कृष्ण दाहाल - मकवानपुर क्षेत्र नं. १

प्रदेश नं ३   दल: नेकपा एमाले   प्राप्त मत: कैफियत:  

कृष्णप्रसाद दाहाल प्रतिनिधिसभामा मकवानपुर क्षेत्र नम्बर-१ बाट बाम गठबन्धनका उम्मेद्वार हुन् । मकवानपुरको स्थानीय राजनीतिका परिचित एमाले नेता हुन्, दाहाल । राप्रपाका अध्यक्ष कमला थापालाई पराजित गरेर दुईपटक सांसद जितिसकेका दाहाल पुनः कमल थापासँगै नै प्रतिस्पर्धामा छन् ।

विसं. ०२० सालमा जन्मिएका दाहाल २०३७ सालको विद्यार्थी आन्दोलनमार्फत राजनीतिमा प्रवेश गरेका हुन् । दाहाललाई अब हालका ऊर्जामन्त्री कमल थापालाई तेस्रोपटक हराउँदै सांसद बन्ने अवसर छ ।

०४८ र ०५६ सालको निर्वाचनमा उनी सांसदमा निर्वाचित भएका थिए भने ०५१ सालको मध्यावधि चुनावमा भने दाहाल कमल थापासँग हारेका थिए । यसपटक जित हात पारे भनेे उनी कमल थापाविरुद्ध ह्याटि्रक गर्ने नेता बन्नेछन् ।

०४३ मा तत्कालीन ठिंगन गाविसका जनपक्षीय प्रधानपञ्च निर्वाचित भएका दाहालले एमाले मकवानपुरमा चार कार्यकाल नेतृत्व गरेका छन् । उनले ०५४ देखि ०६६ सम्म निरन्तर एमाले मकवानपुरको नेतृत्व सम्हालेका थिए ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

राजनकुमार केसी

नेपाली कांग्रेस

दीपक कार्की

संघीय फोरम

खगराज अधिकारी

नेकपा एमाले

महेन्द्र यादव

नेपाली कांग्रेस

कविराज पण्डित

नेपाली कांग्रेस