गिरिराजमणि पोखरेल - महोत्तरी क्षेत्र नं. १

प्रदेश नं २   दल: माओवादी केन्द्र   प्राप्त मत: कैफियत:  

खोटाङको खार्पामा जन्मिएका गिरिराजमणि पोखरल माओवादी केन्द्रका स्थायी समिति सदस्य हुन् । उनका बुबाको नाम चन्द्रमणि पोखरेल र आमाको ना म कनककुमारी पोखरेल हो । २०१५ साल फागुन २४ मा जन्मिएका पोखरेलले कानुनमा स्नातक र व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्् ।

२०३६ सालदेखि राजनीतिमा सक्रिय पोखरेल जनमोर्चा हुँदै माओवादीमा आएका हुन् । जनमोर्चामा रहँदा प्रत्यक्ष चुनाव नलडेका उनी माओवादीमा आएपछि महोत्तरीलाई चुनाव क्षेत्र बनाए र दुबै संविधानसभामा चुनाव जितेका थिए ।

उनी दुई पटक स्वास्थ्यमन्त्री र एक पटक शिक्षा मन्त्री बने । पार्टीमा उनलाई कुशल संगठक र बौद्धिक नेता मानिन्छन् । उनी अझै अविवाहित छन् । पहिलो संविधानसभामा चुनाव जितेपछि स्वास्थ्यमन्त्री भएका उनले चर्चामा आए । त्यसबेला उनले गाउँगाउँमा स्वास्थ्य चौकी स्थापनामा भूमिका खेलेका थिए ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

सुरेन्द्रराज अाचार्य

नेपाली कांग्रेस

गोपाल बम

नेकपा एमाले

मिनेन्द्र रिजाल

नेपाली कांग्रेस

भगवती चाैधरी

नेकपा एमाले