सूर्यबहादुर थापा क्षेत्री नेकपा एमाले, प्युठान - १ पुरुष , ४८ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

प्यूठानको झिमरूक गाउँपालिका–१ को सौतामारेमा जन्मिएका सूर्य थापा पत्रकारिताबाट सक्रिय राजनीतिमा प्रवेश गरेका हुन् ।

त्यसो त उनी अर्घाखाँचीको सिद्धार्थ मावि र भगवती माविमा पढ्दा नै अनेरास्ववियुमा सक्रिय भइसकेका थिए । काठमाडौं आएपछि उनी कैलाशकुट क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन सभापति चुनिए ।

पाटन संयुक्त क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर थापा २०५१ सालपछि पत्रकारितामा सक्रिय भए । त्यसक्रममा उनी नेकपा (एमाले) निकट विभिन्न पत्रिकाहरूको सम्पादकीय नेतृत्वमा रहेर काम गरे । उनले पार्टी सरकारमा रहँदा रेडियो नेपालको ‘घटना र विचार’ अनि ‘परिवेश’ कार्यक्रममा पनि काम गरे ।

२०६४ सालमा पार्टीले प्रचार विभाग सचिव नियुक्त गरेपछि उनले पत्रकारिता छाडे । त्यसक्रममा पनि उनले एमालेको मुखपत्र ‘नवयुग’ मासिकको सम्पादन गरे, २०६४ देखि २०७१ सम्म ।

राजतन्त्रविरुद्ध पुस्तक लेखेका थापा भरतमोहन अधिकारी उपप्रधान तथा अर्थमन्त्री हुँदा मिडिया कन्सल्टेन्टमा नियुक्त भए । त्यस्तै, झलनाथ खनाल र केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकारको जिम्मेवारी पाए । 

हाल एमालेको पोलिटब्यूरो सदस्य र प्यूठान इन्चार्ज रहेका थापा सत्ता गठबन्धन विरुद्ध एक्लै प्रतिस्पर्धा गर्दै जिल्लामा राष्ट्रिय जनमोर्चाको विरासत तोड्न कस्सिएका छन् ।

थापाको यो पहिलो संसदीय स्पर्धा हो । उनका प्रतिस्पर्धी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष समेत रहेकी दुर्गा पौडेल भने समानुपातिक र निर्वाचित गरी दुई पटक सांसद भएको अनुभवका साथ चुनावी मैदानमा उत्रिएकी छन् । 

अघिल्लो चुनावमा वाम गठबन्धनको तर्फबाट थापाको समेत सक्रिय सहयोगमा विजयी बनेकी पौडेललाई यसपटक नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सहित गठबन्धनको साथ छ । अघिल्लो चुनावमा पौडेलबाट पराजित कांग्रेस केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल यो पटक उनैलाई सघाउनुपर्ने अवस्थामा छन् ।    

थापाले आफूलाई भावी मन्त्रीका रूपमा प्रस्तुत गर्दै जिल्लामा विकासका लागि सिंहदरबारबाट बजेट ल्याउने आश्वासन मतदातालाई दिइरहेका छन् । जिल्लामा बलियो पार्टी संगठन भएको र पार्टीभित्र आन्तरिक विवाद नभएकाले उनी विजयी हुने एमालेको आकलन छ ।

त्यसका लागि स्थानीय तहमा पाएको मत जोगाउँदै सत्ता गठबन्धन र जनमोर्चाकै पनि असन्तुष्ट मत तान्ने, नयाँ मतदाता रिझाउने रणनीति अख्तियार गरेको छ ।

आफूले सिट पाएको प्यूठानमा पौडेललाई दोहो¥याउने कि अर्का आकांक्षी बोमबहादुर खत्री उठाउने भनेर जनमोर्चाले चुनाव नै गरेको थियो । जसमा एक मतले जितेर पौडेल उम्मेदवार बनिन् ।

नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहकी श्रीमती भएकै कारण पौडेलले पटक–पटक अवसर पाएको भन्दै जनमोर्चाभित्रै असन्तुष्टि छ, जुन एमालेका सूर्य थापाको अनुकूलता हो ।

स्थानीय तहको अंकगणित

गएको स्थानीय तह निर्वाचनको नतिजा हेर्दा प्यूठानमा एमालेभन्दा सत्ता गठबन्धन बलियो देखिन्छ । एमालेले कुल ३९ हजार ८७७ मत प्राप्त गर्दा नेपाली कांग्रेस २१ हजार ५६४ मतसहित दोस्रो स्थानमा छ । 

माओवादी केन्द्रले १७ हजार १६३ मत र राष्ट्रिय जनमोर्चाले १३ हजार ६१२ मत प्राप्त गरेको छ । नेकपा (एकीकृत समाजवादी)ले १ हजार ३२२ मत पाउँदा स्वतन्त्र उम्मेदवारले २ हजार ८५० मत  पाएको छ ।

एक्लाएक्लै चुनाव लड्दा एमाले बलियो भए पनि गठबन्धनसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकोले सूर्यलाई सहज देखिँदैन । जितका लागि उनले विपक्षी गठबन्धनभित्रको विवादमा भर पर्नुपर्नेछ ।

Full Read

प्युठान - १ का उम्मेदवारहरु

२०७९ २०७४
सूर्यबहादुर थापा क्षेत्री
प्यूठान, प्युठान - १
बर्ष: ४८, पुरुष
गठबन्धन: एमाले गठबन्धन
विजयी ४१११८
कृष्ण प्रसाद पोख्रेल
प्यूठान, प्युठान - १
बर्ष: ६४, पुरुष
गठबन्धन:
३३१८
होमबहादुर बुढाथोकी मगर
प्यूठान, प्युठान - १
बर्ष: ४९, पुरुष
गठबन्धन:
१४७२
दुर्गा पौडेल
प्यूठान, प्युठान - १
बर्ष: ५१, महिला
गठबन्धन: कांग्रेस गठबन्धन
३५८१४
माधव सिं के.सी.
प्यूठान, प्युठान - १
बर्ष: ५२, पुरुष
गठबन्धन:
११२१
मन बहादुर पुन
प्यूठान, प्युठान - १
बर्ष: ४६, पुरुष
गठबन्धन:
२६३
दान प्रसाद सुबेदी
प्यूठान, प्युठान - १
बर्ष: ३४, पुरुष
गठबन्धन:
१७७
डा .गोविन्द राज पोखरेल
प्यूठान , प्युठान - १
बर्ष: ५० , पुरुष
गठबन्धन:
घमान सिंह गुरुङ्ग
प्यूठान , प्युठान - १
बर्ष: ३५ , पुरुष
गठबन्धन:

चुनावी समाचार

  • https://sepuh.diaryuindra.ac.id/
  • >