नारायणप्रसाद खतिवडा - नुवाकोट क्षेत्र नं. २

प्रदेश नं ३   दल: नेकपा एमाले   प्राप्त मत: कैफियत:  

नेकपा एमालेका नुवाकोट जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडा नुवाकोट १ बाट वामपन्थी गठबन्धनका साझा उम्मेदवार हुन् ।

प्रावि शिक्षकको जागिर छाडेर पञ्चायविरुद्ध कम्युनिस्ट राजनीतिमा लागेका खतिवडा जिल्लाका स्थापित नेता हुन् ।०५४ सालमा नुवाकोट जिल्ला विकास समितिका उपभापति निर्वाचित भएका खतिवडाले तत्कालीन सभापति स्व. भरतप्रसाद ढुंगाना माओवादी जनयुद्धमा लागेपछि कार्यबाहक सभापति भएर काम गरे ।

एमालेको जिल्ला कमिटी सदस्य र सचिव हुँदै अहिले अध्यक्ष रहेका खतिवडा ०७० सालमा कांग्रेसका बहादुरसिंह लामासँग क्षेत्र नम्बर ३ बाट पराजित भएका थिए ।

दोस्रोपटक चुनावी मैदानमा उत्रिएका खतिवडा तारकेश्वर नगरपालिकाका स्थायी बासिन्दा हुन् ।खतिवडाले माओवादीको साथ पाएका कारण कांग्रेस नेता केसीलाई चुनौती दिइरहेका छन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

जीवनराम श्रेष्ठ

नेकपा एमाले

प्रभू साह

माओवादी केन्द्र

मुनादेवी मेहता

राष्ट्रिय जनता पार्टी

मनोज यादव

संघीय फोरम

माधवराज खत्री

नेपाली कांग्रेस

बलबहादुर केसी

नेपाली कांग्रेस