सिताराम महतो नेपाली कांग्रेस, सुनसरी - २ पुरुष , ६७ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

२०४९ सालको स्थानीय निर्वाचन हुँदै संसदीय राजनीतिमा आएका सीताराम मेहताले ‘जनताका नेता’ को छवि बनाएका थिए । पहिले उनलाई मतदाताले नै खर्च जुटाएर चुनावमा उठाउँथे अनि जिताउँथे पनि । नारा नै बनेको थियो– ‘जनताका नेता, सीताराम मेहता ।’

उनले २०७४ सम्मको निर्वाचन अभियान यसरी नै चलाए । उनी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सुनसरी–४ र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–२ बाट विजयी भए । २०७३ सालमा यातायात राज्यमन्त्री पनि भए ।

आफूले जिताएको नेतासँग मतदाताका केही अपेक्षा हुने नै भए । सबै मतदाता आफ्नो अपेक्षाले महत्व पाएको हेर्न चाहन्छन् । यसमा भने ‘आफ्नो पृष्ठभूमि बिर्सिएको’ आरोप मेहतालाई छ ।

मेहताले लगाएको कृषि क्रान्तिको नारा व्यवहारमा लागू भएन । अघिल्ला निर्वाचनमा चुनावी नारा बनेको कौवाखोंच–रामधुनी सडकको स्तरोन्नति हुनसकेन ।

यसपटक पनि मेहता सुनसरी–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । नेपाली कांग्रेसका उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

यसपटक निर्वाचित भए पहिला थालेर अधुरो रहेका कामहरु पूरा गर्ने मेहताले बताएका छन् । अब इनरुवा–कौवाखोंच, इनरुवा–सत्तेरझोडा–विराटनगर र देवानगन्ज–विराटनगर सडक बनाउने उनको दाबी छ । 

२०१० सालमा सुनसरीको इनरुवामा जन्मिएका मेहता १८ वर्षको हुँदा राजनीतिमा प्रवेश गरे । उनी २०२८ सालदेखि नेपाल विद्यार्थी संघमा सक्रिय भए । उनी २०३१ मा नेविसंघको सुनसरी जिल्ला सभापति र २०३५ सालमा नेपाली कांग्रेस सुनसरी जिल्ला सदस्य भए ।

२०५६ सालमा पार्टी विभाजन हुँदा शेरबहादुर देउवा नेतृत्वको कांग्रेस (प्रजातान्त्रिक)मा लागेका मेहता सुनसरी सभापति र पार्टी एकतापछि जिल्ला सह–सभापति भए ।

इनरुवा नगरपालिकाका स्थायी बासिन्दा मेहताले चुनावी अनुभव भने २०४९ सालको स्थानीय निकाय निर्वाचनबाट गर्न पाए । त्यो बेला इनरुवा नगरपालिकाको उपमेयर निर्वाचित उनी २०५४ सालमा पराजित भए । 

मेहताले २०७४ को चुनावमा वाम गठबन्धनका उम्मेदवार डम्मरु सुवेदी (हिमाल) लाई ६ हजार १४६ मतले पराजित गरेका थिए । त्यो बेला मेहताले ४१ हजार ४९५ र सुवेदीले ३५ हजार ३४९ भोट पाएका थिए ।

अहिलेको चुनावी अंकगणित

गत स्थानीय चुनावमा सुनसरी–२ मा वडाअध्यक्षहरूले पाएको दलगत मतमा नेकपा (एमाले) अगाडि छ । एमालेले ५० हजार ५२९ र नेपाली कांग्रेसले ४९ हजार ४७८ मत पाएका छन् ।

त्यस्तै, विभाजित भइसकेको जनता समाजवादी पार्टी (जसपा)ले ८ हजार २१२, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ५ हजार ७०५, नेकपा (माओवादी केन्द्र)ले ४ हजार ४०१ र नेकपा (एकीकृत समाजवादी)ले २ हजार ५६३ मत पाएका छन् । वडाअध्यक्षका स्वतन्त्र उम्मेदवारहरुले पाएको मत ४ हजार ५३९ छ ।

२०७४ मा एमाले–माओवादी केन्द्रका साझा उम्मेदवार डम्मरु सुवेदीलाई ठूलै मत अन्तरले हराएका सीताराम मेहता यसपटक सत्ता गठबन्धनका उम्मेदवार छन् । उनी विरुद्ध संघीय मन्त्री र मुख्यमन्त्री भइसकेका एमालेका अनुभवी नेता भीम आचार्य चुनावी मैदानमा छन् ।

स्थानीय चुनावको अंकगणित हेर्दा मेहताका लागि गठबन्धनको आशालाग्दो देखिए पनि जसपाले पाएको मत तान्न आचार्यले तालमेल गरेका छन् ।

दुवै उम्मेदवार एकअर्काको भोट काट्ने र नयाँ तान्ने रणनीति कार्यान्वयनमा छन् । यीमध्ये को सिकन्दर बन्न सक्लान्, अहिल्यै अनुमान लगाउन कठिन छ ।

Full Read

सुनसरी - २ का उम्मेदवारहरु

२०७९ २०७४
सिताराम महतो
सुनसरी, सुनसरी - २
बर्ष: ६७, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
२६०६८
भीमप्रसाद आचार्य
सुनसरी, सुनसरी - २
बर्ष: ६३, पुरुष
गठबन्धन: एमाले गठबन्धन
विजयी ३२०२४
लाल बिक्रम थापा
सुनसरी, सुनसरी - २
बर्ष: ३६, पुरुष
गठबन्धन:
१९३९१
दिने‍श कुमार बस्‍नेत
सुनसरी, सुनसरी - २
बर्ष: ५०, पुरुष
गठबन्धन:
४२६९
रामानन्द मेहता
सुनसरी, सुनसरी - २
बर्ष: ४०, पुरुष
गठबन्धन:
११९२
मुमताज मियाँ
सुनसरी, सुनसरी - २
बर्ष: ३९, पुरुष
गठबन्धन:
३०८
दिपक राज चौधरी
सुनसरी, सुनसरी - २
बर्ष: ५१, पुरुष
गठबन्धन:
११६२
राजेश चौधरी
सुनसरी, सुनसरी - २
बर्ष: ४५, पुरुष
गठबन्धन:
६९१
विजय् कुमार बस्नेत
सुनसरी, सुनसरी - २
बर्ष: ३०, पुरुष
गठबन्धन:
५६
नैन कुमार विश्वकर्मा
सुनसरी, सुनसरी - २
बर्ष: ६४, पुरुष
गठबन्धन:
४६०
रोहित कुमार दुलाल
सुनसरी, सुनसरी - २
बर्ष: ५२, पुरुष
गठबन्धन:
१४१
रामेश्‍वर साहु हल्वाई
सुनसरी, सुनसरी - २
बर्ष: ५५, पुरुष
गठबन्धन:
९७
पूर्ण बहादुर गुरुङ्ग
सुनसरी, सुनसरी - २
बर्ष: ७१, पुरुष
गठबन्धन:
३८४
गजेन्द्र वहादुर ढकाल
सुनसरी, सुनसरी - २
बर्ष: ५३, पुरुष
गठबन्धन:
१०८
ललन कुमार मेहता
सुनसरी, सुनसरी - २
बर्ष: ३७, पुरुष
गठबन्धन:
२८
शर्मानन्‍द खतिवडा
सुनसरी, सुनसरी - २
बर्ष: ६०, पुरुष
गठबन्धन:
६९
विदुर प्रसाद पौडेल
सुनसरी, सुनसरी - २
बर्ष: ५६, पुरुष
गठबन्धन:
७३
चेतनाथ पौडेल
सुनसरी, सुनसरी - २
बर्ष: ४०, पुरुष
गठबन्धन:
१३
वविता नुन्दी
सुनसरी, सुनसरी - २
बर्ष: ३५, महिला
गठबन्धन:
११
मनोज कुमार मेहता
सुनसरी, सुनसरी - २
बर्ष: २९, पुरुष
गठबन्धन:
३६
सुरेशकुमार मेहता
सुनसरी, सुनसरी - २
बर्ष: २७, पुरुष
गठबन्धन:
१७७
श्रवण कुमार मेहता
सुनसरी, सुनसरी - २
बर्ष: २८, पुरुष
गठबन्धन:
१५
फरेन्द्र शाह
सुनसरी, सुनसरी - २
बर्ष: ३६, पुरुष
गठबन्धन:
२५१
बाबुराम सुबेदी
सुनसरी, सुनसरी - २
बर्ष: ४१, पुरुष
गठबन्धन:
२३
प्रेम प्रसाद भट्टराई
सुनसरी, सुनसरी - २
बर्ष: ६९, पुरुष
गठबन्धन:
३७५
नुनु राम चौधरी
सुनसरी, सुनसरी - २
बर्ष: ४७, पुरुष
गठबन्धन:
१०२३
शोभावती कुमारी चौधरी
सुनसरी, सुनसरी - २
बर्ष: ४६, महिला
गठबन्धन:
१०७
सिताराम महतो
सुनसरी , सुनसरी - २
बर्ष: ६२ , पुरुष
गठबन्धन:
नेपाली कांग्रेस
विजयी ४१४९५ मत
डम्मरु सुवेदी
सुनसरी , सुनसरी - २
बर्ष: ४२ , पुरुष
गठबन्धन:
तेज नारायण चौधरी
सुनसरी , सुनसरी - २
बर्ष: ५० , पुरुष
गठबन्धन:
नुनु राम चौधरी
सुनसरी , सुनसरी - २
बर्ष: ४२ , पुरुष
गठबन्धन:
स्वतन्त्र
७५९ मत
उमेश कुमार थापा
सुनसरी , सुनसरी - २
बर्ष: ३९ , पुरुष
गठबन्धन:
इन्द्र वहादुर कन्दङवा
सुनसरी , सुनसरी - २
बर्ष: ५० , पुरुष
गठबन्धन:
विरेन्द्र कुमार मेहता
सुनसरी , सुनसरी - २
बर्ष: ३६ , पुरुष
गठबन्धन:
स्वतन्त्र
१०५ मत
नवराज सिह
सुनसरी , सुनसरी - २
बर्ष: ३० , पुरुष
गठबन्धन:
कुन्दन कुमार मेहता
सुनसरी , सुनसरी - २
बर्ष: २६ , पुरुष
गठबन्धन:
प्रभु महतो
सुनसरी , सुनसरी - २
बर्ष: ४७ , पुरुष
गठबन्धन:

चुनावी समाचार

  • https://sepuh.diaryuindra.ac.id/
  • >