घटेको क्रेज, बढेको कनेक्सन्
Battleground Analysis
अनुकूलता
- मतदातामाझ ‘झापाको विकास भनेकै केपी ओली’ भन्ने भाष्य स्थापित
- एमालेको ग्रासरुट संगठन झापामा अन्य दलभन्दा सुदृढ
- बहुपक्षीय प्रतिस्पर्धाको लाभ
प्रतिकूलता
- 'बालेन' फ्याक्टर र जेन-जी विद्रोह
- गठबन्धनको अभाव र मतको क्षति
- एन्टी-इन्कम्बेन्सीको असर, दमनको आरोप
राजनीतिक स्वभाव र शैली
वाकपटुता र व्यङ्ग्य चेत
ओली आफ्नो तार्किक क्षमता, उखान-टुक्काको प्रयोग र विपक्षीमाथि प्रहार गर्ने विशिष्ट व्यङ्ग्य शैलीका लागि चिनिन्छन्। उनको भाषण शैलीले आम कार्यकर्तालाई आकर्षित गर्ने शक्ति राख्छ।
राष्ट्रवादी छवि
विशेष गरी २०७२ को भारतीय नाकाबन्दीको समयमा लिएको अडान र नेपालको नयाँ नक्सा (चुच्चे नक्सा) जारी गर्ने निर्णयले उनलाई एक 'अडान लिने' राष्ट्रवादी नेताको रूपमा स्थापित गरेको छ।
निर्णयात्मक र दृढता
उनी आफ्नो निर्णयमा अडिग रहने र पार्टीभित्र वा बाहिरको चुनौतीलाई कडा रूपमा सामना गर्ने स्वभावका छन् । कहिलेकाहीँ यसलाई 'स्वविवेकी शैली' को रूपमा पनि आलोचना हुने गर्छ।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०४८ | झापा-६ | केशवकुमार बुढाथोकी | १६,४६२ | २१,०४९ | ४,५८७ |
|
| २०५१ | झापा-६ | केशवकुमार बुढाथोकी | १४,४०२ | १८,८६१ | ४,४५९ |
|
| २०५६ | झापा-६ | काशीलाल ताजपुरिया | १८,३५६ | २३,७४९ | ५,३९३ |
|
| २०६४ | झापा-७ | विश्वदीप लिङ्देन | १६,१२७ | १४,९५९ | १,१६ | पराजित |
| २०७० | झापा-७ | सुरेशकुमार योङ्या | १२,३२८ | १९,२८७ | ६,९५९ |
|
| २०७४ | झापा-५ | खगेन्द्र अधिकारी | २८,२९७ | ५७,१३९ | २८,८४२ |
|
| २०७९ | झापा-५ | खगेन्द्र अधिकारी | २३,७४३ | ५२,३१९ | २८,५७६ |
|
राजनीतिक टाइमलाइन
राजनीतिमा प्रवेश
मार्क्सवादी अध्ययन दलमार्फत राजनीतिक जीवनमा प्रवेश
झापा आन्दोलनमा सहभागी
सशस्त्र झापा बिद्रोहको मुख्य सदस्यका रूपमा सहभागी
१४ वर्ष जेल जीवन
राज्यद्रोहको अभियोगमा पञ्चायतकालमा लगातार १४ वर्ष जेल जीवन, ४५ सालमा रिहा ।
एमाले केन्द्रीय सदस्य
नेकपा माले र नेकपा (मार्क्सवादी) एकतापछि नेकपा (एमाले) को केन्द्रीय सदस्य
एमाले अध्यक्ष
नेकपा (एमाले) को नवौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित
नेकपाको अध्यक्ष
एमाले र माओवादी केन्द्रको एकता भई बनेको नेकपाको संयुक्त अध्यक्ष
दोस्रोपटक अध्यक्ष
एमालेको १०औँ महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित
तेस्रोपटक अध्यक्ष
एमालेको ११औँ महाधिवेशनबाट तेस्रोपटक अध्यक्षमा निर्वाचित
गृहमन्त्री
२०५१ सालको मनमोहन अधिकारी नेतृत्वको सरकारमा
परराष्ट्रमन्त्री
२०६३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा (उपप्रधानमन्त्रीसहित) ।
केपी शर्मा ओलीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?









