४ मंसिरमा चुनावको मिति निर्धारण भएपछि गठन भएको दल हो, राष्ट्रिय स्वतन्त्र पार्टी । टेलिभिजन प्रस्तोता रवि लामिछानेले ७ असार २०७९ मा आफ्नै नेतृत्वमा यो पार्टी घोषणा गरेका थिए ।
घण्टी चिह्न लिएर गठन भएको यो पार्टीलाई १७ असारमा निर्वाचन आयोगले दलको मान्यता दियो । त्यसपछि चुनावी तयारीमा लागेको यो पार्टीले १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये १३१ उम्मेदवार उठाएको छ । स्वतन्त्र नागरिकलाई राष्ट्रपति बनाउने, जनताले चाहे प्रतिनिधि फिर्ता बोलाउन सक्ने जस्ता पपुलर एजेण्डा लिएर चुनावमा भाग लिएको यो पार्टीको मुख्य आकर्षण स्वयम् रवि लामिछाने हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका तोसिमा कार्की, सोविता गौतमलगायतले चर्चा बटुलिरहेका छन् ।