थरूहट प्रदेशको मागसहित २०७२ मा चलेको आन्दोलनका क्रममा टीकापुर घटना भएपछि आजीवन काराबासको सजाय खेपिरहेका रेशम चौधरी संरक्षकत्वको नागरिक उन्मुक्ति पार्टी पहिलोपटक चुनावमा भाग लिंदैछ ।
हत्या अभियोगमा रेशम जेलमा रहेकाले उनकी पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष रहेर गठन भएको यो पार्टीले प्रतिनिधिसभातर्फ ३० जना उम्मेदवार उठाएको छ ।
कैलाली–१ बाट पार्टी अध्यक्ष रञ्जिता उम्मेदवार छिन् । २०७४ मा यो क्षेत्रबाट रेशमले तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट जितेका थिए । फरार अवस्थामै चुनाव जितेका रेशमलाई सांसद पदको शपथ गराइएको थियो । तर टीकापुरमा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको हत्या आरोपमा जेलमा रहेका रेशम यसपटक आफ्नै पार्टी बनाएर चुनावमा सहभागी हुँदैछन् ।