सुवासचन्द्र नेम्वाङ - इलाम क्षेत्र नं. २

प्रदेश नं १   दल: नेकपा एमाले   प्राप्त मत: कैफियत:  

पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ लिम्बु समुदायका पहिलो न्यायाधीश रामबहादुर नेम्वाङ्ग लिम्वूका छोरा हुन् । विसंं २००९ साल फाल्गुण २८ गते इलाम बजारमा जन्मिएका सुवास पुनस्र्थापित संसदको सभामुख र पहिलो संविधानसभाको अध्यक्ष भएपछि राजनीतिमा चर्चित बने ।

इलाम क्षेत्र नं. २ बाट ०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसनेता कुलबहादुर गुरुङ्गलाई पराजित गरेर नेम्वाङ सांसद बने ।

पहिलो संविधानसभा निर्वाचनमा उनी इलाम क्षेत्र नं. २ बाट कांग्रेस नेता केशव थापालाई पराजित गरेर सांसद बने । त्यसपछि उनी संविधानसभा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भए ।

नेता नेम्वाङ बरिष्ठ अधिवक्तासमेत हुन् । राजनीतिमा सक्रिय हुनुअघि उनी वकालती एवं प्राध्यापन पेशामा थिए । कानूनमा स्नातक र मानविकीमा बीए गरेका नेम्वाङ ०२८ सालदेखि राजनीतिमा आएका हुन् । उनी ०२८ सालमा इलाम क्याम्पसमा स्ववियु सभापतिसमेत बनेका थिए ।

०३५ सालदेखि नेम्वाङ नेपाल ल क्याम्पसमा प्राध्यापन र सर्वोच्च अदालतमा वकालत गर्थे । ०४३ देखि ०४५ सालसम्म नेपाल बार एशोसिएसनको महासचिव भए ।

नेम्वाङ वि.सं. ०४७ सालमा पाँचौ महाधिवेशनवाट ने.क.पा.एमालेको केन्द्रीय न्यायिक समितिमा निर्वाचित भए भने ०४८ सालदेखि निरन्तर दुई पटक राष्ट्रिय सभा सदस्य बने ।

वि.सं ०५१ सालमा बनेको एमालेको ९ महिने सरकारमा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री बनेका नेम्वाङले सामान्य प्रशासन मन्त्री र स्थानीय विकास मन्त्रीको अनुभव पनि संगालिसकेका छन् ।

नेम्वाङ ०५४ को छैठौं महाधिवेशनबाट एमालेको केन्द्रीय कमिटी सदस्य बनेका हुन् । ०५९ को सातौं महाधिवेशनबाट पुनः एमाले केन्द्रीय कमिटी सदस्य बनेका उनले दोस्रो संविधानसभामा एमाले संसदीय दलको उपनेताको जिम्मेवारीसमेत निभाएका छन् ।

एमालेभित्र उदीयमान नेताका रुपमा नेम्वाङलाई लिने गरिएको छ । कतिपयले उनलाई सम्भावित राष्ट्रपतिका रुपमा पनि हेर्ने गरेका छन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

फरमुल्लाह मन्सुर

नेपाली कांग्रेस

गरिमा शाह

नेकपा एमाले

मिनेन्द्र रिजाल

नेपाली कांग्रेस

घनश्याम यादव

माओवादी केन्द्र

सन्तबहादुर थारू

माओवादी केन्द्र