Home Candidate कृष्ण कुमार श्रेष्ठ

राजनीति, समाजसेवा र व्यावसायका त्रिवेणी

बारा - ४ उम्मेदवार

कृष्ण कुमार श्रेष्ठ

नेकपा एमाले
पुरुष , ५८ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

२०७८ सालमा एकीकृत समाजवादी पार्टीको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका श्रेष्ठले करिब ८ महिना २१ दिन मन्त्रालयको जिम्मेवारी सम्हाल्दा केही महत्त्वपूर्ण काम गरेर चर्चा कमाएका थिए।

०००

नेकपा (एमाले) ले बारा-४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा कृष्णकुमार श्रेष्ठ (किसान)लाई अघि सारेको छ।

उनको जन्म २०२४ पुस ८ गते तनहुँको दुलेगौंडामा भएको हो। उनले औपचारिक शिक्षाअन्तर्गत प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका छन्।

पञ्चायतकालमै विद्यार्थी राजनीतिबाट राजनीतिक जीवन सुरु गरेका श्रेष्ठ २०३६ सालमा अनेरास्ववियुको सदस्य बनेका थिए। प्रजातन्त्र प्राप्तिको आन्दोलनमा सहभागी हुँदा उनी पटक–पटक जेलसमेत परेका थिए।

२०७४ सालको निर्वाचनमा उनले तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेका थिए। उक्त निर्वाचनमा उनले तत्कालीन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई ६ हजार ३१४ मतको अन्तरले पराजित गरेका थिए। श्रेष्ठले ३४ हजार ४३८ मत प्राप्त गर्दा पौडेलले २८ हजार ६२५ मत पाएका थिए।

श्रेष्ठ तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा श्रम तथा रोजगार मन्त्री नियुक्त भएका थिए । उनी हाउजिङ, रियल स्टेट, ग्यास उद्योग, होटललगायत क्षेत्रमा लगानी गरेका व्यवसायीसमेत हुन् ।

व्यावसायिक पृष्ठभूमिसँगै श्रेष्ठ समाजसेवामा पनि सक्रिय छन् । उनले सांसदका रूपमा प्राप्त हुने तलब–भत्तामध्ये केही हिस्सा जिल्लाका विभिन्न संघ–संस्थालाई प्रदान गर्दै आएका थिए।

मन्त्री बनेको ४ दिनमै आफ्नो सम्पत्तिको विवरण सार्वजनिक गरेर उनले पारदर्शिताका विषयमा चर्चा कमाएका थिए।

लामो समयदेखि एमाले राजनीतिमा सक्रिय रहेका श्रेष्ठ २०७८ सालमा एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीमा गएका थिए। तर पछि ‘एमालेबाट अलग हुनु आफ्नो जीवनकै सबैभन्दा ठूलो भुल भएको’ स्वीकार गर्दै पार्टीले सञ्चालन गरेको घर फर्क अभियानमा सहभागी भई पुनः एमालेमै फर्किएका हुन्।

२०७९ सालको निर्वाचनमा उनी बारा-४ बाट प्रतिनिधिसभा सदस्यमा दोस्रो पटक निर्वाचित भएका थिए। उक्त निर्वाचनमा उनले २८ हजार ५ मतसहित जित हासिल गर्दै प्रतिस्पर्धी एकवाल मियाँलाई पराजित गरेका थिए।

२०७८ सालमा एकीकृत समाजवादी पार्टीको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका श्रेष्ठले करिब ८ महिना २१ दिन मन्त्रालयको जिम्मेवारी सम्हाल्दा केही महत्त्वपूर्ण काम गरेर चर्चा कमाएका थिए।

अनुकूलता

  • प्रत्यक्ष संसदीय राजनीति र मन्त्रीको अनुभव
  • लामो राजनीतिक संघर्ष र संगठनात्मक पृष्ठभूमि
  • पारदर्शिता र समाजसेवाको छवि

प्रतिकूलता

  • पार्टी परिवर्तनको पृष्ठभूमि
  • व्यावसायिक पृष्ठभूमिबाट हित–संघर्षको बहस
  • विवादसँग जोडिने सार्वजनिक छवि
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

कृष्ण कुमार श्रेष्ठ को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित