नव राज सिलवाल नेकपा एमाले, ललितपुर - १ पुरुष , ५९ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

८ भदौ २०२० मा ललितपुरको गोदावरी–३ मा जन्मिएका नवराज सिलवालले कानुन र सामाजिक प्रशासनमा स्नातकोत्तर गरेका छन् । 

२०४० मा अनेरास्ववियुमा आवद्ध भए पनि प्रहरी सेवामा गएपछि उनको राजनीति हरायो । सेवाबाट बाहिरिएपछि २१ असोज २०७४ मा नेकपा (एमाले) प्रवेश गरेर त्यसपछिको दुई महिनामै ललितपुर–१ बाट प्रतिनिधिसभा सदस्य बन्ने चामत्कारिक सफलता हासिल गरे उनले ।

प्रहरी महानिरीक्षकका दावेदार तत्कालीन डीआईजी सिलवाल आफूलाई सरकारले आईजीपीमा बढुवा नगरेपछि सर्वोच्च अदालतसम्म पुगे । त्यहीक्रममा अदालतमा पेश गरेको कागजात कीर्ते गरेको अभियोगमा २०७४ मंसिरको प्रतिनिधिसभा निर्वाचनअघिको सरकारले सिलवाल विरुद्ध पक्राउ पुर्जी जारी ग¥यो । प्रहरीले खोजी थालेपछि उनी झण्डै चार महिना फरार भए । पछि केपी शर्मा ओली नेतृत्वमा नेकपाको सरकार बनेपछि उनको मुद्दा महान्यायाधिवक्ताको कार्यालयले तामेलीमा राखेको थियो ।

जे होस्, प्रहरी नेतृत्वमा पुग्न असफल भएपछि त्यसको ‘क्षतिपूर्ति’ सिलवालले राजनीतिबाट पाए ।

त्यसबेला वाम गठबन्धनबाट लाभान्वित भएका उनले दोस्रो कार्यकालको प्रयासमा भने दुईवटा प्रतिकूलताको सामना गर्नुपर्ने देखिन्छ । एक, उनलाई २०७४ मा निर्वाचित हुन सघाएको नेकपा (माओवादी केन्द्र)ले अहिले नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणालाई जिताउने जोडबलमा छ । अर्को, पछिल्लो पाँच वर्ष सांसदका रूपमा उनको कमजोर भूमिका । स्थानीय मुद्दामा उनले यथोचित भूमिका खेल्न नसकेको मतदाताको गुनासो छ ।

यसको प्रतिवादमा सिलवाल भन्छन्, ‘मैले पाँच वर्ष जनप्रतिनिधि हुँदा पूर्वाधारको क्षेत्रमा जग बनाउने काम गरें । अब त्यसको आधारमा तीव्र गतिमा काम गर्नुपर्नेछ ।’

२०७४ मंसिरको प्रतिनिधिसभा निर्वाचनअघिको सरकारले सिलवाल विरुद्ध पक्राउ पुर्जी जारी गरी इन्टरपोलमा समेत सूचना जारी गरेपछि उनी करिब चार महिना भूमिगत भए । 

‘राज्यशक्तिको दुरुपयोग गर्दै मलाई सिध्याउन खोजियो । ममाथि विभिन्न आरोप लगाइएपछि केही समय मुद्दा–मामिलामा बित्यो’ सिलवाल भन्छन्, ‘तर, जनताले मलाई न्याय दिए । फेरि पनि मत दिनेछन् भन्ने विश्वास छ ।’

सत्ता गठबन्धनबाट हुने प्रतिकूलता चिर्न उनले एमाले सरकारले ललितपुरमा गरेको भनिएको पूर्वाधार विकासको फेहरिस्तको प्रचारप्रसार गरिरहेका छन् । गोदावरीमा निर्मित सभा हलदेखि विद्यालय पुनर्निर्माण, खानेपानी आयोजना र ग्रामीण सडकलाई उनले आफ्नो कार्यकाल र आफ्नै पहलमा आएको योजना भन्ने गरेका छन् ।

गोदावरी नगरपालिकासहित दक्षिण ललितपुरका तीन गाउँपालिका क्षेत्र नं. १ मा पर्छन् । करिब दुई तिहाइ मतदाता शहरी र बजार क्षेत्रमा बस्छन्, एक तिहाइ मतदाता दुर्गम दक्षिणी भेगमा छन् । भौगोलिक हिसाबले एक तिहाइ मतदाता रहेका क्षेत्रमा प्रचारप्रसार गर्न दुई तिहाइ समय खर्चनुपर्छ ।

यो प्रतिकूलता सबै उम्मेदवारलाई छ, तर सिलवालका लागि गत वैशाखको स्थानीय तह निर्वाचनमा एमालेले पाएको मत पनि अनुकूल छैन । यो क्षेत्रमा नेपाली कांग्रेसका वडाअध्यक्षहरूले २३ हजार ८५४, एमालेका वडाअध्यक्षहरूले १८ हजार ९९३, माओवादी केन्द्रले ६ हजार १३३ र राप्रपाले १ हजार ५७५ मत प्राप्त गरेका छन् ।

यो अंकगणित अनुसार गठबन्धनका उम्मेदवारसँग २९ हजार ९८७ र एमालेका सिलवालको भागमा १८ हजार ९९३ मत छ । सत्ता गठबन्धनको तगारो छिचोल्दै वाम गठबन्धनको बलमा हिजो प्राप्त विजयलाई निरन्तरता दिन सिलवाललाई निकै चुनौती हुने पछिल्लो भोटको यो आँकडाले देखाउँछ ।

Full Read

ललितपुर - १ का उम्मेदवारहरु

२०७९ २०७४
उदयशम्शेर ज.ब.राणा
ललितपुर, ललितपुर - १
बर्ष: ५२, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
विजयी २३९९२
नव राज सिलवाल
ललितपुर, ललितपुर - १
बर्ष: ५९, पुरुष
गठबन्धन: एमाले गठबन्धन
१९२६६
सचिन कुमार घिमिरे
ललितपुर, ललितपुर - १
बर्ष: ४४, पुरुष
गठबन्धन:
३२७७
सन्दिप आचार्य
ललितपुर, ललितपुर - १
बर्ष: २७, पुरुष
गठबन्धन:
१६४१
गोपाल राज राई
ललितपुर, ललितपुर - १
बर्ष: ४९, पुरुष
गठबन्धन:
१४६
मनिष बहादुर श्रेष्ठ
ललितपुर, ललितपुर - १
बर्ष: ४१, पुरुष
गठबन्धन:
२४
कविन्द्र डंगोल
ललितपुर, ललितपुर - १
बर्ष: ४३, पुरुष
गठबन्धन:
१४९
बालकृष्ण घिमिरे
ललितपुर, ललितपुर - १
बर्ष: ५७, पुरुष
गठबन्धन:
सुर्य तामाङ्ग बल
ललितपुर, ललितपुर - १
बर्ष: ३६, पुरुष
गठबन्धन:
१७२
सुभद्रा महर्जन
ललितपुर, ललितपुर - १
बर्ष: ४७, महिला
गठबन्धन:
१३
विष्णु लामा
ललितपुर, ललितपुर - १
बर्ष: ३२, महिला
गठबन्धन:
३२
गोविन्द घिमिरे के.सी.
ललितपुर, ललितपुर - १
बर्ष: ४०, पुरुष
गठबन्धन:
८३
सुमन भुम्जन
ललितपुर, ललितपुर - १
बर्ष: २९, पुरुष
गठबन्धन:
राज कुमार तिमिल्सिना
ललितपुर, ललितपुर - १
बर्ष: ४९, पुरुष
गठबन्धन:
फूल माया लो
ललितपुर, ललितपुर - १
बर्ष: ४७, महिला
गठबन्धन:
नवराज घिमिरे
ललितपुर, ललितपुर - १
बर्ष: ४९, पुरुष
गठबन्धन:
विशाल तामाङ
ललितपुर, ललितपुर - १
बर्ष: ४२, पुरुष
गठबन्धन:
भुपेन्द्र सिल्वाल
ललितपुर, ललितपुर - १
बर्ष: ४७, पुरुष
गठबन्धन:
१२
गोकुल तिमल्सिना
ललितपुर, ललितपुर - १
बर्ष: ३२, पुरुष
गठबन्धन:
१०
शैलेन्द्र बिष्ट
ललितपुर, ललितपुर - १
बर्ष: ४१, पुरुष
गठबन्धन:
कृष्‍ण काजी महर्जन
ललितपुर, ललितपुर - १
बर्ष: ५३, पुरुष
गठबन्धन:
१०
नव राज सिलवाल
ललितपुर , ललितपुर - १
बर्ष: ५४ , पुरुष
गठबन्धन:
नेकपा एमाले
विजयी २६९५१ मत
उदय शंशेर ज.ब.राणा
ललितपुर , ललितपुर - १
बर्ष: ४७ , पुरुष
गठबन्धन:
केशव प्रसाद तिमल्सिना
ललितपुर , ललितपुर - १
बर्ष: ४६ , पुरुष
गठबन्धन:
उत्तम कुमार लामा
ललितपुर , ललितपुर - १
बर्ष: ५० , पुरुष
गठबन्धन:
दीपक लामा
ललितपुर , ललितपुर - १
बर्ष: ४२ , पुरुष
गठबन्धन:
आकाश कुमार भुम्जन
ललितपुर , ललितपुर - १
बर्ष: ४२ , पुरुष
गठबन्धन:
गुन बहादुर थापा
ललितपुर , ललितपुर - १
बर्ष: ५० , पुरुष
गठबन्धन:
राजेन्द्र तामाङ
ललितपुर , ललितपुर - १
बर्ष: ३२ , पुरुष
गठबन्धन:
श्याम कुमार घिमिरे
ललितपुर , ललितपुर - १
बर्ष: ४३ , पुरुष
गठबन्धन:
विकास थिंङ तामाङ्ग
ललितपुर , ललितपुर - १
बर्ष: ३४ , पुरुष
गठबन्धन:
रबिन सिल्वाल
ललितपुर , ललितपुर - १
बर्ष: ३८ , पुरुष
गठबन्धन:
टेक प्रसाद बजगाँई
ललितपुर , ललितपुर - १
बर्ष: ४८ , पुरुष
गठबन्धन:
गोकुल तिमल्सिना
ललितपुर , ललितपुर - १
बर्ष: २७ , पुरुष
गठबन्धन:
राम चन्द्र आचार्य
ललितपुर , ललितपुर - १
बर्ष: ५७ , पुरुष
गठबन्धन:

चुनावी समाचार