घनश्याम भुसाल स्वतन्त्र, रूपन्देही - १ पुरुष , ६१ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग दुई वर्ष लामो तिक्ततापूर्ण सम्बन्धको अन्त्य गर्दै अन्ततः घनश्याम भूसालले चुनावको मुखमा गत २२ असोजमा नेकपा (एमाले) त्यागेर स्वतन्त्र उम्मेदवारी दिए ।

सिंगो जिन्दगी बिताएको पार्टीले फरक मत राखेको प्रतिक्रियामा टिकटबाट वञ्चित गरेपछि भूसाल रूपन्देही–२ मा आफैं उठे । उनका अगाडि जसरी पनि यो चुनाव जितेर विद्रोहको औचित्य पुष्टि गर्ने चुनौती छ । चुनावमा उनलाई सत्ता गठबन्धनको साथ छ ।

स्याङ्जाको पिडीखोलामा जन्मिएका ६१ वर्षीय भूसाल २०२१ मा रूपन्देहीको करहिया झरेका हुन् । अहिले तिलोत्तमा–९ का स्थायी बासिन्दा उनी मणिग्रामको संस्कृत माध्यमिक विद्यालयमा पढ्दा विद्यार्थी राजनीतिमा जोडिएका हुन् ।

पछि उनी नेकपा (माले)को विद्यार्थी संगठन अनेरास्ववियु (एकताको पाँचौं) को केन्द्रीय सदस्य र दुई पटक महासचिव भए । २०४६ सालको आन्दोलनमा उनी महासचिवको रूपमा सक्रिय थिए ।

त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा एमए भूसाल २०५० मा नेकपा (एमाले)को रूपन्देही जिल्ला कमिटी उपसचिव र २०५१ सालमा सचिव भए । २०५३ सालको उपनिर्वाचनमा रूपन्देहीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित उनी २०५८ सालदेखि २०६४ सम्म एमालेको केन्द्रीय प्रचार विभाग सदस्य, केन्द्रीय स्कुल विभाग सदस्यको जिम्मेवारीमा रहे ।

राजनीतिक जीवनमा पटक–पटक गरी साढे दुई वर्ष जेल सजाय भोगेका भूसाल २०६५ सालमा एमालेको केन्द्रीय सदस्य र अध्ययन तथा अनुसन्धान विभाग प्रमुख भए ।

२०७१ मा पार्टीको नवौं महाधिवेशनबाट उपमहासचिव निर्वाचित भूसाल पर्याप्त वैचारिक एवं सैद्धान्तिक छलफल विना नेताको स्वार्थमा एमाले र एमाओवादी केन्द्रको एकता भएको भन्दै आलोचना गरेर चर्चामा आएका थिए । नेकपामा विवाद र संसद विघटनपछि प्रचण्ड–माधव नेपाल पक्षमा उभिएका उनी पार्टी विभाजन हुँदा भने १० बुँदे सहमति गरेर एमालेमै रहे ।

एमाले विभाजनका लागि माधवकुमार नेपाललाई उक्साएर पछि धोका दिएको आरोप पनि भूसालमाथि लाग्दै आएको छ । एमाले महाधिवेशनमा उपाध्यक्षमा चुनाव लडेर हारेका उनलाई अध्यक्ष ओलीले स्थायी समिति सदस्य मनोनीत गरेका थिए ।

भूसालले पार्टी छाडेर एमालेका सचिव रहेका आफ््नै पूर्वसहकर्मी छविलाल विश्वकर्मा विरुद्ध उम्मेदवारी दिएका छन् । सांसद र मन्त्री हुँदा आफ्नो निर्वाचन क्षेत्रका कार्यकर्ता र विकासमा ध्यान नदिएको भन्दै भूसालको आलोचना हुने गरेको छ । कार्यकर्तासँग उस्तो घुममिल नगर्ने, व्यावहारिक समस्यालाई बेवास्ता गर्ने गरेको आरोप पनि उनीमाथि छ । 

ओली नेतृत्वको सरकारमा कृषि तथा पशुपन्छी विकास मन्त्री हुँदा भने राम्रै काम गरेको भनेर उनले प्रशंसा पाएका थिए । त्यसबेला उनले ठेक्का लिएर रासायनिक मल नल्याउने ठेकेदारहरूको १० करोड धरौटी जफत गरेका थिए ।

भूसालले रुपन्देही–१ मा १६ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । प्रतिबद्धतापत्रमा छविलाल विश्वकर्माले सुरु गरेका सडकलगायत पूर्वाधार निर्माण पूरा गर्ने, देवदहलाई सडक सञ्जालमा जोड्ने, हरेक वडामा बाल उद्यान र ज्येष्ठ नागरिक मिलन केन्द्र बनाउनेलगायत बुँदा छन् ।

भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, सुशासन, रोजगारी सिर्जना र शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको प्रतिबद्धतापत्रमा उल्लेख छ । स्वास्थ्यतर्फ पालिकास्तरीय अस्पताल र प्रत्येक वडामा स्वास्थ्यचौकी बनाउने प्रतिबद्धता छ ।

चुनावी अंकगणित

गत स्थानीय निर्वाचनमा खसेको दलगत भोटलाई आधार मान्दा सत्ता गठबन्धन समर्थित भूसालभन्दा एमाले, राप्रपा र जसपाका उम्मेदवार छविलाल विश्वकर्मा बढी अनुकूल अवस्थामा रहेको देखिन्छ ।

रूपन्देही–१ मा १ लाख ३९ हजार ५६० मतदाता छन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोसपा र राष्ट्रिय जनमुक्ति पार्टीलगायत सत्ता गठबन्धनका दलहरूले पाएको भोट जोड्दा करिब ४० हजार हुन्छ । त्यस्तै; एमाले, राप्रपा र जसपाले पाएको मत जोड्दा करिब ५२ हजार पुग्छ ।

माओवादी कोटामा भूसाल उम्मेदवार बनेपछि माओवादीभित्रकै एउटा समूह असन्तुष्ट छ । एउटा समूहले स्वतन्त्र उम्मेदवार टीकाराम चापागाईलाई समर्थन गरेको छ ।

यो क्षेत्र माओवादीलाई छाडेको भन्दै कांग्रेसमा पनि असन्तुष्टि छ । यसपटक घनश्यामले जिते यो क्षेत्र सधैंको लागि कांग्रेसको पकडबाहिर जान्छ भन्दै विरोध गर्ने समूह पनि छ । यसले भूसालको चुनावी प्रतिस्पर्धा सहज नहुने देखाउँछ ।

रूपन्देही–१ मा यी दुईवटा गठबन्धनभन्दा बाहिर करिब ७ हजार मत रहेको अनुमान छ । भूसालले यो मतबाट फाइदा उठाउन सक्ने ठाउँ छ । अर्को सबल पक्ष भनेको रूपन्देहीमा उनको लोकप्रियता हो, जसले उल्लेख्य संख्यामा एमाले समर्थकको भोट तान्न सक्छ ।  

Full Read

रूपन्देही - १ का उम्मेदवारहरु

२०७९ २०७४
छविलाल विश्वकर्मा
रूपन्देही, रूपन्देही - १
बर्ष: ५९, पुरुष
गठबन्धन: एमाले गठबन्धन
विजयी २४८८२
नरेश बहादुर पछाई क्षेत्री
रूपन्देही, रूपन्देही - १
बर्ष: ४७, पुरुष
गठबन्धन:
१४१४५
कैलाश गुरुङ्ग
रूपन्देही, रूपन्देही - १
बर्ष: ५६, पुरुष
गठबन्धन:
५१६९
धनीराम चौधरी
रूपन्देही, रूपन्देही - १
बर्ष: ५३, पुरुष
गठबन्धन:
१३९६२
तुल्सी राम धुख्वा
रूपन्देही, रूपन्देही - १
बर्ष: ५०, पुरुष
गठबन्धन:
८०
विशाल वास्कोटा
रूपन्देही, रूपन्देही - १
बर्ष: २९, पुरुष
गठबन्धन:
१०९७
दल बहादुर थापा
रूपन्देही, रूपन्देही - १
बर्ष: ४४, पुरुष
गठबन्धन:
१३९७
राकेश बनियाँ
रूपन्देही, रूपन्देही - १
बर्ष: ३५, पुरुष
गठबन्धन:
४२७
शिव बहादुर गुरुङ्ग
रूपन्देही, रूपन्देही - १
बर्ष: ५७, पुरुष
गठबन्धन:
१०७२
टीकाराम जैसी चापागाई
रूपन्देही, रूपन्देही - १
बर्ष: ५२, पुरुष
गठबन्धन:
३४८९
दुर्गा पाण्डे
रूपन्देही, रूपन्देही - १
बर्ष: ३२, महिला
गठबन्धन:
३३
धनराज भुर्तेल
रूपन्देही, रूपन्देही - १
बर्ष: ३५, पुरुष
गठबन्धन:
२४४
टिका मणी पुन
रूपन्देही, रूपन्देही - १
बर्ष: ५७, पुरुष
गठबन्धन:
२५९
कमल पाण्डे
रूपन्देही, रूपन्देही - १
बर्ष: ४९, पुरुष
गठबन्धन:
२३
घनश्याम भुसाल
रूपन्देही, रूपन्देही - १
बर्ष: ६१, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
२१३१८
लिलामणि न्‍यौपाने
रूपन्देही, रूपन्देही - १
बर्ष: ३०, पुरुष
गठबन्धन:
४५५
लक्ष्मण भण्डारी
रूपन्देही, रूपन्देही - १
बर्ष: २७, पुरुष
गठबन्धन:
५४
कमल नाथ भुसाल
रूपन्देही, रूपन्देही - १
बर्ष: ४८, पुरुष
गठबन्धन:
१४९
दिपक शर्मा
रूपन्देही, रूपन्देही - १
बर्ष: ४१, पुरुष
गठबन्धन:
१५९
बिष्णु प्रसाद चौधरी कुर्मी
रूपन्देही, रूपन्देही - १
बर्ष: ७४, पुरुष
गठबन्धन:
१००
मातृका प्रसाद यादव
रूपन्देही, रूपन्देही - १
बर्ष: ६३, पुरुष
गठबन्धन:
१७१३
छविलाल विश्वकर्मा
रूपन्देही , रूपन्देही - १
बर्ष: ५४ , पुरुष
गठबन्धन:
नेकपा एमाले
विजयी ३४७५२ मत
अब्दुल रजाक गद्दि
रूपन्देही , रूपन्देही - १
बर्ष: ५८ , पुरुष
गठबन्धन:
विद्या प्रसाद यादव
रूपन्देही , रूपन्देही - १
बर्ष: ३१ , पुरुष
गठबन्धन:
झम बहादुर गुरुङ्ग
रूपन्देही , रूपन्देही - १
बर्ष: ६१ , पुरुष
गठबन्धन:
मंगल प्रसाद चौधरी
रूपन्देही , रूपन्देही - १
बर्ष: ६३ , पुरुष
गठबन्धन:
मदन प्रसाद पोखरेल
रूपन्देही , रूपन्देही - १
बर्ष: ५७ , पुरुष
गठबन्धन:
विष्णु प्रसाद न्यौपाने
रूपन्देही , रूपन्देही - १
बर्ष: ४६ , पुरुष
गठबन्धन:
मुखतार अहमद गद्धी
रूपन्देही , रूपन्देही - १
बर्ष: ४८ , पुरुष
गठबन्धन:

चुनावी समाचार

  • https://sepuh.diaryuindra.ac.id/
  • >