नारायणकाजी श्रेष्ठ - गोरखा क्षेत्र नं. २

प्रदेश नं ४   दल: माओवादी केन्द्र   प्राप्त मत: कैफियत:  

किशोरावस्थामा डाक्टर बन्ने लक्ष्यसहित गोरखाबाट काठमाडौं आएका नारायणकाजी श्रेष्ठ यतिबेला चुनावी दौडमा गोरखामै केन्द्रित भएका छन् ।

सुरुमा कांग्रेसको विद्यार्थी राजनीतिमा काम गर्दागर्दै ०३३ सालमा वीपीले राष्ट्रिय मेलमिलापको नीति लिएपछि कांग्रेस पञ्चायतपरस्त भएको भन्दै श्रेष्ठ कम्युनिष्ट पार्टीतर्फ आकर्षित भए ।

उनी नेकपा एकता केन्द्रको महासचिवसम्म बने । शान्तिप्रक्रिया पछि प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा माओवादीसँग उनले पार्टी एकता गरे ।

हालसम्म अविवाहित श्रेष्ठ माओवादी केन्द्रका दोस्रो बरियताका शीर्ष नेता हुन् । उनी अहिलेको वाम गठवन्धन निर्माण गर्न भूमिका खेल्ने प्रमुख नेताहरुमध्येका एक हुन् ।

सरकारमा उपप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसमेत बनेको अनुभव श्रेष्ठसँग छ । उनी राष्ट्रियतालाई केन्द्रमा राखेर काम गर्ने र भ्रष्टाचार नगर्ने नेताका रुपमा चिनिन्छन् । सरकारी सुविधाको गाडी त्यागेर सार्वजनिक गाडी प्रयोग गर्दा उनको निकै चर्चा भएको थियो ।

पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक सभासद बनेका उनी दोस्रो संविधानसभा निर्वाचनमा भने मकवानपुरबाट पराजित भएका थिए । हाल प्रतिनिधिसभा सदस्य निर्वाचनमा गृह जिल्ला गोर्खाको क्षेत्र नम्बर २ बाट उनी उम्मेदवार बनेका छन् । उनका प्रतिस्पर्धी नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई छन् ।

माओवादी पार्टीमा रहँदा पूर्वसहकर्मी रहेका डा. भट्टराई र श्रेष्ठ अहिले चुनावी प्रतिस्पर्धामा उत्रिएकाले गोरखा २ ले विशेष चर्चा पाएको छ ।

निर्वाचन जितेर काठमाडौं फर्केको अवस्थामा राष्ट्रिय राजनीतिमा श्रेष्ठको भूमिका अहम हुने देखिन्छ । यसअघि नै उपप्रधानमन्त्री र परारष्ट्रमन्त्री भइसकेका श्रेष्ठ वाम गठबन्धनको सरकार बन्ने अवस्था आएमा उपप्रधानमन्त्रीसहित माओवादीबाट सरकारमा सहभागी हुने सम्भावना बोकेका नेता हुन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

अशोक रार्इ

संघीय फोरम

तीर्थ लामा

नेपाली कांग्रेस

लक्ष्मणलाल कर्ण

राष्ट्रिय जनता पार्टी

मोहन अाचार्य

नेपाली कांग्रेस

दिनेशकुमार यादव

नेपाली कांग्रेस

निरज पुन

नेपाली कांग्रेस

उम्मेदवारसँग सम्बन्धित शीर्षकहरु