बलबहादुर केसी - सोलुखुम्बु क्षेत्र नं. १

प्रदेश नं १   दल: नेपाली कांग्रेस   प्राप्त मत: कैफियत:  

नेपाली कांग्रेसका नेता बलबहादुर केसी सोलुखुम्बुबाट लगातार छैटौं पटक संसदीय चुनावको प्रतिस्पर्धामा उत्रिएका छन् । ०४८ देखि लगातार सबै चुनावमा उम्मेदवार बनेका केसी ०६४ बाहेक अरु सबै चुनावमा निर्वाचित हुँदै आएका छन् ।

शेरबहादुर देउवापछि नेविसंघको अध्यक्ष बनेका केसी पटक–पटक मन्त्री भएका भाग्यमानी कांगेस नेता हुन् ।

विसं. ०१० सालमा जन्मेका केसीले राजनीतिशास्त्रमा एमएसम्म पढेका छन् । ०२५ सालदेखि राजनीतिमा लागेका उनी ७ वर्ष जेल बसेका नेता हुन् । केसीको घर काठमाडौंको गैरीधारामा छ ।

पहिलो संविधानसभा चुनाव ०६४ मा केसी माओवादी नेता गोपाल किरातीसँग पराजित भएका थिए । ०७० मा पुनः जितेका उनको प्रतिस्पर्धा यसपटक वामपन्थी गठबन्धनका उम्मेदवार माओवादी नेता हेमकुमार राईसँग हुँदैछ ।

यसपालिको चुनावमा वामपन्थीहरु आपसमा मिलेका कारण केसी दबावमा परेका छन् ।

यसका साथै नेचा सल्यान गाउँपालिकाका स्थायी बासिन्दा केसीमाथि तिङ्लालाई सोलु दूधकुण्ड नगरपालिकामा राख्न नदिएको आरोप लगाउँदै यसपटक तिङ्लाबासीले ‘नो भोट अभियान’ चलाएको अवस्था उनका लागि अर्को प्रतिकूलता हो ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

अमृत अर्याल

नेपाली कांग्रेस

चीनकाजी श्रेष्ठ

नेपाली कांग्रेस

अारजु राणा देउवा

नेपाली कांग्रेस

युवराज कार्की

संघीय फोरम

हेमकुमार रार्इ

माओवादी केन्द्र

उम्मेदवारसँग सम्बन्धित शीर्षकहरु