सुरेन्द्रप्रसाद पाण्डे नेकपा एमाले, चितवन - १ पुरुष , ६४ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

चितवन निर्वाचन क्षेत्र नं. १ बाट यसअघि दुई पटक निर्वाचित एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे ह्याट्रिकको दाउमा छन् । अवस्था भने यसपटक २०७४ को जस्तो अनुकूल छैन ।

पाँच दलको गठबन्धन र स्वतन्त्र उम्मेदवारको उपस्थिति यसको मुख्य कारण हो । तर, चुनावका भित्री र बाहिरी खेल बुझेका संसदीय राजनीतिका खेलाडी पाण्डे प्रतिकूलतालाई अनुकूलतामा बदल्ने सुरमा छन् ।

असोज तेस्रो साता चितवन–२ मा कृष्णभक्त पोखरेल उम्मेदवार निश्चित भइसक्दा पाण्डेको टिकट अनिश्चित नै थियो । अन्ततः पाण्डेले पनि चितवन–१ को टिकट निश्चित गरे । अब यसलाई जनताबाट अनुमोदन गर्ने चुनौती उनको अगाडि छ । 

नेकपा विभाजनको बेला माधवकुमार नेपाल पक्षमा उभिएका सुरेन्द्र पाण्डे पार्टी विभाजनको बेला भने संस्थापनतिर लागे । २०७८ मंसिरमा चितवनमै भएको एमालेको १०औं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित उनले २०७० सालको निर्वाचनमा पहिलो पटक चितवनबाट लडेका थिए । २०७४ मा वाम गठबन्धनबाट उम्मेदवार भएका उनले लोकप्रिय मतसहित कांग्रेसका राजेन्द्र बुर्लाकोटीलाई हराए ।

२०१५ भदौमा धादिङमा जन्मिएका सुरेन्द्र पाण्डे चितवनको राप्ती नगरपालिका ५ भण्डाराका स्थायी बासिन्दा हुन् । २०३१ सालदेखि राजनीतिमा सक्रिय उनले स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । पञ्चायतकालमा भूमिगत भएर विद्यार्थी राजनीति गरेका उनी युवा र मजदुर संगठनमा पनि आबद्ध भए ।

राजनीतिक आन्दोलनका क्रममा पाण्डे १० वर्ष भूमिगत भए, पटक–पटक बन्दी बनाइए । उनले केही समय शिक्षण पेशा अँगाले, तीन वर्ष नेपाल बैंकमा जागिर खाए ।

पञ्चायत विरुद्धको आन्दोलन उत्कर्षमा पुग्दा २०४६ सालमा उनी नेकपा (माले)को कोशी अञ्चल कमिटी इञ्चार्ज थिए । २०४९ देखि २०७५ सम्म उनी नेकपा (एमाले)को केन्द्रीय कमिटीमा रहे । २०५४ देखि २०६० सम्म राष्ट्रिय सभा सदस्य र पार्टीको सचेतक रहेको, २०६४ देखि २०६८ सम्म संविधानसभा सदस्य र दलको उपनेता भई काम गरेको अनुभव पाण्डेसँग छ ।

२०६६ जेठदेखि २०६७ माघसम्म अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका पाण्डेले चितवनको भण्डारा–मलेखु चेपाङ्ग मार्ग, राप्ती क्षेत्रको कटान रोक्न तटबन्ध, सडक मर्मत र कालोपत्रेमा जोड दिए । उनी अर्थमन्त्री भएकै बेला मध्यपहाडमा दशवटा शहर निर्माणको अवधारणा आयो । मध्यपहाडी लोकमार्ग र काठमाडौं–निजगढ फास्ट ट्रयाक निर्माण सुरु भयो ।

पाँच जिल्लामा स्वास्थ्य बीमा कार्यक्रमको पाइलट प्रोजेक्ट सुरु गरेको जस पनि पाण्डेलाई नै जान्छ ।

चुनावी अंकगणित

गत वैशाखको स्थानीय चुनावमा चितवन–१ मा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको पार्टीगत मतमा नेकपा (एमाले) अगाडि छ । एमालेले ३९ हजार ६०६, नेपाली कांग्रेसले ३६ हजार ७८३, नेकपा (माओवादी केन्द्र)ले ५ हजार २५२ र नेकपा (एकीकृत समाजवादी)ले ४ हजार ५ मत पाएको छ ।

सत्ता गठबन्धनका दलहरूको यो मत जोड्दा ४६ हजार ४० हुन्छ, जुन एमालेको भन्दा ६ हजार ३३४ बढी हो । गठबन्धनको मतलाई एकमुष्ट कायम गर्न सक्दा कांग्रेसबाट उम्मेदवार बनेका डा. विश्व पौडेललाई सहज हुने देखिन्छ ।

यो अवस्थामा एमालेको एकता जोगाउँदै सत्ता गठबन्धन र कांग्रेसभित्रको अन्तरसंघर्षमा खेल्न सक्नु या नसक्नुमा पाण्डेको जित–हार निर्भर हुनेछ । स्वतन्त्र उम्मेदवारहरूले काट्न सक्ने एमालेको मत जोगाउनुपर्ने चुनौती पनि उनीसामु छ ।  

Full Read

चितवन - १ का उम्मेदवारहरु

२०७९ २०७४
विश्‍वनाथ पौडेल
चितवन, चितवन - १
बर्ष: ४७, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
२४९९०
बर्ष: ६४, पुरुष
गठबन्धन: एमाले गठबन्धन
२६६०८
हरि ढकाल
चितवन, चितवन - १
बर्ष: ३९, पुरुष
गठबन्धन:
विजयी ३४१८९
मधुप कुमार भट्टराई
चितवन, चितवन - १
बर्ष: ५८, पुरुष
गठबन्धन:
२७४८
अजय ठाकुर हजाम
चितवन, चितवन - १
बर्ष: ३६, पुरुष
गठबन्धन:
१२३
अर्जुन प्रजा
चितवन, चितवन - १
बर्ष: २६, पुरुष
गठबन्धन:
७०
कुमारी थिङ्ग
चितवन, चितवन - १
बर्ष: २९, महिला
गठबन्धन:
१५१
गोविन्द प्रसाद रिजाल
चितवन, चितवन - १
बर्ष: ६०, पुरुष
गठबन्धन:
१६४
जिवन तमाङ्ग
चितवन, चितवन - १
बर्ष: ४९, पुरुष
गठबन्धन:
११६
बिष्णु लामा
चितवन, चितवन - १
बर्ष: ५४, पुरुष
गठबन्धन:
१४२०
दिपक पाठक
चितवन, चितवन - १
बर्ष: ४०, पुरुष
गठबन्धन:
२०
अरुण कुमार उप्रेती
चितवन, चितवन - १
बर्ष: ४०, पुरुष
गठबन्धन:
१८
ओमकृष्ण थपलिया
चितवन, चितवन - १
बर्ष: २८, पुरुष
गठबन्धन:
१७
तिलक मणी पाठक
चितवन, चितवन - १
बर्ष: ३०, पुरुष
गठबन्धन:
उत्सव धमला
चितवन, चितवन - १
बर्ष: २९, पुरुष
गठबन्धन:
६२९
बर्ष: ६३, पुरुष
गठबन्धन:
२०
कुमार आचार्य
चितवन, चितवन - १
बर्ष: ६३, पुरुष
गठबन्धन:
८१
राजन न्यौपाने
चितवन, चितवन - १
बर्ष: ४५, पुरुष
गठबन्धन:
१२
नविन खड्का
चितवन, चितवन - १
बर्ष: ३९, पुरुष
गठबन्धन:
४३
बर्ष: ५९ , पुरुष
गठबन्धन:
नेकपा एमाले
विजयी ५१०८० मत
बर्ष: ५८ , पुरुष
गठबन्धन:
निरज रेग्मी
चितवन , चितवन - १
बर्ष: ३७ , पुरुष
गठबन्धन:
जनार्दन दुवाडी
चितवन , चितवन - १
बर्ष: ५१ , पुरुष
गठबन्धन:
मनोज कुमार पोख्रेल
चितवन , चितवन - १
बर्ष: ४३ , पुरुष
गठबन्धन:
श्रीराम कंडेल
चितवन , चितवन - १
बर्ष: ५० , पुरुष
गठबन्धन:
सींह बहादुर गोले
चितवन , चितवन - १
बर्ष: ४९ , पुरुष
गठबन्धन:
केशव रेग्मी
चितवन , चितवन - १
बर्ष: २५ , पुरुष
गठबन्धन:

चुनावी समाचार

  • https://sepuh.diaryuindra.ac.id/
  • >