एक बहादुर राना मगर नेकपा एमाले, तनहुँ - १ पुरुष , ६३ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

२०४८ सालको निर्वाचनमै तनहुँ-१ मा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँग भिड्न ठीक्क परेका थिए, एकबहादुर राना । तर, त्यो मौका फुत्कियो । नेकपा (एमाले)बाट टिकट पाएका उनले चुनावी तालमेल हुँदा राष्ट्रिय जनमोर्चालाई छाड्नुपर्‍यो ।

यसपालि सातौं पटक उठेका पौडेललाई रानाले पहिलो पटक चुनावी मैदानमा भेट्दैछन् । सामान्य पहिरन र शालीन स्वभावका उनको पनि पौडेलको जस्तै लामो राजनीतिक संघर्षको इतिहास छ । 'राजनीतिका खाइखेली खग्गू' पौडेलसँगको स्पर्धालाई आफ्नो पक्षमा पारेर इतिहास रच्न लालायित छन् उनी । तर, यो सहज भने छैन ।

एक त अहिले एमालेले विभाजनको असर खेपिरहेको छ । त्यसमाथि यो चुनावमा सत्तारुढ दलहरूले गठबन्धन गरेका छन् । र, कांग्रेसका नेता रामचन्द्र पौडेल गठबन्धनतर्फका साझा उम्मेदवार छन् । स्थानीय तह चुनावको मतले पनि एमालेलाई गठबन्धनभन्दा कमजोर देखाएको छ ।

अघिल्लो चुनावमा माओवादीसँग मिलेर आफ्नो दलका कृष्णबहादुर श्रेष्ठ -किसान)लाई जिताएका एकबहादुर रानालाई अहिले सत्ता गठबन्धनसँग एक्लै भिड्नुपरेको छ । माओवादीसहित पाँचदलीय गठबन्धनको चुनौती उनका लागि पहिलो प्रतिकूलता बनेको छ ।

६५ वर्षीय राना तत्कालीन नेकपा (माले)का संस्थापक केन्द्रीय सदस्य हुन् । पेशाले शिक्षक उनी २०३५ सालदेखि राजनीतिमा क्रियाशील छन् । २०४५ सालमा शिक्षकको १४ वर्षे जागिर छाडेर पार्टीको काममा पूर्णकालीन भएका थिए उनी ।

रानाले २०५१ सालको निर्वाचनमा तनहुँ-१ मा टिकट पाएका थिए, जहाँ वहालवाला शिक्षामन्त्री गोविन्दराज जोशी नेपाली कांग्रेसका उम्मेदवार थिए । रानालाई पहिलो गाँसमै ढुंगा लाग्यो । २०५६ सालको निर्वाचनमा जोशीका अगाडि राना कमजोर सावित भए ।

जोशीसँग रानाको तेस्रो भिडन्त २०६४ को चुनावमा पनि भयो । त्यतिबेला चाहिं जोशी र राना दुवै पराजित भए । नेकपा (माओवादी)का सुरेश आले मगर विजयी भएर पहिलो संविधानसभामा गए ।

२०७० र २०७४ को निर्वाचनमा एमालेले रानाको नाम समानुपातिक सूचीमा राख्यो, तर अन्तिमतिर । फेरि पनि उनी सांसद बन्न पाएनन् । यसपटक उनलाई त्यो मौका छ, तर अनुकूलताभन्दा बढी चुनौतीका बीचमा ।

गत स्थानीय तह निर्वाचनमा तनहुँ-१ मा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा पनि पौडेलको पार्टी कांग्रेस नै अगाडि छ । उक्त निर्वाचनमा कांग्रेसले ३३ हजार १०६, एमालेले २० हजार ८७९, माओवादी केन्द्रले ८ हजार १२४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ हजार ६३० र नेकपा (एकीकृत समाजवादी)ले ८९२ पाएका छन् । त्यस्तै, ३ हजार ९९२ मत स्वतन्त्र उम्मेदवारहरूको पक्षमा खसेको छ ।

यसअनुसार पनि प्रतिकूलतामा रहेका रानाले विजयी बन्न एमालेको मत जोगाउँदै राप्रपा, स्वतन्त्र र गठबन्धनको समेत उल्लेख्य संख्यामा भोट तान्नुपर्ने देखिन्छ।

Full Read

तनहुँ - १ का उम्मेदवारहरु

२०७९ २०७४
रामचन्द्र पौडेल
तनहुँ, तनहुँ - १
बर्ष: ७८, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
विजयी २५३१३
एक बहादुर राना मगर
तनहुँ, तनहुँ - १
बर्ष: ६३, पुरुष
गठबन्धन: एमाले गठबन्धन
१९९२५
विकास सिग्देल
तनहुँ, तनहुँ - १
बर्ष: ३०, पुरुष
गठबन्धन:
६०३२
विनोद कुमार घर्ती
तनहुँ, तनहुँ - १
बर्ष: ३९, पुरुष
गठबन्धन:
२४८३
पासाङ थापा मगर
तनहुँ, तनहुँ - १
बर्ष: ३५, महिला
गठबन्धन:
२५९
राम कृष्ण त्वायना
तनहुँ, तनहुँ - १
बर्ष: ५४, पुरुष
गठबन्धन:
२१
प्रविन पौडेल
तनहुँ, तनहुँ - १
बर्ष: ३१, पुरुष
गठबन्धन:
२८३
हस्तबहादुर किचिम थापा
तनहुँ, तनहुँ - १
बर्ष: ७०, पुरुष
गठबन्धन:
२९९
कृष्ण प्रसाद पौडेल
तनहुँ, तनहुँ - १
बर्ष: ६५, पुरुष
गठबन्धन:
९२
प्रेम बहादुर थापा
तनहुँ, तनहुँ - १
बर्ष: ४१, पुरुष
गठबन्धन:
३५८
ताज महमद मिया
तनहुँ, तनहुँ - १
बर्ष: ३७, पुरुष
गठबन्धन:
३०
गोविन्द राज जोशी
तनहुँ, तनहुँ - १
बर्ष: ७३, पुरुष
गठबन्धन:
६८७८
राम चन्द्र कार्की
तनहुँ, तनहुँ - १
बर्ष: ५२, पुरुष
गठबन्धन:
१९४
बेल बहादुर दरै
तनहुँ, तनहुँ - १
बर्ष: ३५, पुरुष
गठबन्धन:
१०५
पृथ्वी नारायण श्रेष्ठ
तनहुँ, तनहुँ - १
बर्ष: ५१, पुरुष
गठबन्धन:
२९०
कृष्ण कुमार श्रेष्ठ
तनहुँ , तनहुँ - १
बर्ष: ४९ , पुरुष
गठबन्धन:
नेकपा एमाले
विजयी ३४४९२ मत
रामचन्द्र पौडेल
तनहुँ , तनहुँ - १
बर्ष: ७३ , पुरुष
गठबन्धन:
हस्त बहादुर किचिम थापा
तनहुँ , तनहुँ - १
बर्ष: ६५ , पुरुष
गठबन्धन:
दुर्गा बहादुर थापा
तनहुँ , तनहुँ - १
बर्ष: ३७ , पुरुष
गठबन्धन:
रेशम कुमार श्रेष्ठ
तनहुँ , तनहुँ - १
बर्ष: ४५ , पुरुष
गठबन्धन:

चुनावी समाचार