२०७९ कै नतिजा दोहोर्याउने प्रयास
Battleground Analysis
अनुकूलता
- संसद्मा देखिने र सुनिने प्रस्तुत दिन सफल
- फराकिलो मतान्तरको विगत
- कर्णालीको स्याउ काठमाडौंमा ब्रान्डिङ गर्ने प्रयास
प्रतिकूलता
- 'हेभीवेट' वामपन्थी प्रतिस्पर्धी
- अघिल्लो चुनावका अधिकांश बाचा अधुरै
- अन्य दलका बलिया उम्मेदवार
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०७९ | जुम्ला-१ | गोमा गौतम (कुँवर) | ११९५९ | २२८१९ | १०८६० |
|
राजनीतिक टाइमलाइन
संविधान बनाउन दबाब
२०७० मा सम्पन्न दाेस्रो संविधानसभाले पनि सहज रुपमा संविधान निर्माणको काम अघि नबढाइरहेका बेला उनी दबाबमूलक गतिविधिमा सहभागी हुन थाले ।
भसामाजिक गतिविधिमा सक्रिय
१२ वैशाख २०७२ मा आएको विनाशकारी भूकम्पपछि शाही विभिन्न समूहहरुसँग मिलेर राहत तथा उद्धारका काममा खटिए ।
भ्रष्टाचारविरोधी गतिविधि
आफू भ्रष्टाचारविरोधी अभियन्ता भएको दावी गर्दै उनले सामाजिक सञ्जालमार्फत् गतिविधिहरु गर्न थाले । ती दिनमा उनले आफूलाई गणतन्त्रवादी भनेर चिनाउँथे ।
पक्राउ र आक्रमण
भ्रष्टाचारविरोधी गतिविधि गर्ने भन्दै उनले २०७६ को वैशाखमा सुर्खेतमा कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रमको दौरान तनावपूर्ण स्थिति बनेपछि प्रहरीले नियन्त्रणमा लिएर काठमाडौं ल्यायो । उनीमाथि कुटपिटसमेत भयो । यही वर्षको भदौ महिनामा चितवनको पुल्चोकमा पनि उनीमाथि कार्यक्रमकै दोरान सांघातिक आक्रमण भयो ।
राप्रपा प्रवेश, प्रवक्ताको जिम्मेवारी
सामाजिक सञ्जालमार्फत चर्चामा रहेकै बेला उनी २०७८ फागुन ६ गते राप्रपामा प्रवेश गरे । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई पार्टीको प्रवक्ताको जिम्मेवारीसमेत दिए ।
निर्वाचनमा सहभागीता र विजय
राप्रपा प्रवेशकाे वर्षदिन नबित्दै उनलाई पार्टीले जुम्लाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनायो । ठूलो मतान्तरका साथ उनी जुम्लाका मतदाताबाट अनुमाेदित भए र संसद् प्रवेश गरे ।
ज्ञानबहादुर शाहीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?







