महेन्द्र राय यादव - सर्लाही क्षेत्र नं. २

प्रदेश नं २   दल: राष्ट्रिय जनता पार्टी   प्राप्त मत: कैफियत:  

सर्लाहीको वसन्तपुरका महेन्द्र राय यादव राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य हुन् । उनको जन्म २०११ असार १५ मा भएको हो । उनको बुबाको नाम शुभकरण राय यादव र आमाको नाम चुलियादेवी यादव हो ।

०३७ सालबाट नेकपा विष्णु मानन्धर समूशबाट राजनीतिमा लागेका यादव एमालेबाट मन्त्रीसम्म भए । तर, पहिलो संविधानसभा चुनाव अगाडि महन्थ ठाकुरको नेतृत्वमा तराई मधेस लोकतान्त्रिक पार्टी गठन हुँदा उनले एमाले छाडे ।

पहिलो संविधानसभामा समानुपातिक सभासद भएका उनले आफ्नै नेतृत्वमा तराई मधेस सद्भावा पार्टी बनाए । दोस्रो संविधानसभामा सर्लाही ४ बाट प्रत्यक्ष निर्वाचित भए । उनले सद्भावना पार्टीका राजेन्द्र महतोलाई हराएका थिए ।

मधेस केन्दि्रत ६ दल मिलेर राजपा गठन भएपछि यादव अध्यक्ष मण्डलका सदस्य छन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

धनबहादुर बुढा

नेकपा एमाले

रोमी गाैचन थकाली

नेपाली कांग्रेस

राजन भट्टरार्इ

नेकपा एमाले

मधु अाचार्य

नेपाली कांग्रेस

रामकृष्ण यादव

नेपाली कांग्रेस

उम्मेदवारसँग सम्बन्धित शीर्षकहरु