डा. बाबुराम भट्टरार्इ - गोरखा क्षेत्र नं. २

प्रदेश नं ४   दल: नयाँ शक्ति   प्राप्त मत: कैफियत:  

नेपाली राजनीतिमा प्रशंसा र आलोचना दुबै कमाएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा २ मा नेपाली कांग्रेसको साथ लिएर प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । डा. भट्टराई चुनाव लडिरहेको क्षेत्रमा उनका बलिया प्रतिद्वन्दी माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ रहेकाले गोरखा २ चुनावी चर्चाको शिखरमा छ ।

गोरखामै जन्मेर हुर्केका पूर्वमाओवादी नेता डा. भट्टराईले ०६४ र ०७० का दुईवटा संविधानसभाको चुनावमा गोरखाबाट जित हात पारे । त्यसपछि उनी अर्थमन्त्री र प्रधानमन्त्री बने । संवैधानिक सम्वाद समितिको सभापति भएर संविधान निर्माणमा भूमिका खेले ।

तर, संविधान बनेलगत्तै डा. भट्टराई माओवादी पार्टी परित्याग गरेर नयाँ पार्टी गठनमा लागे । दशरथ रंगशालाबाट घोषणा गरिएको नयाँशक्ति पार्टीमा यसवीचमा केही उतार चढावहरु आएका छन् । कतिपय अभियन्ताहरुले डा. भट्टराईको साथ छाडेका छन् । तैपनि डा. भट्टराई जिल्लाका लोकपि्रय नेता हुन् ।

यसवीचमा स्थानीय चुनावमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादीसँग साझा चुनाव चिन्ह लिएर लडेका डा. भट्टराईले खासै राम्रो परिणाम ल्याएनन् । यसपटक उनका सामु ३ प्रतिशत मत ल्याएर थ्रेस होल्ड कटाउने र प्रत्यक्षतर्फ कम्तिमा एक सिट जितेर थ्रेसहोल्ड कटाउनुपर्ने चुनौती छ ।

एमाले र माओवादीवीच वाम गठबन्धन हुँदै गर्दा डा. भट्टराई पनि त्यसमा सामेल भएका थिए । तर, लगत्तै उनी वाम गठबन्धनबाट अलग भए । र, नेपाली कांग्रेससँग गठबन्धन गरेर अहिले चुनावमा होमिएका छन् ।

गोरखा २ मा डा. भट्टराईले आफ्नै सहकर्मीसँग चुनावी प्रतिस्पर्धा गरिरहनुपरेको छ । र, यो प्रतिस्पर्धालाई देशैभरिका मतदाताले जिज्ञासापूर्वक हेरिरहेका छन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

विश्व अर्याल

नेपाली कांग्रेस

दामोदर भण्डारी

नेकपा एमाले

किरण यादव

नेपाली कांग्रेस

दीपकुमार उपाध्याय

नेपाली कांग्रेस