कूटनीतिको अनुभव बोकेर राजनीतिमा
अमेरिकाकालागि नेपाली राजदूत बनेका डा. अर्जुन कार्की संखुवासभाबाट नेकपा (एमाले) को प्रतिनिधिसभा उम्मेदवारका रूपमा आएका छन् ।
कूटनीति, विकास र नागरिक समाजको क्षेत्रमा लामो समय काम गरेको अनुभवका कारण उनलाई राजनीतिमा फरक पृष्ठभूमिबाट आएको, विकासकेन्द्रित र अन्तर्राष्ट्रिय दृष्टिकोण भएको व्यक्तित्वका रूपमा हेरिन्छ ।
कार्कीको हाल ६२ वर्षका भए ।
शैक्षिक रूपमा उनी बहुआयामिक पृष्ठभूमि बोकेका व्यक्ति हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट बीएस्सी पूरा गरेपछि सन् १९९० मा कृषि अर्थशास्त्रमा एमएस्सी तथा विज्ञान संकायमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।
सन् १९९५ मा युनिभर्सिटी अफ म्यानचेस्टर इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीबाट विकास परियोजना व्यवस्थापनमा डिप्लोमा लिएका उनले सन् २००१ मा युनिभर्सिटी अफ इस्ट एन्ग्लियाबाट 'द पोभर्टी एन्ड मूभमेन्ट्स फ्रम ब्लो इन नेपाल' विषयमा पीएचडी गरेका छन् ।
कूटनीतिक दक्षता अभिवृद्धिका लागि उनले हार्वर्ड ल’ स्कूलबाट अन्तर्राष्ट्रिय कूटनीति तथा नेतृत्वसम्बन्धी प्रशिक्षण, यूएनबाट अन्तर्राष्ट्रिय वार्तासम्बन्धी तालिमसमेत लिएका छन्।
एलडिसी वाचका ग्लोबल संयोजक रहेका कार्की विदुशी योगमाया हिमालयन युनिभर्सिटीका निवर्तमान अध्यक्ष थिए । उनले सन् २०१५ देखि २०२१ सम्म नेपालका लागि संयुक्त राज्य अमेरिकाको राजदूत सम्हालेका थिए । उनले नेपालको गिरिबी र तल्लो तहबाट भएका आन्दोलनहरूमा केन्द्रित रहेर पीएचडी गरेका छन् ।
संसदीय राजनीतिमा प्रत्यक्ष अनुभव नभए पनि डा. कार्की विकास र नागरिक समाजको क्षेत्रमा प्रभावशाली भूमिकामा रहँदै आएका छन् ।
उनले लामो समयदेखि ग्रामीण पुनर्निर्माण नेपाल (आरआरएन) नाम संस्था चलाइरहेका छन् । उनी त्यो संस्थाको कार्यकारी अध्यक्ष हुन् ।
एलडिसी वाचका ग्लोबल संयोजक रहेका कार्की विदुशी योगमाया हिमालयन युनिभर्सिटीका निवर्तमान अध्यक्ष पनि हुन् । उनले सन् २०१५ देखि २०२१ सम्म नेपालका लागि संयुक्त राज्य अमेरिकाको राजदूत सम्हालेका थिए ।
उनको राजनीतिक स्वभाव बौद्धिक, विकासमुखी र अन्तर्राष्ट्रिय दृष्टिकोणले निर्देशित देखिन्छ । कम्युनिष्ट आन्दोलनप्रतिको लामो प्रतिबद्धतासँगै उनले प्रजातन्त्र स्थापना, मानव अधिकारको प्रवर्द्धन र दिगो विकासलाई आफ्नो प्राथमिकता बनाउँदै आएका छन् ।
एलडिसी वाच मार्फत ४८ कम विकसित देशहरूमा नागरिक समाजको नीति वकालत र अन्तर्राष्ट्रिय अभियान समन्वय गरेको अनुभवले उनको प्रतिबद्धता देखाउँछ ।
कूटनीतिक कुशलता, द्वन्द्व मध्यस्थता, शान्ति निर्माण र विकास सहकार्यमा २० वर्षभन्दा बढीको अनुभव उनका प्रमुख सबल पक्ष मानिन्छन् ।
यद्यपि, उनका केही आलोचनात्मक पक्ष पनि छन् । उनी लामो समय बाहिर रहेका कारण जिल्लामा निरन्तरको बसाई छैन । त्यसैले उनीमाथि जिल्लाकै व्यक्ति भएपनि बाहिरिया हुन् कि जस्तो आलोचना पनि केहि गर्छन् । तर उनी त्यो कुरा स्वीकार्दैनन् । जिल्लासँग जोडिएर सबै पालिकाहरूमा आफूले काम गरेको उनले फेहरिस्त सुनाउने गरेका छन् ।
उनीसँग अप्रत्यक्ष राजनीतिक कौसल छ । तर प्रत्यक्ष चुनावी तथा स्थानीय राजनीतिक अभ्यास चाहिँ उनले पहिलोपटक गर्न लागेका हुन् । लामो समय कम्युनिष्ट आन्दोलनसँग आबद्ध छन् । तर उनको चुनाव लडेको इतिहास चाहिँ छैन ।
उनीसँग प्रतिस्पर्धा गर्न अहिले कांग्रेसका दिपनकुमार श्रेष्ठ, रास्वपाका मिङ्मा शेर्पा लगायतका व्यक्ति चुनावी मैदानमा छन् । संखुवासभामा विगतमा कांग्रेस र एमालेले पालैपालो जित्दै आएको जिल्ला हो । यो जिल्लामा २०७९ को चुनावमा कांग्रेसका दिपक खड्का र २०७४ को चुनावमा एमालेका राजेन्द्र गौतमले जितेका थिए ।
डा. अर्जुन कार्कीको यात्रा विकासकर्मीबाट कूटनीतिज्ञ हुँदै राजनीतिज्ञको रुपमा स्थापित हुनेतर्फ लम्किएको छ । उनको अन्तर्राष्ट्रिय अनुभव, नीति ज्ञान र कूटनीतिक पहुँचले संखुवासभालाई वैश्विक अवसरहरूसँग जोड्दै स्थानीय विकासमा योगदान दिन सक्छ ।
अनुकूलता
• कूटनीति, विकास र नागरिक समाजमा २० वर्षभन्दा बढीको अनुभव तथा अमेरिका राजदूत भइसकेको अन्तर्राष्ट्रिय प्रतिष्ठा ।
• बहुआयामिक शैक्षिक पृष्ठभूमि (पीएचडीसहित) र विकासमुखी, बौद्धिक तथा अन्तर्राष्ट्रिय दृष्टिकोण भएको नेतृत्व क्षमता ।
• एलडिसी वाच, आरआरएनजस्ता संस्थामार्फत नीति वकालत, शान्ति निर्माण र विकास सहकार्यमा सक्रिय तथा प्रभावशाली भूमिका।
प्रतिकूलता
• संसदीय तथा प्रत्यक्ष चुनावी राजनीतिमा अनुभव नहुनु, पहिलोपटक चुनाव लड्न लागेका उम्मेदवार।
• लामो समय जिल्ला बाहिर रहेकाले स्थानीयस्तरमा निरन्तर उपस्थित नभएको आलोचना।
• संखुवासभामा कांग्रेस–एमालेबीच कडा प्रतिस्पर्धा रहँदै आएको पृष्ठभूमिमा मतदाताको मत बदलिने शैली
अर्जुनकुमार कार्की को उम्मेदवारि कस्तो लागयो ?

