नयाँ पार्टी, पहिलो उम्मेदवारी
प्रगतिशिल लोकतान्त्रिक पार्टीले पर्सा क्षेत्र–२ मा अमिताभ बच्चन दास तत्मालाई प्रत्यक्ष निर्वाचनको मैदानमा उतारेको छ। ४३ वर्षिय बच्चन वीरगन्जका स्थानीय हुन् र ठाकुरराम बहुमुखी क्याम्पसबाट स्नातकोत्तर गरेका छन्।
बच्चन समाजसेवामा सक्रिय छन् र तत्कालीन माओवादी केन्द्रका पर्सा–२ का प्रभावशाली युवा नेताका रूपमा परिचित थिए।
माओवादी केन्द्र र नेकपा समाजवादीबीचको एकतापछि उनले पार्टीसँग अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) रोजेका हुन्। पार्टीको स्थापना र निर्णयमा जनार्दन शर्मा र डा. बाबुराम भट्टराईको पहलमा उनलाई टिकट प्रदान गरिएको हो।
उनले पर्सामा युवा नेता र स्थानीय प्रभावशाली कार्यकर्ताको छवि बनाएका छन्।
अनुकूलता
- स्थानीय स्तरमा प्रभावशाली युवा नेता
- माओवादी केन्द्रका युवा नेताका रूपमा परिचित, स्थानीय जनसमस्यामा पहुँच
- समाजसेवा र सक्रिय राजनीतिक पृष्ठभूमि
प्रतिकूलता
- प्रलोपा नयाँ दल भएकाले पार्टी ब्रान्डिङ र जनमत निर्माण चुनौतीपूर्ण
- संघीय/प्रत्यक्ष निर्वाचन अनुभव सीमित
- संसदीय चुनावमा पहिलो पटक उम्मेदवारी
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव
अमिताभ बच्चन दास तत्मा को उम्मेदवारि कस्तो लागयो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित


