दुर्गा पौडेल राष्ट्रिय जनमोर्चा, प्युठान - १ महिला , ५१ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

५ असोज २०२८ मा कपिलवस्तुमा जन्मिएकी दुर्गा पौडेलको स्थायी ठेगाना झिमरुक गाउँपालिका–५ ओखरकोट, प्यूठान हो । 

नेकपा (मसाल)का महासचिव मोहनविक्रम सिंहसँग २०५७ मा वैवाहिक सम्बन्धमा बाँधिएकी उनले स्नातकोत्तरसम्मको अध्ययन गरेकी छन् । २०४० सालमा अनेरास्ववियु छैटौंबाट राजनीति थालेकी उनले अखिल नेपाल महिला संघको कोषाध्यक्ष, उपाध्यक्ष र अध्यक्षसम्मको जिम्मेवारी सम्हालिसकेकी छन् ।

हाल राष्ट्रिय जनमोर्चाको उपाध्यक्ष रहेकी पौडेल २०७० को दोस्रो संविधानसभामा समानुपातिक सभासद र २०७४ मा वाम गठबन्धनको समर्थनमा प्यूठानबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । 

राजनीतिक आन्दोलनको क्रममा ६ महिना जेल जीवन पनि बिताएकी उनी २०५६ को आम निर्वाचनमा कपिलवस्तु र २०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं–१ बाट उम्मेदवार थिइन् । 

वाम गठबन्धनको बलमा पहिलोपटक प्रत्यक्ष निर्वाचित पौडेललाई यसपटक सत्ता गठबन्धनको समर्थन छ । गत चुनावमा उनका लागि मत मागेका नेकपा (एमाले)का नेता सूर्य थापा यो पटक प्रतिद्वन्द्वी छन् । गत चुनावमा पौडेलले पराजित गरेका नेपाली कांग्रेसका डा. गोविन्दराज पोखरेल चाहिं यसपटक उनलाई सघाउने भूमिकामा छन् ।

मुख्यतः कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)को साथ पाएकाले पौडेलको लागि सहजता थपिएको छ । एमालेको बलियो संगठन र एकताबद्ध चुनावी अभियान भने उनको लागि प्रतिकूलता हो ।

प्रतिस्पर्धी एमालेले स्थानीय तहमा पाएको मत जोगाउने, सत्ता गठबन्धनको असन्तुष्ट मत तान्ने र नयाँ मतदाता रिझाउने रणनीति लिएको बेला पौडेललाई गठबन्धनको मत जोगाउने चुनौती छ । पार्टीले उम्मेदवार नपाएपछि जिल्लामा कांग्रेस पंक्तिभित्र असन्तुष्टि छ ।

त्यसो त, आफ्नै पार्टीभित्र पनि उनी निर्विवाद उम्मेदवार होइनन् । यसपटक प्यूठानबाट जनमोर्चाका अर्का नेता बोमबहादुर खत्री पनि टिकटको दाबेदार थिए । उम्मेदवार टुंगो लगाउन पार्टीले गरेको भोटिङमा पौडेलले खत्रीले भन्दा एक भोट मात्र बढी ल्याएकी थिइन् ।

अघिल्लो कार्यकालमा थालेका कामलाई पूर्णता दिन पुनः सांसद बन्न चाहेको पौडेल बताउँछिन् । उनको उम्मेदवारीबाट नेकपा (मसाल)को चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा उत्साहित छ । अघिल्लो कार्यकालमा दुर्गा पौडेलले संसदमा खेलेको भूमिका चुनाव जित्ने मूल आधार भएको मोर्चाको भनाइ छ ।

सत्तारुढ गठबन्धनमै रहेर पनि अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरोध गरेको भन्दै जनमोर्चाले पौडेललाई ‘राष्ट्रवादी’ नेताको रूपमा प्रस्तुत गरेको छ । नेकपा (मसाल)का जिल्ला प्रवक्ता ज्ञामुराम न्यौपाने भन्छन्, ‘सत्तारुढ गठबन्धनको समर्थन, सफा छवि र राष्ट्रिय पहिचान भएको हुँदा पौडेल विजयी हुन्छिन् ।’

गत स्थानीय तह निर्वाचनको नतिजामा एमालेको भन्दा सत्ता गठबन्धन ११ हजार मतले अगाडि छ । प्यूठानमा एमालेले कुल ३९ हजार ८७७ मत प्राप्त गरेको छ । जिल्लाका २० वटा वडा जितेको नेपाली कांग्रेसले २१ हजार ५६४ मत मात्रै पाएको छ ।

१० वटा वडा जितेको माओवादी केन्द्रले १७ हजार १६३ मत र १० वटै वडा जितेको राष्ट्रिय जनमोर्चाले १३ हजार ६१२ मत प्राप्त गरेको छ । त्यसैगरी स्वतन्त्र उम्मेदवारले २ हजार ८५० मत,  कुनै पनि वडा जित्न नसकेको नेकपा एकीकृत समाजवादीले १ हजार ४१७ मत पाएको थियो ।

Full Read

प्युठान - १ का उम्मेदवारहरु

२०७९ २०७४
सूर्यबहादुर थापा क्षेत्री
प्यूठान, प्युठान - १
बर्ष: ४८, पुरुष
गठबन्धन: एमाले गठबन्धन
विजयी ४१११८
कृष्ण प्रसाद पोख्रेल
प्यूठान, प्युठान - १
बर्ष: ६४, पुरुष
गठबन्धन:
३३१८
होमबहादुर बुढाथोकी मगर
प्यूठान, प्युठान - १
बर्ष: ४९, पुरुष
गठबन्धन:
१४७२
दुर्गा पौडेल
प्यूठान, प्युठान - १
बर्ष: ५१, महिला
गठबन्धन: कांग्रेस गठबन्धन
३५८१४
माधव सिं के.सी.
प्यूठान, प्युठान - १
बर्ष: ५२, पुरुष
गठबन्धन:
११२१
मन बहादुर पुन
प्यूठान, प्युठान - १
बर्ष: ४६, पुरुष
गठबन्धन:
२६३
दान प्रसाद सुबेदी
प्यूठान, प्युठान - १
बर्ष: ३४, पुरुष
गठबन्धन:
१७७
डा .गोविन्द राज पोखरेल
प्यूठान , प्युठान - १
बर्ष: ५० , पुरुष
गठबन्धन:
घमान सिंह गुरुङ्ग
प्यूठान , प्युठान - १
बर्ष: ३५ , पुरुष
गठबन्धन:

चुनावी समाचार

  • https://sepuh.diaryuindra.ac.id/
  • >