प्रभु साह स्वतन्त्र, रौतहट - ३ पुरुष , ५१ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

प्रभु साह राजनीतिक जीवनमा अप्रत्याशित निर्णय गरेर चर्चामा रहँदै आएका छन् । नेकपा (माओवादी)मा रहँदा डा. बाबुराम भट्टराई समूहका चल्दापुर्जा उनी पार्टी विभाजनको बेला संस्थापनमै रहे । नेकपा विभाजनको बेला फेरि प्रचण्डलाई छाडेर एमालेतिरै रहे ।

साहले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टी (जसपा)सँग तालमेल गर्नै नहुने सुझाव दिएका थिए । मधेशमा एमालेलाई बलियो बनाएर त्यसको नेतृत्व आफूले गर्ने उनको उद्देश्य थियो ।

मधेशमा मिहिनेत गरेर एमाले प्रवेशको लहरै चलाएका उनी आफ्नो सुझाव नलागेपछि ओलीसँग झस्किए । एमालेभित्र माओवादीको हैसियत नहुने महसुस गरेपछि उनले निर्वाचनको मुखैमा ओलीलाई चकमा दिंदै रौतहट–३ मा स्वतन्त्र उम्मेदवारी दिए ।

रौतहटको मौलापुरमा जन्मिएका ५१ वर्षीय साहमा पछिल्लो मधेशका खास नेता बन्ने हुटहुटी छ, तर उनलाई जता डुले पनि सहज भएन । स्नातक तहसम्म अध्ययन गरेका उनी २०४६ पछि राजनीतिमा आकर्षित भएका हुन् ।

तत्कालीन नेकपा (माओवादी)मा लागेका साह २०५५ सालमा भूमिगत भए । माओवादीभित्र उनी चाँडै नै केन्द्रीय कमिटी सदस्य भए । २०६३ को अन्तरिम संसदमा सदस्य रहे । देश संघीय प्रणालीमा गएपछि माओवादी केन्द्रले आफ्नो प्रदेश–२ अध्यक्ष उनै साहलाई बनायो ।

उनी २०६४ र २०७० को दुवै संविधानसभामा रौतहट–३ बाट निर्वाचित भए । संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछिको पहिलो प्रतिनिधिसभा निर्वाचनमा पनि रौतहट–३ बाटै जितेर चुनावी खेलमा ‘ह्याट्रिक’ गरे ।

२०६८ र २०६९ मा क्रमशः कानुनमन्त्री र भूमिसुधार मन्त्री बनेका साहले २०७३ मा शहरी विकास मन्त्रालयको नेतृत्व पाए ।

चुनावी अंकगणित

गत स्थानीय निर्वाचनमा वडाअध्यक्षका उम्मेदवारहरूले प्राप्त गरेको दलगत रूपमा मतपरिणाम अनुसार रौतहट–३ मा एमाले सबभन्दा ठूलो दल हो । एमालेले २१ हजार ७२९, नेपाली कांग्रेसले १९ हजार २४१, नेकपा (एकीकृत समाजवादी)ले ११ हजार ७३६ र माओवादी केन्द्रले ११ हजार २७९ मत पाएको छ ।

त्यस्तै, जसपाले ९ हजार ४८३, जनमत पार्टीले १ हजार २९० र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले १ हजार ९७ मत पाएको छ । रौतहट–३ मा स्वतन्त्र उम्मेदवारहरूले पनि २ हजार ९०० मत पाएका छन् ।

स्थानीय चुनावको जतिजा जे–जस्तो भए पनि प्रभु साहले रौतहट–३ मा पहिल्यै मैदान खाली पारेर स्वतन्त्र उम्मेदवारी दिएका हुन् । पराजयविहीन चौथो जितको प्रयासमा रहेका उनले सत्ता गठबन्धनको समर्थन लिंदै माओवादी केन्द्रका रवीन्द्र पटेलको उम्मेदवारी फिर्ता गराएका छन् । अब उनीसँग भिड्न जनमत पार्टीका रामेश्वरप्रसाद यादव मात्र चुनावी मैदानमा छन् ।

Full Read

रौतहट - ३ का उम्मेदवारहरु

२०७९ २०७४
रविन्‍द्र पटेल
रौतहट, रौतहट - ३
बर्ष: ४४, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
८५५८
नवीन प्रसाद चौरसिया
रौतहट, रौतहट - ३
बर्ष: ३२, पुरुष
गठबन्धन:
१००६
सिकिन्द्र राय यादव
रौतहट, रौतहट - ३
बर्ष: ५१, पुरुष
गठबन्धन:
४५६
रामेश्‍वर प्रसाद यादव
रौतहट, रौतहट - ३
बर्ष: ६३, पुरुष
गठबन्धन:
८१७
नागेन्द्र चौधरी
रौतहट, रौतहट - ३
बर्ष: ४५, पुरुष
गठबन्धन:
१७२३
रफिक दर्जी
रौतहट, रौतहट - ३
बर्ष: ४५, पुरुष
गठबन्धन:
८४
राजेश कुमार पासवान
रौतहट, रौतहट - ३
बर्ष: २७, पुरुष
गठबन्धन:
३८
उमेश कुमार दास तत्मा
रौतहट, रौतहट - ३
बर्ष: ३०, पुरुष
गठबन्धन:
४७
अ‍ोमप्रकाश -
रौतहट, रौतहट - ३
बर्ष: ४९, पुरुष
गठबन्धन:
२५२००
राज कुमार शर्मा
रौतहट, रौतहट - ३
बर्ष: २६, पुरुष
गठबन्धन:
८७
विरेन्द्र साह कलवार
रौतहट, रौतहट - ३
बर्ष: ४१, पुरुष
गठबन्धन:
६९
गनिलाल प्रसाद यादव
रौतहट, रौतहट - ३
बर्ष: ३२, पुरुष
गठबन्धन:
५६
महेन्द्र प्रसाद चौधरी
रौतहट, रौतहट - ३
बर्ष: ७०, पुरुष
गठबन्धन:
१४६
योगेन्द्र साह
रौतहट, रौतहट - ३
बर्ष: ५०, पुरुष
गठबन्धन:
२८
सुरेशकुमार यादव
रौतहट, रौतहट - ३
बर्ष: २५, पुरुष
गठबन्धन:
६७
नागेन्द्र प्रसाद साह
रौतहट, रौतहट - ३
बर्ष: ५०, पुरुष
गठबन्धन:
३६
प्रभु साह
रौतहट, रौतहट - ३
बर्ष: ५१, पुरुष
गठबन्धन:
विजयी ३२४३७
राजेश कुमार
रौतहट, रौतहट - ३
बर्ष: ४०, पुरुष
गठबन्धन:
२१
शेख अरसद
रौतहट, रौतहट - ३
बर्ष: २८, पुरुष
गठबन्धन:
५९
प्रभु साह
रौतहट , रौतहट - ३
बर्ष: ४६ , पुरुष
गठबन्धन:
माओवादी केन्द्र
विजयी २७७९९ मत
सुनिल कुमार यादव
रौतहट , रौतहट - ३
बर्ष: ३७ , पुरुष
गठबन्धन:
अशोक पाण्‍डे
रौतहट , रौतहट - ३
बर्ष: ३० , पुरुष
गठबन्धन:
अनरवा देवी
रौतहट , रौतहट - ३
बर्ष: ६१ , महिला
गठबन्धन:
दिपेन्‍द्र महतो कोइरी
रौतहट , रौतहट - ३
बर्ष: ३६ , पुरुष
गठबन्धन:
जसिया देवी
रौतहट , रौतहट - ३
बर्ष: ५३ , महिला
गठबन्धन:
नन्दकिशोर राय यादव
रौतहट , रौतहट - ३
बर्ष: ३४ , पुरुष
गठबन्धन:
नागेन्द्र प्रसाद साह
रौतहट , रौतहट - ३
बर्ष: ४५ , पुरुष
गठबन्धन:
ठागा दास
रौतहट , रौतहट - ३
बर्ष: ३९ , पुरुष
गठबन्धन:
अबरारुल हक
रौतहट , रौतहट - ३
बर्ष: ३५ , पुरुष
गठबन्धन:
प्रभु महतो
रौतहट , रौतहट - ३
बर्ष: ४५ , पुरुष
गठबन्धन:
मोहन साह
रौतहट , रौतहट - ३
बर्ष: ४२ , पुरुष
गठबन्धन:
नागेन्द्र राय यादव
रौतहट , रौतहट - ३
बर्ष: २८ , पुरुष
गठबन्धन:
रामजन्म राय यादव
रौतहट , रौतहट - ३
बर्ष: ३८ , पुरुष
गठबन्धन:
राम एकवाल
रौतहट , रौतहट - ३
बर्ष: ४८ , पुरुष
गठबन्धन:
शम्भु साह तेली
रौतहट , रौतहट - ३
बर्ष: ३१ , पुरुष
गठबन्धन:
राजेश कुमार साह
रौतहट , रौतहट - ३
बर्ष: ३३ , पुरुष
गठबन्धन:
रामाकुमारी देवी
रौतहट , रौतहट - ३
बर्ष: ३७ , महिला
गठबन्धन:

चुनावी समाचार