कमजोर अंकगणित, हारको ह्याट्रिक तोड्ने रहर
राष्ट्रिय प्रजातन्त्र पार्टी, (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले लामो राजनीतिक जीवनमा सधैं अवसरको शिकार गरेका छन् । आफूलाई हिन्दू राजतन्त्रात्मक नेपालको पक्षमा उभ्याउँदै पटक–पटक सत्ताभोग गरेका उनी राजनीतिक जीवनको एउटा मोडमा गणतन्त्रवादी पनि बने ।
पार्टीको चुनावमा पराजित भएपछि पार्टी फुटाएर नयाँ पार्टी बनाए । अनेकौं प्रयोगहरू गर्दा पनि असफल भएपछि यसपटक उनी पुरानै पार्टीमा फर्किएका छन् त्यो पनि आफैंलाई चुनाव हराउने राजेन्द्र लिङ्देनको नेतृत्व स्वीकार गरेर । यसपटक उनी मकवानपुरबाट काठमाडौं-५ आइपुगेका छन्, २१ फागुनमा हुने निर्वाचनमा चुनावी प्रतिस्पर्धा गर्न ।
थापाका बुवा छत्रबहादुर नेपाली सेनामा कर्णेल थिए । २०१६ सालमा अवकाश भएपछि कर्णेल थापा २०२२ सालमा मकवानपुर बसाइँ सरेपछि काठमाडौंको सेन्ट जेभियर्स स्कुलमा पढ्दै गरेका कमल हेटौंडाको भुटनदेवी माविमा भर्ना भए ।
२०२५ मा पुनः काठमाडौं आएर पद्मोदय हाइस्कुलमा भर्ना भएका कमलले अन्तर माध्यमिक फुटबल प्रतियोगितामा राम्रो कौशल देखाए । त्यसबेला उनका दाजु नेत्रबहादुर थापा नेपाल आर्मीका चर्चित फुटबलर थिए, जो पछि मेजर जनरलबाट रिटायर्ड भए । कमलका भाइ गणेश थापा पनि पछि फुटबलमै उदाए ।
नेतृत्वमा राजेन्द्र लिङ्देनसँग हारेपछि अलग पार्टी खोलेका थापाले २०७९ को चुनावमा नेकपा एमालेलाई संकटको साथी बनाउन खोजे । सूर्य चिह्न लिएर मकवानपुर–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका उनी तेस्रो स्थानमा सीमित भए ।
मकवानपुर-१ बाट राप्रपाका उम्मेदवार दिपकबहादुर सिंह २७ हजार ८५१ मत ल्याएर विजयी भए । नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना)ले २५ हजार ४६१ मतसहित निकतम् प्रतिद्वन्द्वी बन्दा थापा २५ जार ४६० मत ल्याएर तेस्रो स्थानमा खुम्चिए ।
३० वर्षदेखि आफूलाई लघारेको एमालेकै काँधमा बन्दुक राखेर पड्काउने थापाको प्रयास असफल भयो । २०४८ यताका सबै चुनावमा उठेका उनको हरेक पटक घम्साघम्सी एमालेकै उम्मेदवारसँग हुने गर्यो । चुनावमा एमालेसँगको पौंठेजोरीमा नमिठो अनुभवहरू सँगालेका उनका लागि सहकार्य पनि परिणाममुखी बनेन ।
२०४८ साल को चुनावमा उनलाई मकवानपुर–१ मा एमालेका कृष्णप्रसाद दाहालले हराइदिए । २०५१ सालको मध्यावधि चुनावमा मकवानपुरको दुवै क्षेत्रबाट उठे । त्यसबेला उनले मकवानपुर–१ मा दाहाललाई हराए, तर २ मा भने एमालेकै विरोध खतिवडासँग हारे ।
२०५६ सालमा मकवानपुर–१ र ३ बाट लडेका थापालाई दुवैतिर एमालेका उम्मेदवारले हराए । १ मा उनै दाहाल र ३ मा वीरबहादुर लामा विजयी भए । २०६४ सालको संविधानसभा निर्वाचनमा मकवानपुर–३ बाट उठेका उनलाई नेकपा (माओवादी)का प्रह्लाद लामिछानेले हराए । २०७० सालमा भने उनी समानुपातिकबाट संविधानसभा आए ।
२०७४ सालमा मकवानपुर–१ बाट उठेका थापा एमालेका उनै कृष्णप्रसाद दाहालसँग हारेका थिए । थापालाई जिताउन उनै दाहाललाई एमाले अध्यक्ष केपी ओलीले चुनावी कमाण्डर बनाएका थिए, तर मतदाताले यो गठबन्धन अनुमोदन गरेनन् ।
दुई पटक सांसद, ९ पटक मन्त्री
नेपालमा कमल थापा नै त्यस्ता राजनीतिक खेलाडी हुन्, जसले चुनावमा पटक–पटक पछि परे पनि सत्ताभोगमा अगाडि रहे । उनी जम्मा दुई पटक सांसद भए– एक पटक मकवानपुर–१ बाट जितेर अनि २०७० मा समानुपातिकतर्फबाट । मन्त्री भने ९ पटक भए ।
२०१२ सालमा काठमाडौंको डिल्लीबजारमा जन्मिएका थापा एक समय राष्ट्रिय फुटबल खेलाडी थिए । उनी अखिल नेपाल फुटबल संघको अध्यक्ष, राष्ट्रिय खेलकुद परिषदको सदस्य र एशियाली फुटबल परिसंघको कार्यकारी सदस्य पनि भए ।
राजदरबारनिकट व्यक्तिहरूको प्रोत्साहनमा राष्ट्रवादी मण्डलबाट राजनीतिमा आएका थापा २०५१ पछि निरन्तर चर्चाका छन् । जोसुकैको सरकारमा पनि मन्त्री खान जानेदेखि रातारात दलबदलसम्मका प्रकरणका कारण उनी चर्चित भइरहे ।
हिन्दू राजतन्त्र फर्काउने मुद्दा उठाएर पहिलो पटक सांसद हुँदा नै थापा नेपाली कांग्रेसका शेरबहादुर देउवा नेतृत्वको सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था र स्थानीय विकास मन्त्री भए ।
देउवा सरकार ढलेर लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा राप्रपा–एमाले सरकार बन्दा उनी आवास तथा भौतिक योजना र परराष्ट्रमन्त्री भए । त्यसपछि सूर्यबहादुर थापाको नेतृत्वमा राप्रपा–कांग्रेस सरकार बन्ने परिस्थिति सिर्जना हुनासाथ क्याम्प परिवर्तन गरेर उनी परराष्ट्र र कृषिमन्त्री बने ।
त्यसबेला चन्दले ‘जहाज डुब्न लागेको थाहा पाउनासाथ मुसा भागेको’ भन्दै कमल थापा प्रवृत्तिमाथि तिखो टिप्पणी गरेका थिए ।
सूर्यबहादुर थापा नेतृत्वकै सरकारमा उनी सूचना तथा सञ्चार, स्थानीय विकास र स्वास्थ्य मन्त्री पनि भए । राजा ज्ञानेन्द्र शाहले सत्तापलट गरेर आफैं मन्त्रिपरिषद अध्यक्ष भएर गठन गरेको सरकारमा गृहमन्त्री भएर कमल थापाले जनआन्दोलन दबाउन योगदान गरे ।
मुलुक गणतन्त्र भएपछि २०६४ सालमा चुनाव हारे पनि समानुपातिकको कोटाबाट २०७० मा दोस्रो संविधानसभामा पुगेर थापाले मन्त्री हुने सिलसिला सुरु भयो ।
२०७२ असोजमा केपी ओली नेतृत्वको सरकारमा उनी उप–प्रधानमन्त्रीसहित परराष्ट्र र स्थानीय विकासमन्त्री भए । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पनि उप–प्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री भए ।
त्यसपछि शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि उप–प्रधानमन्त्री भए । २०७४ सालको चुनाव हारेपछि सत्ताबाट टाढिएका थापा २०७४ सालमा एमालेको सहारामा मकवानपुर–१ बाटै संसद छिर्ने प्रयासमा उनले राजसंस्थाको मुद्दा नै छाडिदिएका छन् । आफूलाई हराएर राजेन्द्र लिङ्देन राप्रपा अध्यक्ष बनाउन पूर्वराजा ज्ञानेन्द्र शाहले भूमिका खेलेको भन्दै ‘राजसंस्थाको भारी बिसाएको’ घोषणा नै गरे ।
यसपटक उनी पुरानै पार्टी र पुरानै एजेन्डामा फर्किएका छन् । उनीसँग प्रतिस्पर्धामा छन्- एमाले नेता ईश्वर पोखरेल, कांग्रेस महामन्त्री प्रदीप पौडेल, नेकपाकी कल्पना शर्मा, रास्वपाका सस्मित पोखरेल, उज्यालो नेपालका श्री गुरुङ लगायतका प्रतिस्पर्धीहरू ।
गत चुनावमा यहाँबाट कांग्रेसका पौडेल १५ हजार २६९ मतसहित विजयी हुँदा एमालेका पोखरेल १० हजार १९० मतसहित निकटतम् प्रतिद्वन्द्वी बने । रास्वपाका डा. प्रणय शम्शेर राणाले ५ हजार ४७७ मत ल्याउँदा राप्रपाका रामप्रसाद उप्रेतीले ३ हजार १६२ मत ल्याएका थिए । यही चुनावी गणित र जेनजी आन्दोलनपछिको मतदाताको मत जित्न निकै मेहनत गर्नु पर्नेछ ।
राजनीतिक स्वभाव र शैली
खेलकुद पृष्ठभूमि
पूर्व राष्ट्रिय फुटबल खेलाडी र एन्फा (ANFA) अध्यक्ष। उनको राजनीतिमा पनि 'खेल भावना' भन्दा 'जित्ने रणनीति' हाबी देखिन्छ।
एजेन्डा र यू-टर्न
हिन्दु राष्ट्र र राजसंस्थाको मुख्य एजेन्डा बोक्ने, तर व्यक्तिगत स्वार्थ (अध्यक्षमा हार) नमिल्दा राजसंस्थाको एजेन्डा त्यागेर एमालेको सूर्य चिन्हबाट चुनाव लड्ने (२०७९) जस्ता विरोधाभासपूर्ण निर्णय गर्ने।
प्राथमिकतामा सत्ता
सिद्धान्त भन्दा सत्तालाई प्राथमिकता दिने स्वभाव। गणतन्त्रवादी (प्रचण्ड/देउवा) सरकारमा उपप्रधानमन्त्री बन्नु होस् वा राजाको प्रत्यक्ष शासनमा गृहमन्त्री बन्नु— उनी जस्तोसुकै परिस्थितिमा पनि सत्तामा रहन माहिर मानिन्छन् ।
अस्थिरता
मुसा प्रवृत्ति (जहाज डुब्न लाग्दा भाग्ने) भनेर आफ्नै नेताहरूले टिप्पणी गरेको इतिहास।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०४८ साल | मकवानपुर-१ | कृष्णप्रसाद दाहाल | पराजित | |||
| २०५१ साल | मकवानपुर-१ | कृष्णप्रसाद दाहाल |
|
|||
| २०५६ साल | मकवानपुर-१ र ३ | कृष्णप्रसाद दाहाल र वीरबहादुर लामा | पराजित | |||
| २०६४ साल | मकवानपुर-३ | प्रल्हाद लामिछाने | १८५१४ | ३८५३ | १४६६१ | पराजित |
| २०७० साल | समानुपातिक |
|
||||
| २०७४ साल | मकवानपुर-१ | कृष्णप्रसाद दाहाल | ४०६३१ | ३४६५८ | ५९७३ | पराजित |
| २०७९ साल | मकवानपुर-१ | दिपकबहादुर सिंह | २७८५१ | २५४२० | २४३१ |
राजनीतिक टाइमलाइन
खेलकुद हुँदै राजनीतिमा
पद्मोदय हाइस्कुलबाट फुटबल खेलमा उत्कृष्ट प्रदर्शन। पछि राष्ट्रिय टिमको खेलाडी।
विद्यार्थी राजनीति
२०३६–२०३७ सालतिर विद्यार्थी राजनीतिमा प्रवेश (पञ्चायती व्यवस्थाविरुद्ध विद्यार्थी आन्दोलनमा सक्रिय) राष्ट्रिय प्रजातन्त्रवादी धार (राजसंस्थापक्षीय समूह) सँग निकटता
पञ्चायती नेता
राष्ट्रिय पञ्चायत सदस्य बने । यही समयलाई उनको औपचारिक संसदीय राजनीतिक प्रवेश मानिन्छ। त्यसपछि उनी पञ्चायत व्यवस्थाका प्रभावशाली युवा नेताका रूपमा चिनिए।
नयाँ राजनीतिमा अनुकूलन
राप्रपा स्थापना हुँदा संस्थापक नेतामध्ये एक
पटकपटक राजकीय भूमिकामा
मकवानपुर–१ बाट निर्वाचित (पहिलो संसदीय जित)। पटक–पटक मन्त्री (गृहमन्त्री, स्थानीय विकास, सूचना तथा सञ्चार आदि)
राजाका गृहमन्त्री
राजाको शाही सरकारमा गृहमन्त्री।
गणतन्त्र नेपालमा राजतन्त्रको स्वर
दोस्रो संविधानसभामा समानुपातिक सभासद्। संविधान निर्माण प्रक्रियामा 'नोट अफ डिसेन्ट' लेख्दै सहभागी।
राजतन्त्रको नारा, गणतन्त्रमा सत्ताभोग
केपी ओली, प्रचण्ड र देउवा— तीनवटै प्रधानमन्त्रीको पालामा उपप्रधानमन्त्री। (कीर्तिमानी सत्ताभोग)
पराजयसँगै विद्रोह
राप्रपा महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि पार्टी फुटाएर 'राप्रपा नेपाल' गठन। राजसंस्थाको एजेन्डा त्याग।
एमालेसँग चुनावी सहकार्य
एमालेको सूर्य चिन्ह लिएर मकवानपुर–१ मा उम्मेदवार (तेस्रो स्थानमा पराजित)।
पुरानो घर, नयाँ निर्वाचन क्षेत्र
पुरानो घर (राप्रपा) मा फर्किई काठमाडौं–५ बाट उम्मेदवार।
कमल थापा को उम्मेदवारि कस्तो लागयो ?



