सुरेन्द्र कार्की राम - झापा क्षेत्र नं. १

प्रदेश नं १   दल: माओवादी केन्द्र   प्राप्त मत: कैफियत:  

झापा १ बाट प्रतिनिधिसभाका लागि वाम गठबन्धन उम्मेदवार राम कार्की (सुरेन्द्र) माओवादी केन्द्रका चर्चित केन्द्रीय नेता हुन् । ओखलढुंगाको रुम्जाटारमा जन्मिएका कार्कीले ०२८ सालदेखि राजनीतिक यात्रा सुरु गरे । उनी बौद्धिक एवं तार्किक नेताका रुपमा चिनिन्छन् ।

पञ्चायतकालमा कार्की गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको पार्टीमा थिए । ०४६ सालको परिवर्तनपछि उनले चित्रबहादुर केसी र मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालमा काम गरे । लगत्तै ०४७ सालदेखि प्रचण्डको पार्टीमा प्रवेश गरे र माओवादी जनयुद्धमा लागे । जनयुद्धकालमा उनले सिन्धुलीलाई पनि कार्यक्षेत्र बनाए । त्यसपछि उनी केही समय निर्वासित भए । र, त्यसपछि झापामा पनि काम गरे ।

पछिल्लो समय कार्की माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री बनेका थिए । उनी प्रचण्ड सरकारको प्रवक्तासमेत बने । उनी ०७० सालमा समानुपातिकबाट संसदमा निर्वाचित भएका थिए । त्यसअघि उनी ०६४ सालको निर्वाचनमा ताप्लेजुङ क्षेत्र नं. १ बाट पराजित भएका थिए ।

माओवादी नेता कार्कीले लामो समयसम्म पार्टीको मेची अञ्चल इञ्चार्ज भएर काम गरे । मन्त्री हुनु अघिसम्म उनी प्रदेश नं. १ को इञ्चार्ज थिए । शिक्षण र लेखनमा पनि उनको अनुभव छ ।

माओवादी नेता कार्की कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मासँग चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । नेपाली राजनीतिका यी दुई बौद्धिक नेताहरु प्रतिस्पर्धामा उत्रिएका कारण झापा १ चुनावले राम्रै चर्चा पाइरहेको छ ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

भवानी खापुङ

नेकपा एमाले

महेश अाचार्य

नेपाली कांग्रेस

सुरेन्द्रराज अाचार्य

नेपाली कांग्रेस

सीता गुरूङ

नेपाली कांग्रेस

माधवराज खत्री

नेपाली कांग्रेस