ह्याट्रिक गर्ने धुनमा एमालेका मधेश कमान्डर
Battleground Analysis
अनुकूलता
- इन्कम्बेन्सी र स्रोत: लगातार दुई पटक सांसद र मन्त्री हुँदा राज्यको स्रोतसाधन परिचालन गरेको अनुभव।
- पार्टी कमान्ड: एमालेको मधेस इन्चार्ज र उपमहासचिव भएकाले टिकट वितरणदेखि कार्यकर्ता परिचालनमा एकछत्र अधिकार।
- जनाधार: मिथिला बिहारी नगरपालिका लगायतका क्षेत्रमा एमालेको बलियो संगठन।
प्रतिकूलता
- छवि र विवाद: ठेकेदार र बिचौलियासँगको सम्बन्ध, मन्त्री हुँदाका विवाद र 'सम्पन्न वर्ग' को ट्यागले भुइँमान्छेका मतदाता चिढिन सक्ने।
- वंशवादको आरोप: एउटै परिवार (श्रीमान्-श्रीमती) ले पार्टी र सत्ता कब्जा गरेको भन्दै पार्टीभित्रै असन्तुष्टि बढ्न सक्ने।
- मधेस सेन्टिमेन्ट: मधेस आन्दोलनका बाँकी तुषहरू र एमालेप्रतिको परम्परागत अविश्वास कायमै रहनु।
राजनीतिक स्वभाव र शैली
शक्तिशाली दम्पती
श्रीमती जुलीकुमारी महतो (सांसद/नेतृ) र सालो उपेन्द्र महतो (धनाढ्य व्यवसायी) को पारिवारिक र आर्थिक बलले उनलाई मधेसको राजनीतिमा 'हेभीवेट' बनाएको छ। उनलाई 'क्रोनी क्यापिटलिज्म' को अभ्यासकर्ता भन्ने आरोप पनि लाग्ने गर्छ।
ओलीका विश्वासपात्र
मधेसमा एमाले कमजोर हुँदा पनि संगठन जोगाएको र केपी ओलीसँगको निकट सम्बन्धका कारण पार्टीको 'कोर टिम' मा उनको स्थान सुरक्षित छ। ११औं महाधिवेशनबाट उपमहासचिवमा दोहोरिनु यसको प्रमाण हो।
विकास र विवाद
भौतिक पूर्वाधार मन्त्री हुँदा सडक र पुल निर्माणमा सक्रिय देखिए पनि ठेक्कापट्टा र 'सेटिङ' को विवादमा मुछिएर मन्त्री पद गुमाउनुपरेको इतिहास छ। उनको छवि 'काम गर्ने तर विवादित' नेताको छ।
मधेसको खम्बा
मधेस आन्दोलनको रापतापमा पनि एमालेको झन्डा गाड्ने र २ पटक लगातार जित्ने उनको संगठनात्मक क्षमता लोभलाग्दो छ।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०६४ | धनुषा-४ | सञ्जय शाह | ६,८८२ | १३,४२३ | ६,५४१ | पराजय |
| २०६५ (उप) | धनुषा-५ | डा. चन्द्रमोहन यादव | १०,९६७ | १२,३३८ | १,३७१ |
|
| २०७० | धनुषा-५ | डा. चन्द्रमोहन यादव | १२,३३८ | १०,५३४ | ८६४ | पराजय |
| २०७४ | धनुषा-४ | महेन्द्र यादव | १९९९१ | २२५३२ | २५४१ |
|
| २०७९ | धनुषा-४ | महेन्द्र यादव | ३२११२ | ३२२३६ | १२४ |
|
राजनीतिक टाइमलाइन
विद्यार्थी राजनीति
विद्यार्थी काल: अनेरास्ववियुबाट राजनीति आरम्भ। २०५०: उदयपुर सिमेन्ट कारखानाको कार्यकारी अध्यक्ष (राजनीतिक नियुक्ति)।
संविधानसभामा जय-पराजय
२०६४ (संविधानसभा-१): धनुषा–४ बाट सञ्जय साह 'टकला' सँग पराजित। २०६५ (उपनिर्वाचन): धनुषा–५ बाट पहिलो पटक प्रत्यक्ष विजयी। २०७० (संविधानसभा-२): धनुषा–५ बाट पराजित।
एमाले केन्द्रीय समितिमा
एमाले केन्द्रीय सदस्य।
विजयसँगै मन्त्री
धनुषा–४ बाट विजयी। केपी ओली सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री।
विवादले मन्त्रीपद गयो
कार्यसम्पादन र विवादका कारण मन्त्री पदबाट हटाइएका।
उपप्रधानमन्त्री र पार्टी सचिव
छोटो समयका लागि उपप्रधान तथा परराष्ट्र मन्त्री। एमालेको १०औं महाधिवेशनबाट सचिव।
दोस्रो जित
धनुषा–४ बाट कांग्रेस सहमहामन्त्री महेन्द्र यादवलाई हराउँदै विजयी (लगातार दोस्रो जित)।
एमाले उपमहासचिव
एमालेको ११औं महाधिवेशनबाट उपमहासचिव निर्वाचित।
रघुवीर महासेठको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?






