अमरेशकुमार सिंह - सर्लाही क्षेत्र नं. ४

प्रदेश नं २   दल: नेपाली कांग्रेस   प्राप्त मत: कैफियत:  

सर्लाहीको बलरा ८ गोट टोलमा जन्मिएका अमरेशकुमार सिंह नेपाली कांग्रेसका नेता हुन् । बुबा रामसागर सिंह र आमा चन्द्रमादेवी सिंहका छोरा सिंहले जेएनयूबाट विद्यावारिधि गरेका छन् । ०५४ सालमा राजनीतिक दलमा आवद्ध भएका सिंहले राज्य पुनर्संरचना, नेपालमा लोकतन्त्रको भविश्य र माओवादी जनयुद्ध नेपाल नामक पुस्तकसमेत लेखेका छन् ।

सिंहले सशस्त्र विद्रोहमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने बेला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ट्रोइका टिममा रहेर भूमिका खेलेका थिए । सुरुमा लो प्रोफाइलमा रहेका सिंह माओवादी अध्यक्ष प्रचण्ड र कोइरालासँगको निकटताका कारण एकाएक चर्चामा आएका थिए । दोस्रो संविधानसभामा सर्लाही ६ बाट निर्वाचित सिंह योपटक सर्लाही ४ मा उम्मेदवार छन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

बादशाह कुर्मी

नेपाली कांग्रेस

शंकर भण्डारी

नेपाली कांग्रेस

महाजन यादव

संघीय फोरम

जनार्दन शर्मा

माओवादी केन्द्र

ताराकान्त चाैधरी

नेकपा एमाले