Home Candidate सोविता गौतम

नयाँ मतदाता रिझाउने अवसर

http://राष्ट्रिय%20स्वतन्त्र%20पार्टी
सोविता गौतम
चितवन - ३ उम्मेदवार

सोविता गौतम

महिला , ३० वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
५९२७७ मत
विजयी
Profile Election History
Profile Election History

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य सोविता गौतमलाई चितवन–३ मा उम्मेदवार बनाएको छ । यसअघि काठमाडौं–२ बाट जितेकी गौतम आएपछि रास्वपाका कार्यकर्ता उत्साहित देखिन्छन् ।

२०५२ सालमा दोलखाको तामाकोशी गाउँपालिका जामुनेमा जन्मिएकी गौतमले कानुनमा स्नातक गरेकी छन् । अधिवक्ता गौतमसँग टेलिभिजन कार्यक्रम निर्माता, प्रस्तोता भएर काम गरेको अनुभव छ ।

२०७९ सालको निर्वाचनमा रास्वपाले चितवन–३ बाहेक सबै क्षेत्र जितेको थियो । त्यतिबेला जीता बराललाई चुनावमा उठाएको थियो । उनले १४ हजार ८४३ मत प्राप्त गरिन् ।

जबकी रास्वपाले समानुपातिकमा ल्याएको मत बरालको भन्दा झन्डै दोब्बर थियो । त्यतिबेला रास्वपाले २८ हजार ४०१ मत प्राप्त गरेको थियो ।

गौतमका लागि नेपाली कम्युनिस्ट पार्टीकी रेनु दाहाल चुनौती बन्ने देखिन्छ । दुई कार्यकाल भरतपुरको नगर प्रमुख बनेर काम गरेकी दाहालले आफूले गरेका कामको लामो सूचीसहित जनताको बीचमा पुगेकी छन् ।

२०७९ मा चितवन–३ मा कांग्रेस र एमालेका उम्मेदवार थिएनन् । एमाले समर्थित राप्रपाका विक्रम पाण्डे ३५ हजार ६० मत ल्याएर विर्नाचित हुँदा कांग्रेसको साथ पाएको माओवादीका भोजराज अधिकारीले २५ हजार ८२४ मत ल्याएका थिए ।

यसपटक एमालेबाट शंकर थपलिया र कांग्रेसबाट पुराना नेता टेकप्रसाद गुरूङ उम्मेदवार छन् । कांग्रेस–एमाले आफ्ना मत जोगाउन लाग्दा लोकप्रिय र माहोल भोटले उनको जित/हार निर्धारण गर्ने देखिन्छ ।

Battleground Analysis

अनुकूलता

  • राष्ट्रिय स्तरमा चिनिएको अनुहार
  • गठबन्धन नभएको प्रतिस्पर्धा
  • समानुपातीकमा सर्वाधिक लोकप्रिय मत

प्रतिकूलता

  • प्रतिस्पर्धीकाे बलियो स्थानीय प्रभाव
  • ठूला दलका ‘कोर’ मत सुरक्षित रहँदा रास्वपाले अतिरिक्त मत तान्नुपर्ने दबाब
  • निर्वाचन क्षेत्र परिवर्तनको असर
शिक्षा
स्नातक
संसदीय अनुभव
प्रतिनिधिसभा सदस्य (२०७९)
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ काठमाडौं - २ मणिराम फुयाल (एमाले) ११५६६ १५२३८ ३६७२ विजयी

सोविता गौतमको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

सोविता गौतम
५९२७७
रेनु दाहाल नेपाली कम्युनिस्ट पार्टी
२०६१५
टेकप्रसाद गुरुङ नेपाली कांग्रेस
८३४४
VS