अहिलेसम्म संसदमा सहभागिता जनाउन नसकेको नेपाली कांग्रेस (बीपी) ले यसपटक प्रतिनिधिसभातर्फ ३९ जनाको उम्मेदवारी दिएको छ । विशेषगरी प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध डडेलधुरामा कर्ण मल्लले उम्मेदवारी दिएपछि यो पार्टी चर्चामा आएको छ ।
देउवाकै स्वकीय सचिवका रूपमा लामो समय बिताएका मल्ललाई प्रमुख विपक्षी दल नेकपा एमालेले डडेलधुरामा समर्थन गरेको छ । यो दलमा मूलतः कांग्रेसबाट असन्तुष्टहरू छन् ।