हिराचन्द्र केसी - दाङ क्षेत्र नं. ३

प्रदेश नं ५   दल: नेकपा एमाले   प्राप्त मत: कैफियत:  

एमाले नेता हिराचन्द्र केसी प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका उम्मेदवार छन् ।

सल्यानको थारमारेमा ०३२ साल पुस ६ गते जन्मिएका केसीको उच्च शिक्षा घोराहीको महेन्द्र बहुमुखी क्याम्पसमा भयो । राजनीतिशास्त्र पढेका केसीले सुरुमा विद्यार्थी र युवा संगठनमा काम गरे । ०५७ सालमा नेकपा एमाले दाङको जिल्ला कमिटी सदस्यका रुपमा पार्टीको राजनीति सुरुवात गरे । एमालेको दाङ जल्ला कमिटी सचिवालय सदस्य, संगठन विभाग प्रमुख हुँदै अहिले जिल्ला सचिव छन् ।

प्रतिनिधिसभा निर्वाचनमा केसीका प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपक गिरी छन् । केसीलाई माओवादीको पनि साथ छ ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

बिना मगर

माओवादी केन्द्र

मातृकाप्रसाद यादव

माओवादी केन्द्र

किरण यादव

नेपाली कांग्रेस

घनश्याम भुसाल

नेकपा एमाले

अच्युत मैनाली

नेकपा एमाले

रघुवीर महासेठ

नेकपा एमाले