धनराज गुरुङ्ग नेपाली कांग्रेस, स्याङ्जा - २ पुरुष , ५५ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

समानुपातिकतर्फबाट दुवै संविधानसभामा पुगेका नेपाली कांग्रेसका धनराज गुुरुङ आसन्न प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा–२ बाट उठेका छन् । कांग्रेसको केन्द्रीय उपसभापति समेत रहेका उनी विरुद्ध नेकपा (एमाले)की सचिव पद्मा अर्याल चुनावी मैदानमा छिन् ।

५७ वर्षीय गुुरुङ स्याङ्जा–१ का स्थायी बासिन्दा हुन् । आफ्नो गृह क्षेत्रमा पकड कमजोर रहेकाले उनले क्षेत्र नम्बर २ रोजेको स्याङ्जाका कांग्रेसजनहरू बताउँछन् ।

गुरुङ पक्षका नेता–कार्यकर्ताले उनलाई यसपटक प्रदेश सभामा उम्मेदवारी दिएर मुुख्यमन्त्री बन्न सुुझाएका थिए । तर, उनले संघ नै रोजे । दुई पटक समानुुपातिक सांसद बनेका गुुरुङले पहिलोपल्ट जनताबाट अनुमोदित हुने आँट कसेका हुुन् ।

२०२२ सालमा स्याङ्जाको अर्जुन चौपारीमा जन्मिएका धनराज गुुरुङ १४ वर्षकै उमेरमा विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएका थिए । १६ वर्षकै उमेरमा उनी नेविसंघ इकाई सभापति भए ।

२०४० सालमा नेविसंघ स्याङ्जा जिल्ला सचिव बनेका उनी २०४३ मा पोखरा पृथ्वीनारायण क्याम्पसमा पढ्दा पनि नेविसंघको राजनीतिमा सक्रिय रहे । २०४८ सालमा नेविसंघको केन्द्रीय उपसभापतिमा निर्वाचित उनी त्यही साल पार्टीको महाधिवेशन प्रतिनिधि पनि भए । उनी २०५३ सालमा नेविसंघको केन्द्रीय सभापति र २०५४ मा नेपाल तरुण दलको महासचिवमा निर्वाचित भए ।

त्यसपछि पार्टीको १२औं र १३औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका धनराज गुरुङ १४औं महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भए । उनी कांग्रेसभित्र डा. शेखर कोइराला गुटमा छन् ।

स्याङ्जा–२ को चुुनावी अंकगणित

गत वैशाखको स्थानीय चुनावमा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतको आधारमा स्याङ्जा–२ मा नेपाली कांग्रेस पहिलो पार्टी हो । उक्त चुनावमा कांग्रेसले ३६ हजार ८०६, एमालेले ३४ हजार ८०९ र नेकपा (माओवादी केन्द्र)ले १ हजार ४४७ मत पाएका छन् ।

त्यस्तै, मंगोल नेशनल अर्गनाइजेसनले ६४८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ५११, नेकपा (एकीकृत समाजवादी)ले २३३ र स्वतन्त्रले ५९० भोट पाएका छन् ।

यो चुनावी अंकगणितले सत्ता गठबन्धनका साझा उम्मेदवार धनराज गुरुङलाई तुलनात्मक रूपमा बढी सहज अवस्थामा देखाउँछ । अघिल्लो निर्वाचनमा कांग्रेसका गोपालमान श्रेष्ठलाई ३ हजार ७०६ मत (३१ हजार ४३६ विरुद्ध ३५ हजार १४२) ले पराजित गरेकी वाम गठबन्धनकी उम्मेदवार पद्मा अर्याल यसपटक एक्लो एमालेको बलमा हुनु पनि उनको लागि सहजता भएको छ ।

यद्यपि, गठबन्धनका अन्य दलको मत कम भएको र प्रतिस्पर्धी धेरै रहेकाले उनी सुरक्षित भने छैनन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ लगायत उम्मेदवारहरूको सम्भावना हेर्दा धनराजले गठबन्धनको मत जोगाएर मात्र जित्ने सम्भावना देखिन्न । कांग्रेसमा कोइराला गुटका उनलाई पार्टीभित्रकै पनि सबै मत सुरक्षित गर्ने चुनौती छ ।

 

Full Read

स्याङ्जा - २ का उम्मेदवारहरु

२०७९ २०७४
धनराज गुरुङ्ग
स्याङ्जा, स्याङ्जा - २
बर्ष: ५५, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
विजयी ३१४६६
पद्‍मा कुमारी अर्याल
स्याङ्जा, स्याङ्जा - २
बर्ष: ५३, महिला
गठबन्धन: एमाले गठबन्धन
२५८३९
टिक राज गुरुङ्ग
स्याङ्जा, स्याङ्जा - २
बर्ष: ५३, पुरुष
गठबन्धन:
८११३
लालगोपाल अर्याल
स्याङ्जा, स्याङ्जा - २
बर्ष: ७६, पुरुष
गठबन्धन:
८८४
गणेश प्रसाद पाण्डेय
स्याङ्जा, स्याङ्जा - २
बर्ष: ५२, पुरुष
गठबन्धन:
२६
रिमीसरा गाहा राना
स्याङ्जा, स्याङ्जा - २
बर्ष: ३८, महिला
गठबन्धन:
३३५
चोक वहादुर गुरुङ्
स्याङ्जा, स्याङ्जा - २
बर्ष: ५७, पुरुष
गठबन्धन:
६५४
चिरन्जीवी पाण्डेय
स्याङ्जा, स्याङ्जा - २
बर्ष: ७१, पुरुष
गठबन्धन:
१८
सागर ढकाल
स्याङ्जा, स्याङ्जा - २
बर्ष: ३६, पुरुष
गठबन्धन:
१२९
ढाल प्रसाद पाण्डे
स्याङ्जा, स्याङ्जा - २
बर्ष: ५४, पुरुष
गठबन्धन:
१९
डोलराज बि.क.
स्याङ्जा, स्याङ्जा - २
बर्ष: ६५, पुरुष
गठबन्धन:
२०
नर बहादुर खड्काथोकी
स्याङ्जा, स्याङ्जा - २
बर्ष: ५३, पुरुष
गठबन्धन:
१५४
पद्‍मा कुमारी अर्याल
स्याङ्जा , स्याङ्जा - २
बर्ष: ४८ , महिला
गठबन्धन:
नेकपा एमाले
विजयी ३५१४२ मत
गोपाल मान श्रेष्ठ
स्याङ्जा , स्याङ्जा - २
बर्ष: ७० , पुरुष
गठबन्धन:
ईश्‍वर वहादुर राना
स्याङ्जा , स्याङ्जा - २
बर्ष: ४४ , पुरुष
गठबन्धन:
अर्जुन राना
स्याङ्जा , स्याङ्जा - २
बर्ष: ३८ , पुरुष
गठबन्धन:
टीका राम रेग्मी
स्याङ्जा , स्याङ्जा - २
बर्ष: ४४ , पुरुष
गठबन्धन:

चुनावी समाचार

  • https://sepuh.diaryuindra.ac.id/
  • >