गत ३० वैशाखको स्थानीय चुनावपछि दर्ता भएको हाम्रो नेपाली पार्टीबाट आगामी चुनावमा प्रतिनिधिसभातर्फ ६२ जनाले उम्मेदवारी दिएका छन् । काठमाडौं महानगरमा बालेन र धरान उपमहानगरमा हर्क साम्पाङले लौरो चिह्नबाट जितेका थिए ।
स्वतन्त्र उम्मेदवार बालेन र हर्कले चुनाव लडेकै चिह्न लौरो लिएर यो पार्टी २९ असार २०७९ मा दर्ता भएको थियो ।