गजेन्द्रनारायणका चेला, सद्भावना छोडेर कांग्रेसका उम्मेदवार
Battleground Analysis
अनुकूलता
- मधेश राजनीतिमा लामो समयदेखि सक्रिय
- कांग्रेसको बलियो सांगठनिक संरचना
- राष्ट्रिय राजनीतिमा पहिचान, अनुभवी उम्मेदवारको छवि
प्रतिकूलता
- दल फेर्ने आरोप र विश्वसनीयतामा प्रश्न
- राष्ट्रिय स्तरका नेतासँग प्रतिस्पर्धा
- कांग्रेसको टिकट लिँदा सद्भावना विलय गराएको आरोप
राजनीतिक स्वभाव र शैली
गजेन्द्रनारायण सिंहका अनुयायी
मधेश राजनीतिका शिखर पुरुष गजेन्द्रनारायण सिंहको सानिध्यमा हुर्केकाले झामा सद्भावना पार्टीको 'अहिंसात्मक र गान्धीवादी' विचारको प्रभाव देखिन्छ ।
मधेश मुद्दाका व्याख्याता
उनी मधेशका मुद्दाहरूलाई तार्किक र बौद्धिक रूपमा प्रस्तुत गर्न सक्ने नेता मानिन्छन्। हिन्दी र नेपाली दुवै भाषामा प्रखर वक्ता हुन् ।
सत्ता र संघर्षको सन्तुलन
मधेश आन्दोलनको नेतृत्व र विभिन्न कालखण्डमा मन्त्री भएर सत्ताको अनुभव दुवै उनीसँग छ।
दल बदल र एकता
सद्भावना पार्टीको नेतृत्वदेखि राजपा निर्माण हुँदै अहिले नेपाली कांग्रेससम्म आइपुग्दा उनले धेरै पटक पार्टी एकता र विभाजनको साक्षी बनेका छन् ।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०६४ साल | समानुपातिक | |||||
| २०७० साल | रौतहट-१ | माधव कुमार नेपाल | ८३६१ | ४२३४ | ४१२७ | पराजित |
| २०७४ साल | रौतहट-१ | कृष्णप्रसाद यादव | १६४८१ | २१४७२ | ४९९१ |
|
| २०७९ साल | धनुषा-३ | जुलीकुमारी महतो | ३३३८८ | २३६८६ | ९७०२ | पराजित |
राजनीतिक टाइमलाइन
विद्यार्थी राजनीति
वि.सं. २०४० को दशकमा नेपाल सद्भावना पार्टी निकट विद्यार्थी मञ्चबाट राजनीति सुरु।
सद्भावनाको राजनीति
गजेन्द्रनारायण सिंहको नेतृत्वमा नेपाल सद्भावना पार्टी स्थापना हुँदा संस्थापक युवा नेता।
पुनर्स्थापित संसद
जनआन्दोलनको रापतापपछि पुनर्स्थापित संसदमा सांसद मनोनीत।
विधायक
समानुपातिक तर्फबाट सभासद्।
उद्योग मन्त्री
उद्योग मन्त्री (माधव नेपाल सरकार) र अन्य विभिन्न मन्त्रालयको जिम्मेवारी।
प्रत्यक्षमा पराजित
रौतहट–१ बाट प्रत्यक्ष उम्मेदवार, तर पराजित (माधव नेपालसँग)।
प्रत्यक्षमा विजयी
वाम गठबन्धन र कांग्रेसका बीच रौतहट–१ बाट राष्ट्रिय जनता पार्टी (राजपा) का उम्मेदवार बन्दै विजयी।
क्षेत्र परिवर्तन तर पराजय
पार्टीको आन्तरिक समीकरण र गठबन्धनका कारण क्षेत्र परिवर्तन गरी धनुषा–३ बाट उम्मेदवार, तर पराजित।
अनिलकुमार झाको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?







