कृष्णप्रसाद सिटौला नेपाली कांग्रेस, झापा - ३ पुरुष , ७२ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

लामो गृहयुद्धको अन्त्य, शान्ति–सम्झौता र गणतन्त्र स्थापनामा खास भूमिका खेलेका नेता हुन्, कृष्णप्रसाद सिटौला । संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्ने संविधान जारी भएपछिको दोस्रो प्रतिनिधिसभा निर्वाचनमा उनी झापा–३ बाट उठेका छन् । २०४८ यता उनले प्रतिस्पर्धा गरेको यो सातौं राष्ट्रिय निर्वाचन हो ।

यसपटक उनको मुख्य प्रतिस्पर्धीका रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन् । लिङ्देनलाई नेकपा (एमाले)को समर्थन छ ।

सशस्त्र युद्धरत नेकपा (माओवादी)लाई शान्ति प्रक्रियामा ल्याउने क्रममा सिटौला नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको प्रमुख सहयोगी रहे । २०६२–६३ को जनआन्दोलनपछिको कोइराला सरकारमा उनले गृह मन्त्रालय पाए । गिरिजाप्रसादको निधनपछि सिटौलाले सुशील कोइराला निकट भएर काम गरे । कांग्रेसको १२औं महाधिवेशनमा सुशील कोइरालालाई पार्टी सभापति बनाउन सिटौलाको योगदान रह्यो । सभापति कोइरालाले पनि सिटौलालाई महामन्त्रीमा मनोनयन गरे ।

कांग्रेसभित्र कोइराला क्याम्पनजिक रहेर शक्ति आर्जन गरेका उनले १३औं महाधिवेशनमा नयाँ अभ्यास गरे । उनले प्यानलसहित पार्टी सभापतिमा उम्मेदवारी दिएर तेस्रो स्थानको मत पाए । सभापति चयनको दोस्रो चरणमा कोइरालालाई छाडेर शेरबहादुर देउवालाई साथ दिए । त्यसपछि पनि उनले आफ्नो समूहलाई कायम राखिराखे ।

१४औं महाधिवेशनमा उनले सभापतिमा उम्मेदवारी दिएनन्, देउवासँग प्यानल बनाएर आफू निकटका केही नेतालाई प्रतिस्पर्धामा उतारे । महाधिवेशनपछि पार्टी सभापतिले १० जना केन्द्रीय सदस्य मनोनीत गर्दा सिटौला परे ।

पदाधिकारी नभए पनि पछिल्लो समय कांग्रेसभित्र सिटौलाले प्रभाव बढाएको देखिन्छ । पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले यो निर्वाचनको लागि सत्ता गठबन्धनको टिकट भागबण्डा र तालमेलको मोडालिटी तय गर्न बनेको समितिमा सिटौलालाई संयोजक तोकेका थिए ।

कानुनमा स्नातक सिटौला २०३३ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा छन् । उनी झापाबाट राष्ट्रिय राजनीतिमा उदाएका हुन् । पार्टीभित्र र राष्ट्रिय राजनीतिमा धेरै घात–प्रतिघात झेल्दै र झेलाउँदै आएका उनी २०४८ यता निरन्तर केन्द्रीय चुनावमा टिकट पाउने सीमित नेतामध्येमा पर्छन् ।

२०४८, २०५१ र २०५६ को संसदीय तथा २०६४ सालको संविधानसभा निर्वाचनमा सिटौला पराजित भए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उनी हारे । पहिले उनलाई पराजित गरेका नेकपा (एमाले)का द्रोणाचार्यको निधनपछि भएको उप–निर्वाचनमा उनले जित निकाले । २०५६ सालको प्रतिनिधिसभा र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि उनी विजयी भए ।

अघिल्लो चुनावमा जस्तै यसपटक पनि एमालेसँग तालमेल गरेर सिटौलालाई टक्कर दिन लागेका लिङ्देन २०७० मा सिटौलाबाटै ५ हजार १०२ मतले पराजित भएका थिए । यसपटक सिटौलालाई सत्ता गठबन्धनको समर्थन छ । झापा–३ कांग्रेससँग सहकार्य गरेका अन्य दलहरूको मत भने कम छ ।

गत स्थानीय तह निर्वाचनमा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा कांग्रेस अगाडि भए पनि दोस्रोमा राप्रपा र तेस्रोमा एमाले छ । कांग्रेसले २५ हजार ९४९, राप्रपाले २१ हजार १५९ र एमालेले २१ हजार ८५ मत पाएका छन् । त्यस्तै, नेकपा (माओवादी केन्द्र)को पक्षमा ६ हजार ६८८ भोट छ ।

स्थानीय चुनावमा राप्रपा र एमालेले पाएको मत जोड्दा ४२ हजार २४४ हुन्छ । यो चुनावी नतिजाले झापा–३ मा ७२ वर्षीय सिटौलाका लागि सहजता नभएको देखाउँछ ।

नेपाललाई गणतन्त्र बनाउन महत्वपूर्ण भूमिका खेलेका सिटौलाले सम्भवतः जीवनको यो अन्तिम चुनावमा राजावादी लिङ्देनलाई परास्त गर्न गठबन्धनको भोट सुरक्षित राख्दै स्वतन्त्र मतदाता र एमालेभित्रका प्रगतिशीलहरूलाई तान्न सक्नुपर्ने देखिन्छ ।

Full Read

झापा - ३ का उम्मेदवारहरु

२०७९ २०७४
बर्ष: ७२, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
३७३८६
प्रकाश पाठक
झापा, झापा - ३
बर्ष: ३४, पुरुष
गठबन्धन:
३४६१
बर्ष: ५७, पुरुष
गठबन्धन: एमाले गठबन्धन
विजयी ४०६६२
वीरबहादुर राई
झापा, झापा - ३
बर्ष: ७०, पुरुष
गठबन्धन:
४६४
भोट लाल राजवंशी
झापा, झापा - ३
बर्ष: ३४, पुरुष
गठबन्धन:
१९४
बर्ष: ६०, पुरुष
गठबन्धन:
७०
बर्ष: ५५, पुरुष
गठबन्धन:
३५
भक्ती प्रसाद पनेरु
झापा, झापा - ३
बर्ष: ४२, पुरुष
गठबन्धन:
५१
बर्ष: ४१, पुरुष
गठबन्धन:
३४७
गजेन्द्र लिम्बु
झापा, झापा - ३
बर्ष: ३४, पुरुष
गठबन्धन:
६१
बर्ष: ४४, पुरुष
गठबन्धन:
११३
चूडामणि अधिकारी
झापा, झापा - ३
बर्ष: ६१, पुरुष
गठबन्धन:
३५
देवी रमण भट्टराई
झापा, झापा - ३
बर्ष: ६८, पुरुष
गठबन्धन:
२६
बर्ष: ३६, पुरुष
गठबन्धन:
६५०
प्रेम प्रसाद खनाल
झापा, झापा - ३
बर्ष: ३७, पुरुष
गठबन्धन:
२९४
डम्बर बहादुर गिरी
झापा, झापा - ३
बर्ष: ३९, पुरुष
गठबन्धन:
७३५
मनोरथ राजवंशी
झापा, झापा - ३
बर्ष: ४७, पुरुष
गठबन्धन:
८२
ओम प्रकाश खरेल
झापा, झापा - ३
बर्ष: ४३, पुरुष
गठबन्धन:
१०७
बर्ष: ५२ , पुरुष
गठबन्धन:
बर्ष: ६८ , पुरुष
गठबन्धन:
बर्ष: ५० , पुरुष
गठबन्धन:
स्वतन्त्र
१९२ मत
सेकेन्द्र राजवँशी
झापा , झापा - ३
बर्ष: ६५ , पुरुष
गठबन्धन:
साजन सुब्वा
झापा , झापा - ३
बर्ष: २५ , पुरुष
गठबन्धन:
बर्ष: ५६ , पुरुष
गठबन्धन:

चुनावी समाचार

  • https://sepuh.diaryuindra.ac.id/
  • >