हितबहादुर तामाङ - नुवाकोट क्षेत्र नं. १

प्रदेश नं ३   दल: माओवादी केन्द्र   प्राप्त मत: कैफियत:  

नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य हितवहादुर तामाङ नुवाकोटबाट तेस्रो पटक चुनावी मैदानमा छन् । संयोगबस यसअघिका दुवै चुनाव उनले कांग्रेसका रामशरण महतसँग पराजय भोगे ।

पहिलो संविधानसभामा एक सय मतको अन्तरमा पराजित तामाङ यसपटक पनि नुवाकोट क्षेत्र नम्बर १ बाट डा. महतसँगै प्रतिस्पर्धामा छन् । एकपटक युवा तथा खेलकुद मन्त्री भइसकेका तामाङ जनयुद्धका कमाण्डर पनि हुन् । उनी यसपटक वामपन्थी गठबन्धनको साझा उम्मेदवारका रुपमा मैदानमा छन् ।

पञ्चकन्या गाउँपालिका वडा नम्बर १ का बासिन्दा तामाङ नुवाकोटमा पोष्टबहादुर बोगटीपछिका बरिष्ठ माओवादी नेता हुन् ।

माओवादीका मध्यम तहका नेता तामाङको जितले राष्ट्रिय राजनीतिमा खासै उतार चढाव र प्रभाव नपार्ला, तर नेपाली कांग्रेसका अर्थविद डा. महत हेभीवेटका उम्मेदवार हुन् । डा. महतको चुनावी पराजयले नेपाली कांग्रेसलाई निकै ठूलो धक्का लाग्न सक्छ ।

र, कांग्रेसलाई धक्का दिने ठाउँमा उम्मेदवारी दिएका कारण हितमानको चर्चा बढेको छ ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

सञ्जयकुमार गाैतम

नेपाली कांग्रेस

शेषनाथ अधिकारी

नेपाली कांग्रेस

धनबहादुर बुढा

नेकपा एमाले

बादशाह कुर्मी

नेपाली कांग्रेस

पूर्णबहादुर खड्का

नेपाली कांग्रेस

र्इश्वरीदेवी न्याैपाने

नेपाली कांग्रेस