शान्ता चौधरी नेकपा एमाले, दाङ - १ महिला , ४३ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

८ वर्षको उमेरबाट जमिनदारको घरमा कमलरी बस्न बाध्य शान्ता चौधरीले बाल्यकालमा लेखपढ गर्न पाइनन् । राष्ट्रिय-अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको संलग्नतामा दाङसहितका जिल्लामा कमलरी मुक्ति आन्दोलन सुरु भएपछि १८ वर्षपछि उनी पनि मुक्त भइन् ।

कमलरी मुक्ति आन्दोलनपछि शान्ता चौधरी भूमिहीन आन्दोलनमा लागिन् । आन्दोलनको अनुभव र त्यसक्रममा पाएको प्रशिक्षणले उनलाई लेख्न, पढ्न र बोल्न सक्ने बनायो । त्यसरी ठूल्ठूला सभालाई सम्बोधन गर्न सक्ने भएकी उनलाई नेकपा (एमाले)ले २०६४ सालमा समानुपातिकबाट पहिलो संविधानसभामा पुर्‍यायो ।

संविधानसभामा अपेक्षित भूमिका खेल्न सफल भएपछि शान्तालाई एमालेले २०७० को दोस्रो संविधानसभा निर्वाचनमा दाङ-२ बाट उम्मेदवार बनायो । तर, उनी नेपाली कांग्रेसकी सुशीला चौधरीसँग पराजित भइन् । त्यसबेला सुशीलाले १० हजार ४३३ र शान्ताले ७ हजार ४०२ मत पाएका थिए ।

चुनाव हारेकी शान्तालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको एमालेले २०७४ सालमा समानुपातिकको बाटोबाट दोस्रो पटक सांसद बनायो । सांसद मात्र बनाएन, संसदीय दलको सचेतकको जिम्मेवारी पनि दियो, त्यो पनि एमाले र माओवादीको एकताबाट बनेको नेकपाको संसदीय दलको सचेतक ।

हाल पोलिटब्यूरो सदस्य शान्तालाई एमालेले दाङ-१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । उनको प्रतिस्पर्धा एमालेमा सँगै रहेका कमरेडहरू मेटमणि चौधरी र गंगा चौधरीसँग हुँदैछ । मेटमणि एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) र टिकट नपाएपछि रुष्ट बनेकी गंगा चौधरी हाम्रो नेपाली पार्टीबाट दाङ-१ को चुनावी मैदानमा छन् ।

शान्ताको मुख्य प्रतिस्पर्धी भने मेटमणि नै हुन्, जसलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमोर्चालगायत पाँच दलको साथ छ । मेटमणि दाङ क्षेत्र नं. १ भित्रकै देउखुरीवासी हुन् भने शान्ता दाङ-२ मा पर्ने घोराहीकी ।

सत्ता गठबन्धनका प्रतिस्पर्धीसँग नयाँ निर्वाचन क्षेत्रमा एक्लो पार्टीको बलमा चुनाव लड्नुपर्दा शान्ता बढी चुनौतीमा देखिन्छिन् । थारू बहुल देउखुरी र घोराहीबीच विगतदेखि नै भूगोलको विभेद रहँदै आएको छ ।

चुनावी अंकगणित

गत ३० वैशाखमा भएको स्थानीय निर्वाचनमा वडाअध्यक्षका उम्मेदवारहरूले यो क्षेत्रमा पाएको दलगत मतमा कांग्रेस अगाडि छ । कांग्रेसले २९ हजार ७५७, एमालेले २७ हजार २५, माओवादी केन्द्रले १९ हजार २७६ र राष्ट्रिय जनमोर्चाले २ हजार ५९६ मत पाएका छन् । गठबन्धनको कुल मत झण्डै ५२ हजार हुन आउँछ ।

शान्ता चौधरीले एमालेको मत जोगाउँदै गठबन्धनको मत तान्न सक्दा मात्र जित निकाल्न सक्ने देखिन्छ । यद्यपि, स्थानीय र राष्ट्रिय निर्वाचनमा मतदानको 'ट्रेण्ड' एउटै नहुन सक्छ ।

Full Read

दाङ - १ का उम्मेदवारहरु

२०७९ २०७४
शान्ता चौधरी
दाङ, दाङ - १
बर्ष: ४३, महिला
गठबन्धन: एमाले गठबन्धन
२१४७९
मेटमणि चौधरी
दाङ, दाङ - १
बर्ष: ४९, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
विजयी २६५६३
देवराज पाठक
दाङ, दाङ - १
बर्ष: ५६, पुरुष
गठबन्धन:
१३७९४
लिली वुढाथोकी
दाङ, दाङ - १
बर्ष: ४९, महिला
गठबन्धन:
१४३८
बर्ष: ५०, पुरुष
गठबन्धन:
८०१०
बर्ष: ३०, महिला
गठबन्धन:
१३३
बर्ष: ५६, पुरुष
गठबन्धन:
२६
अशोक खड्का
दाङ, दाङ - १
बर्ष: ४४, पुरुष
गठबन्धन:
१९८
बर्ष: ४३, महिला
गठबन्धन:
१०९२
शोभाराम बुढा
दाङ, दाङ - १
बर्ष: ७०, पुरुष
गठबन्धन:
५८३
बर्ष: ४६, पुरुष
गठबन्धन:
३४
मेटमणि चौधरी
दाङ , दाङ - १
बर्ष: ४४ , पुरुष
गठबन्धन:
नेकपा एमाले
विजयी ३७९०८ मत
शुशिला चौधरी
दाङ , दाङ - १
बर्ष: ४९ , महिला
गठबन्धन:
अशोक कुमार यादव
दाङ , दाङ - १
बर्ष: ३४ , पुरुष
गठबन्धन:
बर्ष: ४५ , पुरुष
गठबन्धन:
बर्ष: ४५ , पुरुष
गठबन्धन:
स्वतन्त्र
२६५ मत
गौर सिंह महर
दाङ , दाङ - १
बर्ष: ४५ , पुरुष
गठबन्धन:
बर्ष: २८ , पुरुष
गठबन्धन:

चुनावी समाचार