माधवकुमार नेपाल - काठमाडाैं क्षेत्र नं. २

प्रदेश नं ३   दल: नेकपा एमाले   प्राप्त मत: कैफियत:  

रौतहटको गौरमा जन्मिएका माधवकुमार नेपाल पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता हुन् । मंगलकुमार उपाध्याय र दुर्गादेवी उपाध्यायका छोरा नेपालको जन्म २००९ फागुन २३ मा भएको हो । उनले स्नातकसम्म अध्ययन गरेका छन् ।

२०२६ सालखेखि नेकपा पुष्पलाल समूहबाट राजनीतिमा प्रवेश गरेका उनी ०३१ सालबाट पूर्णरुपमा पार्टीमा सक्रिय भए । त्यहीबेला उनी राजकाज अपराधको अभियोगमा २ वर्ष जेल परे । जेलबाट छुटेपछि भूमिगत जीवन बिताइरहेका नेपाल ०३५ सालमा माले स्थापना हुँदा पोलिटब्यूरो सदस्य बने ।

०४६ सालमा पञ्चायतविरुद्ध जनआन्दोलन हुँदा उनी हाइकमाण्ड सदस्य थिए । आन्दोलन सफल भएपछि ०४७ को संविधान सुझाव आयोगका सदस्य समेत बने ।

०४८ को चुनावमा । उनी प्रतिनिधिसभा सदस्य मात्र नभई विपक्षी दलको नेता पनि चुनिए । ०५० देखि ०६५ सम्म एमालेको महासचिव रहेका नेता नेपाल ०५१-०५२ मा उपप्रधान एवं रक्षा एवं परराष्ट्रमन्त्री भएका थिए ।

०५६ मा पनि नेपाल रौतहट २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भए र विपक्षी दलको नेता बने । दोस्रो जनआन्दोलनको अगुवाइ गर्ने शीर्षनेताहरु मध्ये एक नेपालले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन मुख्य भूमिका खेलेका थिए ।

नेता नेपाल पहिलो संविधानसभामा काठमाडौं र रौतहट दुबै क्षेत्रबाट पराजित भए । पार्टी प्रत्यक्षतर्फ ३३ सीटमा विजयी भएपछि उनले पार्टी महासचिव पदबाट राजीनामा दिए ।

तर, नेपाललाई मन्त्रिपरिषदबाट मनोनित सभासद बने र संवैधानिक समितिको सभापति भए । नेपाल ०६६ साल जेठ ११ गते प्रधानमन्त्री बने । ६२२ दिन सरकारको नेतृत्व गरेका नेपाल दोस्रो संविधानमा भने दुबै क्षेत्रबाट विजयी भए ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

नरबहादुर धामी

नेकपा एमाले

नारायण बहादुर कार्की

नेपाली कांग्रेस

शर्वेन्द्रनाथ शुक्ला

राष्ट्रिय जनता पार्टी

सन्तबहादुर थारू

माओवादी केन्द्र