धनबहादुर बुढा - डोल्पा क्षेत्र नं. १

प्रदेश नं ६   दल: नेकपा एमाले   प्राप्त मत: कैफियत:  

धनबहादुर बुढा डोल्पा एमालेका चर्चित नेता हुन् । तर, एमालेकै पुराना नेता भने होइनन् । बुढा राप्रपाबाट एमालेमा प्रवेश गरेर छोटो समयमा राजनीतिकरुपमा फड्को मारेका नेता हुन् ।

राप्रपाबाट एमालेमा प्रवेश गरेपछि बुढाले एमालेका पुराना नेताहरुलाई उछिन्दै राजनीतिमा फड्को मारे । ०७० सालको संविधानसभा चुनावमा बुढाले भारी मतका साथ कांग्रेस र माओवादीका उम्मेदवारलाई पराजित गरेका थिए ।

बुढा डोल्पाका निर्माण व्यवसायी समेत हुन् । उनी डोल्पा जिविसका पूर्वसभापति भइसकेका व्यक्ति हुन् ।

विसं। ०३१ साल फागुनमा जन्मेका बूढाले आइएसम्म अध्ययन गरेका छन् । उनका एक छोरा, एक छोरी छन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

सीता गुरूङ

नेपाली कांग्रेस

राजु थापा

नेपाली कांग्रेस

नन्दलाल रोकाय

नेकपा एमाले

बिशाल भट्टरार्इ

नेकपा एमाले

भीष्म अाङदेम्बे

नेपाली कांग्रेस

उम्मेदवारसँग सम्बन्धित शीर्षकहरु