रामचन्द्र पौडेल नेपाली कांग्रेस, तनहुँ - १ पुरुष , ७८ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

संसदीय निर्वाचनमा तनहुँबाट जितेर पटक–पटक मन्त्री र सभामुख समेत भइसकेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल जिन्दगीमा एकपटक प्रधानमन्त्री बन्न लालायित छन् । जिल्ला तनहुँ र निर्वाचन क्षेत्र १ मा भने उनका घोषित ‘दुश्मन’ गोविन्दराज जोशी सधैं घातका लागि तयार अवस्था रहेका हुन्छन् । यसपटक पनि स्थिति उही छ ।

भ्रष्टाचार मुद्दा खेपिरहेका जोशीलाई रामचन्द्रकै कारण आफ्नो राजनीतिक जीवन सकिएको भन्ने छ । अघिल्लो चुनावमा पौडेल विरुद्ध उठेका उनको उम्मेदवारी पौडेल समूहकै उजुरीपछि खारेज भएको थियो । त्यसपछि जोशीले नेकपा (एमाले)का उम्मेदवार किसान श्रेष्ठलाई सघाएर पौडेललाई हराए ।

त्यसबापत कांग्रेसको अनुशासन समितिले पार्टी सदस्य समेत नरहने गरी गरेको कारबाही फुकुवा नभएपछि जोशीले पौडेल विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् । तनहुँ–१ मा यसपटक एमालेका एकबहादुर गुरुङ, जसपाका पासाङ थापा मगर, राप्रपाका विनोदकुमार घर्तीलगायत अन्य १४ जना पनि प्रतिस्पर्धामा छन् ।

२०७४ मा जोशीका कारण हारेका पौडेल यसपटक पहिलाको गल्ती नदोहो¥याउने र जोशीलाई आफ्नो जितको मेसो बनाउने रणनीतिमा छन् । ‘अघिल्लो निर्वाचनमा जोशीको उम्मेदवारी कायम हुन दिनुपर्ने रहेछ । खारेज भएपछि उनको समूहको मत किसान श्रेष्ठलाई गयो’ पौडेलले अनलाइनखबरसँग भने, ‘यसपालि जनताले तपाईंले जितेर देशको नेतृत्व गर्नुपर्छ भनिरहेका छन् ।’

अघिल्लो निर्वाचनमा एमाले र नेकपा (माओवादी केन्द्र) मिलेका थिए । यसपटक पौडेल सत्ता गठबन्धनको साझा उम्मेदवार छन् । जोशीपुत्र दीपकराज समेत लडेको गत स्थानीय तह निर्वाचनमा तनहुँ–१ मा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा कांग्रेस अगाडि छ ।

उक्त निर्वाचनमा कांग्रेसले ३३ हजार १०६, एमालेले २० हजार ८७९, माओवादी केन्द्रले ८ हजार १२४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ हजार ६३० र नेकपा (एकीकृत समाजवादी)ले ८९२ पाएका छन् । त्यस्तै, ३ हजार ९९२ मत स्वतन्त्र उम्मेदवारहरूको पक्षमा खसेको छ ।

स्थानीय निर्वाचनको यो परिणामले पौडेललाई बलियो स्थितिमा देखाउँछ, तर ढुक्क हुने अवस्था छैन । स्थानीय चुनाव अघिदेखि नै रामचन्द्रलाई हराउन भन्दै मतदाताको घरदैलोमा पुगेका जोशीको उम्मेदवारी चुनौती बनेको छ । जोशी गृहमन्त्री बन्दा तनहुँका थुप्रैलाई सेना–प्रहरी र शिक्षा मन्त्री भएको बेला शिक्षकको जागिर लगाइदिएको चर्चा अहिले पनि हुन्छ ।

कांग्रेसका महासमिति सदस्य पूर्णबहादुर गुरुङ एमाले प्रवेश गरेर तनहुँ–१ (ख) को उम्मेदवार बनेका छन् । उनले कांग्र्रेसको विशेषगरी जनजाति समुदायको भोट काट्ने सम्भावना छ । तनहुँ कांग्रेसका पूर्वजिल्ला सचिव विश्व बास्तोलाले पौडेलविरुद्ध दिएको उम्मेदवारी भने फिर्ता लिएका छन् ।

रामचन्द्र–गोविन्दराज दुश्मनी

तनहुँ, रिस्तीमा जन्मिएका पौडेल र रूपाकोटका जोशीबीच विद्यार्थीकालदेखि नै मिल्ती भएन । पंचायती व्यवस्था विरुद्धको सुरुवाती संघर्षकालमा पौडेलले बीपी कोइरालालगायत नेतासँग निकट भएर काम गरे । त्यसबाट उनको राजनीतिक जीवनमा लाभ पुग्ने भयो । बीपीले केन्द्रमा रामचन्द्रलाई जिम्मेवारी दिंदा जिल्लामा सक्रिय गोविन्दराजले असन्तुष्टि जनाउने गरेको पुराना कांग्रेसहरू बताउँछन् ।

नेविसंघको संस्थापक सदस्य भएका पौडेल २०४० सालमा केन्द्रीय प्रचार समिति संयोजक, पार्टीको केन्द्रीय सदस्यहुँदै २०४८ सालमा तनहुँ–१ बाट निर्वाचित भएर सांसद भए ।

स्ववियु सभापति, तरुण दल सदस्य, पार्टीको तनहुँ जिल्ला उपसभापति, तनहुँ बार एशोसिएसनको अध्यक्षहुँदै अगाडि बढेका जोशी पनि २०४८ मै तनहुँ–२ बाट निर्वाचित भएर संसदमा पुगेका थिए ।

स्थानीय विकास मन्त्री हुँदै रामचन्द्र पौडेल प्रतिनिधिसभामा सभामुख बने । जोशी पनि २०५१ सालमा शिक्षामन्त्री र २०५५ मा गृहमन्त्री भए । त्यसपछि सामान्य प्रशासन, जलस्रोत, स्थानीय विकासलगायतका मन्त्रालय सम्हाले ।

पौडेल पार्टी उपसभापति र सुशील कोइरालाको निधनपछि कार्यवाहक सभापति बने । जोशी पार्टीको सह–महामन्त्रीसम्म भए । यी दुई नेताको आन्तरिक लडाईंका लागि तनहुँ कांग्रेस भने विभाजित हुँदै गयो । पार्टीमा केन्द्रमा प्रभाव भएका पौडेल र जिल्लामा दह्रो बनेका जोशीबीचको एकअर्कालाई सिध्याउने खेलबाट टिकट बाँडफाँटमा पनि भाँडभैलो भयो ।

‘पौडेलप्रति सधैं असन्तुष्ट रहे जोशी, जोशीप्रति सधैं पूर्वाग्रही बने पौडेल’ तनहुँका एकजना पुराना कांग्रेस भन्छन्, ‘भ्रष्टाचार मुद्दा लागेपछि २०७० मा जोशीले टिकट पाएनन् । समानुपातिक सूचीमा रहेको नाम पनि काटियो ।’

त्यसबापत पौडेललाई हराउन दिलोज्यानले लागेका छन् जोशी । लाग्छ, उनको मिहिनेत आफ्नो जितभन्दा पौडेलको हारको लागि हो । गत स्थानीय तह निर्वाचनको नतिजा र सत्ता गठबन्धन भने पौडेलको दाहिना छन् ।

Full Read

तनहुँ - १ का उम्मेदवारहरु

२०७९ २०७४
रामचन्द्र पौडेल
तनहुँ, तनहुँ - १
बर्ष: ७८, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
विजयी २५३१३
एक बहादुर राना मगर
तनहुँ, तनहुँ - १
बर्ष: ६३, पुरुष
गठबन्धन: एमाले गठबन्धन
१९९२५
विकास सिग्देल
तनहुँ, तनहुँ - १
बर्ष: ३०, पुरुष
गठबन्धन:
६०३२
विनोद कुमार घर्ती
तनहुँ, तनहुँ - १
बर्ष: ३९, पुरुष
गठबन्धन:
२४८३
पासाङ थापा मगर
तनहुँ, तनहुँ - १
बर्ष: ३५, महिला
गठबन्धन:
२५९
राम कृष्ण त्वायना
तनहुँ, तनहुँ - १
बर्ष: ५४, पुरुष
गठबन्धन:
२१
प्रविन पौडेल
तनहुँ, तनहुँ - १
बर्ष: ३१, पुरुष
गठबन्धन:
२८३
हस्तबहादुर किचिम थापा
तनहुँ, तनहुँ - १
बर्ष: ७०, पुरुष
गठबन्धन:
२९९
कृष्ण प्रसाद पौडेल
तनहुँ, तनहुँ - १
बर्ष: ६५, पुरुष
गठबन्धन:
९२
प्रेम बहादुर थापा
तनहुँ, तनहुँ - १
बर्ष: ४१, पुरुष
गठबन्धन:
३५८
ताज महमद मिया
तनहुँ, तनहुँ - १
बर्ष: ३७, पुरुष
गठबन्धन:
३०
गोविन्द राज जोशी
तनहुँ, तनहुँ - १
बर्ष: ७३, पुरुष
गठबन्धन:
६८७८
राम चन्द्र कार्की
तनहुँ, तनहुँ - १
बर्ष: ५२, पुरुष
गठबन्धन:
१९४
बेल बहादुर दरै
तनहुँ, तनहुँ - १
बर्ष: ३५, पुरुष
गठबन्धन:
१०५
पृथ्वी नारायण श्रेष्ठ
तनहुँ, तनहुँ - १
बर्ष: ५१, पुरुष
गठबन्धन:
२९०
कृष्ण कुमार श्रेष्ठ
तनहुँ , तनहुँ - १
बर्ष: ४९ , पुरुष
गठबन्धन:
नेकपा एमाले
विजयी ३४४९२ मत
रामचन्द्र पौडेल
तनहुँ , तनहुँ - १
बर्ष: ७३ , पुरुष
गठबन्धन:
हस्त बहादुर किचिम थापा
तनहुँ , तनहुँ - १
बर्ष: ६५ , पुरुष
गठबन्धन:
दुर्गा बहादुर थापा
तनहुँ , तनहुँ - १
बर्ष: ३७ , पुरुष
गठबन्धन:
रेशम कुमार श्रेष्ठ
तनहुँ , तनहुँ - १
बर्ष: ४५ , पुरुष
गठबन्धन:

चुनावी समाचार