेन्द्र मोरङ क्याम्पसमा पनि राजनीतिलाई अघि बढाए । यद्यपि त्यतिबेला पनि उनले पढाइ खर्च जुटाउन विराटनगरको होटलमा वेटर र क्लिनरको काम समेत गरे ।

माओवादी सशस्त्र युद्धका क्रममा २०६० सालमा पक्राउ परेका मोदी दुई वर्ष तीन महिना जेल बसे । पार्टी शान्ति प्रक्रियामा आएपछि खुला राजनीतिमा सक्रिय भएका उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक पद्धतिबाट पहिलो पटक जनप्रतिनिधि बने ।

२०७४ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठबन्धन हुँदा मोरङ–४ बाट उम्मेदवार बनेका मोदीले कांग्रेस नेता महेश आचार्यलाई पराजित गरे । मोदी ३३ हजार ५२९ मत ल्याएर निर्वाचित हुँदा आचार्यले २६ हजार ८०० मत पाएका थिए ।

यसपटकको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका दलहरूबीच गठबन्धन हुँदा मोरङ–४ मा कांग्रेस नेता आचार्य उम्मेदवार बन्न चाहेका थिए, तर भागबण्डामा माओवादीको भागमा परेपछि मोदीले टिकट पाए ।

आफू जनप्रतिनिधि भएपछि सुरु भएका केही योजना पूरा गर्ने र नयाँ योजनाहरू ल्याउने मोदी बताउँछन् । ‘हिजो सुरु गरेका केही योजना अधुरा छन्, ती योजना पूरा गर्दै थप नयाँ काम गर्ने योजना छ’, उनी भन्छन् ।

१ लाख १० हजार मतदाता रहेको क्षेत्र नम्बर ४ थारू बहुल क्षेत्र भएकाले थारू उम्मेदवार मोदीले केही सहज महसुस गरेका छन् । यो क्षेत्रबाट एमालेका केन्द्रीय सदस्य विनोद ढकाल उम्मेदवार छन् ।

३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा मोरङ–४ मा पर्ने वडामा वडाअध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा नेकपा एमाले पहिलो छ । एमालेका वडाअध्यक्षका उम्मेदवारले २५ हजार ७३० र कांग्रेसकाले २१ हजार ८९४ मत पाएका थिए । नेकपा माओवादी केन्द्रका उम्मेदवारले ९ हजार ९९०, राप्रपाले ४ हजार ६७४, जसपाले ३ हजार ११२ र एकीकृत समाजवादीले १ हजार २५५ मत पाएका थिए ।

मोदी र ढकाल दुवैले कांग्रेसको मत पाएर जित्ने आशा राखेका छन् । मोरङ–४ मा ग्रामथान र कटहरी गाउँपालिकाको सबै वडा, विराटनगर महानगरपालिकाका १, २, ३, ८, १०, १९ र बेलबारीका ५, ६ र ७ वडा पर्छन् ।

Full Read

मोरङ - ४ का उम्मेदवारहरु

२०७९ २०७४
विनोदप्रसाद ढकाल
मोरङ, मोरङ - ४
बर्ष: ५४, पुरुष
गठबन्धन: एमाले गठबन्धन
२४४६३
अमनलाल मोदी
मोरङ, मोरङ - ४
बर्ष: ३७, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
विजयी ३०६१२
बर्ष: ४८, पुरुष
गठबन्धन:
५३३३
रवि रिजाल
मोरङ, मोरङ - ४
बर्ष: ५०, पुरुष
गठबन्धन:
७४६८
लक्ष्मण साहु
मोरङ, मोरङ - ४
बर्ष: ४९, पुरुष
गठबन्धन:
१९८
श्याम बहादुर दर्जी
मोरङ, मोरङ - ४
बर्ष: ३६, पुरुष
गठबन्धन:
६३
अशोक पौडेल
मोरङ, मोरङ - ४
बर्ष: ५०, पुरुष
गठबन्धन:
६९
बर्ष: ४५, पुरुष
गठबन्धन:
८८५
गुल्टेन रिषिदेव
मोरङ, मोरङ - ४
बर्ष: ५९, पुरुष
गठबन्धन:
५१
धन बहादुर लिम्बु
मोरङ, मोरङ - ४
बर्ष: ३१, पुरुष
गठबन्धन:
१३५
बर्ष: ५३, पुरुष
गठबन्धन:
२७
कुवेत मिया
मोरङ, मोरङ - ४
बर्ष: २६, पुरुष
गठबन्धन:
२७
ज्ञानेन्द्र खत्री
मोरङ, मोरङ - ४
बर्ष: ४७, पुरुष
गठबन्धन:
२२८
पदम कार्की
मोरङ, मोरङ - ४
बर्ष: २७, पुरुष
गठबन्धन:
१८९
महेश नेपाल
मोरङ, मोरङ - ४
बर्ष: ३२, पुरुष
गठबन्धन:
२६५
बर्ष: ५६, पुरुष
गठबन्धन:
२७८
अमन लाल मोदी
मोरङ , मोरङ - ४
बर्ष: ३२ , पुरुष
गठबन्धन:
माओवादी केन्द्र
विजयी ३३५२९ मत
महेश आचार्य
मोरङ , मोरङ - ४
बर्ष: ६३ , पुरुष
गठबन्धन:
बर्ष: ४० , पुरुष
गठबन्धन:
राकेश चौधरी
मोरङ , मोरङ - ४
बर्ष: ५२ , पुरुष
गठबन्धन:

चुनावी समाचार

  • https://sepuh.diaryuindra.ac.id/
  • >