भीमप्रसाद आचार्य नेकपा एमाले, सुनसरी - २ पुरुष , ६३ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

२०५१ सालयता नेकपा (एमाले)बाट सुनसरीमा लगातार संसदीय निर्वाचन लडिरहेका भीम आचार्यले यसपटक क्षेत्र नं. २ को टिकट पाएका छन् । सधैं सुरक्षित क्षेत्र खोज्ने उनी भन्छन्, ‘यसपटक सुनसरीका ४ मध्ये सबभन्दा अप्ठ्यारो क्षेत्रमा आइपुगेको छु ।’

आचार्यका लागि यसपटकको नयाँ के पनि छ भने उनले आफ्नै क्षेत्रमा आफैंलाई मतदान गर्न पाउनेछन् । उनले यसअघि मतदाता सूचीमा नाम भएको आफ्नो बसोबास रहेको निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका थिएनन् ।

आचार्य सुनसरीको इनरुवा–६ (साविक मधेसा गाविस–९)का स्थायी बासिन्दा हुन् । २०५१ र २०५६ सालमा सुनसरी ४ बाट उठेका उनी दुवै पटक हारे ।

२०६४ र २०७० सालमा पनि पार्टीबाट टिकट पाएका आचार्यले सुनसरी–६ रोजे । दुवै पटक विजयी भएर उनी संविधानसभामा पुगे । त्यसबेलासम्म उनको मधेसा गाविस सुनसरी–३ मा पथ्र्यो ।

२०५१ र २०५६ सालमा ५ निर्वाचन क्षेत्र रहेको सुनसरीमा २०६४ मा एक क्षेत्र थपियो । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा फेरि ४ क्षेत्रमा झारियो, जुन अहिले कायम छ ।

पहिलो पटक २०६४ को पहिलो संविधानसभा निर्वाचनमा विजयी भएपछि आचार्य एमालेको प्रमुख सचेतक बने । दोस्रो संविधानसभामा पुगेपछि सुशील कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त भए ।

त्यसपछि मुख्यमन्त्री बन्न चाहेका आचार्यले २०७४ को चुनावमा पार्टीबाट सुनसरी–१ (ख) को टिकट लिए । उनी २० हजार २११ मतका साथ विजयी पनि भए, तर मुख्यमन्त्री सपना लामो समय थाती रह्यो । 

प्रदेश सभामा संसदीय दलको नेता चयनमा आचार्यलाई २ मतले पछि पारेका भोजपुरका शेरधन राई प्रदेश–१ को पहिलो मुख्यमन्त्री बने ।

एमालेमा माधवकुमार नेपाल निकट भएर काम गरेका आचार्य २०७८ भदौमा पार्टी विभाजन हुँदा एमालेमै बसे । त्यसलगत्तै उनी मुख्यमन्त्री बने, तर प्रदेशसभामा एमालेले बहुमत गुमाउँदा दुई महिनामै हट्नु प¥यो ।

आचार्यको पृष्ठभूमि

२०१६ सालमा धनकुटामा जन्मिएका आचार्य व्यवस्थापन विषयमा स्नातकोत्तर हुन् । २०३९ सालमा अनेरास्ववियुको नेतृत्व तहमा पुगेका उनी २०४१ मा राजकाज मुद्दामा दुई वर्ष जेल परे ।

२०४६ सालको जनआन्दोलनमा उनी नेकपा (माले) को ‘प्रजातान्त्रिक आन्दोलन समन्वय समिति’ सचिवका रूपमा सक्रिय सहभागी भए ।

२०४७ मा नेकपा (एमाले) गठन भएपछि उनी सुनसरी जिल्ला कमिटी सचिव र २०५४ सालमा केन्द्रीय सदस्य बने । २०५७ मा पार्टी केन्द्रीय कार्यालय सचिव र २०५८ सालमा कोशी अञ्चल इन्चार्जको जिम्मेवारी पाए आचार्यले । उनी अहिले एमालेको स्थायी कमिटी सदस्य छन् ।

चुनावी अंकगणित

गत स्थानीय तह निर्वाचनमा सुनसरी–२ मा वडाअध्यक्षहरूले दलगत रूपमा पाएको मतमा एमाले अगाडि छ । उक्त चुनावमा एमालेले ५० हजार ५२९, नेपाली कांग्रेसले ४९ हजार ४७८, नेकपा (माओवादी केन्द्र)ले ४ हजार ४०१ र नेकपा (एकीकृत समाजवादी)ले २ हजार ५६३ मत पाएका छन् ।

त्यस्तै, अहिले विभाजित भइसकेको जनता समाजवादी पार्टी (जसपा)ले ८ हजार २१२, राप्रपाले ५ हजार ७०५ र स्वतन्त्रले ४ हजार ५३९ मत पाएका छन् ।

स्थानीय चुनावको नतिजाले सुनसरी–२ मा सत्ता गठबन्धनका साझा उम्मेदवारलाई एमालेका आचार्यभन्दा बढी अनुकूलतामा रहेको देखाउँछ । गठबन्धनबाट नेपाली कांग्रेसका सीताराम मेहता प्रतिस्पर्धामा छन् । 

 

Full Read

सुनसरी - २ का उम्मेदवारहरु

२०७९ २०७४
सिताराम महतो
सुनसरी, सुनसरी - २
बर्ष: ६७, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
२६०६८
भीमप्रसाद आचार्य
सुनसरी, सुनसरी - २
बर्ष: ६३, पुरुष
गठबन्धन: एमाले गठबन्धन
विजयी ३२०२४
लाल बिक्रम थापा
सुनसरी, सुनसरी - २
बर्ष: ३६, पुरुष
गठबन्धन:
१९३९१
दिने‍श कुमार बस्‍नेत
सुनसरी, सुनसरी - २
बर्ष: ५०, पुरुष
गठबन्धन:
४२६९
रामानन्द मेहता
सुनसरी, सुनसरी - २
बर्ष: ४०, पुरुष
गठबन्धन:
११९२
मुमताज मियाँ
सुनसरी, सुनसरी - २
बर्ष: ३९, पुरुष
गठबन्धन:
३०८
दिपक राज चौधरी
सुनसरी, सुनसरी - २
बर्ष: ५१, पुरुष
गठबन्धन:
११६२
राजेश चौधरी
सुनसरी, सुनसरी - २
बर्ष: ४५, पुरुष
गठबन्धन:
६९१
विजय् कुमार बस्नेत
सुनसरी, सुनसरी - २
बर्ष: ३०, पुरुष
गठबन्धन:
५६
नैन कुमार विश्वकर्मा
सुनसरी, सुनसरी - २
बर्ष: ६४, पुरुष
गठबन्धन:
४६०
रोहित कुमार दुलाल
सुनसरी, सुनसरी - २
बर्ष: ५२, पुरुष
गठबन्धन:
१४१
रामेश्‍वर साहु हल्वाई
सुनसरी, सुनसरी - २
बर्ष: ५५, पुरुष
गठबन्धन:
९७
पूर्ण बहादुर गुरुङ्ग
सुनसरी, सुनसरी - २
बर्ष: ७१, पुरुष
गठबन्धन:
३८४
गजेन्द्र वहादुर ढकाल
सुनसरी, सुनसरी - २
बर्ष: ५३, पुरुष
गठबन्धन:
१०८
ललन कुमार मेहता
सुनसरी, सुनसरी - २
बर्ष: ३७, पुरुष
गठबन्धन:
२८
शर्मानन्‍द खतिवडा
सुनसरी, सुनसरी - २
बर्ष: ६०, पुरुष
गठबन्धन:
६९
विदुर प्रसाद पौडेल
सुनसरी, सुनसरी - २
बर्ष: ५६, पुरुष
गठबन्धन:
७३
चेतनाथ पौडेल
सुनसरी, सुनसरी - २
बर्ष: ४०, पुरुष
गठबन्धन:
१३
वविता नुन्दी
सुनसरी, सुनसरी - २
बर्ष: ३५, महिला
गठबन्धन:
११
मनोज कुमार मेहता
सुनसरी, सुनसरी - २
बर्ष: २९, पुरुष
गठबन्धन:
३६
सुरेशकुमार मेहता
सुनसरी, सुनसरी - २
बर्ष: २७, पुरुष
गठबन्धन:
१७७
श्रवण कुमार मेहता
सुनसरी, सुनसरी - २
बर्ष: २८, पुरुष
गठबन्धन:
१५
फरेन्द्र शाह
सुनसरी, सुनसरी - २
बर्ष: ३६, पुरुष
गठबन्धन:
२५१
बाबुराम सुबेदी
सुनसरी, सुनसरी - २
बर्ष: ४१, पुरुष
गठबन्धन:
२३
प्रेम प्रसाद भट्टराई
सुनसरी, सुनसरी - २
बर्ष: ६९, पुरुष
गठबन्धन:
३७५
नुनु राम चौधरी
सुनसरी, सुनसरी - २
बर्ष: ४७, पुरुष
गठबन्धन:
१०२३
शोभावती कुमारी चौधरी
सुनसरी, सुनसरी - २
बर्ष: ४६, महिला
गठबन्धन:
१०७
सिताराम महतो
सुनसरी , सुनसरी - २
बर्ष: ६२ , पुरुष
गठबन्धन:
नेपाली कांग्रेस
विजयी ४१४९५ मत
डम्मरु सुवेदी
सुनसरी , सुनसरी - २
बर्ष: ४२ , पुरुष
गठबन्धन:
तेज नारायण चौधरी
सुनसरी , सुनसरी - २
बर्ष: ५० , पुरुष
गठबन्धन:
नुनु राम चौधरी
सुनसरी , सुनसरी - २
बर्ष: ४२ , पुरुष
गठबन्धन:
स्वतन्त्र
७५९ मत
उमेश कुमार थापा
सुनसरी , सुनसरी - २
बर्ष: ३९ , पुरुष
गठबन्धन:
इन्द्र वहादुर कन्दङवा
सुनसरी , सुनसरी - २
बर्ष: ५० , पुरुष
गठबन्धन:
विरेन्द्र कुमार मेहता
सुनसरी , सुनसरी - २
बर्ष: ३६ , पुरुष
गठबन्धन:
स्वतन्त्र
१०५ मत
नवराज सिह
सुनसरी , सुनसरी - २
बर्ष: ३० , पुरुष
गठबन्धन:
कुन्दन कुमार मेहता
सुनसरी , सुनसरी - २
बर्ष: २६ , पुरुष
गठबन्धन:
प्रभु महतो
सुनसरी , सुनसरी - २
बर्ष: ४७ , पुरुष
गठबन्धन:

चुनावी समाचार