Home Candidate गुणराज मुक्तान

पुस्तान्तरण र रुपान्तरणको मुद्दा बोकेर मैदानमा

काभ्रे - १ उम्मेदवार

गुणराज मुक्तान

नेपाली कांग्रेस
पुरुष , ४० बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

बागमती प्रदेश नीति तथा योजना आयोगको सदस्य भएर काम गरेका मुक्तानले सरकार सञ्चालन, योजना निर्माणका साथै नीति निर्माणमा योगदान गरेका छन् ।

०००

कांग्रेस काभ्रेपलाञ्चोकका सचिव गुणराज मुक्तान प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर १ का उम्मेदवार हुन् । पुस्तान्तरण, वैचारिक र सांगठनिक सुधारमार्फत पार्टी र मुलुक रूपान्तरणको मुद्दा बोकेर उनी चुनावमा होमिएका छन् ।

रोशी गाउँपालिका-१२ स्थित शिखरपुरमा पिता जितबहादुर मुक्तान र आमा हिरामाया काल्तानको सन्तानको रूपमा २०४२ साल माघ ११ गते जन्मिएका मुक्तान नेपाल विद्यार्थी संघ हुँदै पार्टी राजनीतिमा सक्रिय छन् ।

२०५८ सालमा कोटेश्वर बहुमुखी क्याम्पसबाट नेविसंघको सदस्य भई राजनीतिक यात्रा आरम्भ गरेका मुक्तानले २०६१ मा नेविसंघ काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ को सभापति भएर २ कार्यकाल नेतृत्व गरेका थिए ।

साविक भीमखोरी गाउँ इकाइको सभापति भएर काम गरेका उनले १२औं र १३औं महाधिवेशनमा नेपाली कांग्रेस काभ्रे क्षेत्र नम्बर १ को सचिव भई २ कार्यकाल पूरा गरेका छन् । मुक्तान १४औं महाधिवेशनमा नेपाली कांग्रेस काभ्रेको सचिवका साथै महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए ।

कांग्रेसमा पुस्तान्तरण र रुपान्तरणको मुद्दा स्थापित गर्न सफल भएको भन्दै उनले आम युवा, महिला, आदिवासी जनजाति, किसान, मजदुरका सवाल स्थापित गर्न बदलिएको, सुधारिएको, सशक्त र सुदृढ कांग्रेसले देशको अवस्था बदल्नुका साथै सबल र सम्मुन्नत बनाउने बताए ।

बागमती प्रदेश नीति तथा योजना आयोगको सदस्य भएर काम गरेका उनले सरकार सञ्चालन, योजना निर्माणका साथै नीति निर्माणमा योगदान गरेका छन् ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको अध्यक्ष रहेका उनी उच्चस्तरीय शिक्षा आयोगको सदस्यसमेत भई सामाजिक एवं शैक्षिक क्षेत्रको नीति, निर्माण तहमा काम गरेका व्यक्ति हुन् ।

सामाजिक क्षेत्रमा क्रियाशील मुक्तानले नाङसाल एसोसियसनको अध्यक्ष भएर खानीखोला, महाभारत, रोशी, नमोबुद्ध क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, विपद्पछिको पुनर्निर्माणमा काम गरेका छन् । 

उनले शैक्षिक योजना तथा व्यस्थापनमा विषयमा स्नातकोत्तर, विकास अध्ययनमा एफफिल र विद्यालय शासन पद्दतिमा विधावारिधि गर्दै छन् ।

अनुकूलता

  • लामो र निरन्तर पार्टी संगठनको अनुभव
  • बागमती प्रदेश नीति तथा योजना आयोगको सदस्यका रूपमा काम गरेको अनुभव
  • शैक्षिक र सामाजिक क्षेत्रमा बलियो उपस्थिति

प्रतिकूलता

  • प्रत्यक्ष संसदीय अनुभवको अभाव
  • पार्टी भित्रकै राजनीतिमा बढी चिनिनु
  • सैद्धान्तिक र नीतिगत छविलाई व्यावहारिक राजनीतिमा बदल्ने चुनौती
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

गुणराज मुक्तान को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित