कृष्णगोपाल श्रेष्ठ - काठमाडाैं क्षेत्र नं. ९

प्रदेश नं ३   दल: नेकपा एमाले   प्राप्त मत: कैफियत:  

नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठ सातौंपटक चुनावी प्रतिस्पर्धामा छन् । काठमाडौं ९ बाट साझा वामपन्थी उम्मेदवार बनेका श्रेष्ठ ०४८ र ०५१ मा काठमाडौं ५ बाट निर्वाचित भएका थिए ।

त्यसयताका सबै चुनावमा प्रतिस्पर्धा गरेका श्रेष्ठ सबैमा पराजित भए । उनी संविधानसभा ०७० को उपचुनावमा काठमाडौं २ बाट समेत पराजित भएका थिए ।

लामो समय एमालेको उपत्यका समन्वय कमिटीको नेतृत्व गरेका श्रेष्ठ एकपटक स्थानीय विकास राज्यमन्त्री समेत भए ।

राजनीतिमा लामो त्याग भएर पनि निर्वाचन जित्न नसकेका कारण उनी पछि पर्दै आएका छन् । यही कारणले उनको राजनीतिक 'कम ब्याक' का लागि यो चुनाव निकै महत्वपूर्ण र चुनौतीपूर्ण छ ।

श्रेष्ठले यसपालि कांग्रेसका बलिया उम्मेदवार ध्यानगोविन्द रञ्जितसँग चुनावी प्रतिथस्पर्धा गर्दैछन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

रामवीर मानन्धर

नेकपा एमाले

राजकुमार गुप्ता

नेकपा एमाले

डा. प्रकाशशरण महत

नेपाली कांग्रेस

ईस्तियाक राई

संघीय फोरम

रामचन्द्र यादव

नेपाली कांग्रेस

पूर्णबहादुर खड्का

नेपाली कांग्रेस