Home Candidate तोसीमा कार्की

मेडिकल क्षेत्रबाट राजनीतिमा जम्दै

http://राष्ट्रिय%20स्वतन्त्र%20पार्टी
तोसीमा कार्की
ललितपुर - ३ उम्मेदवार

तोसीमा कार्की

महिला , ३६ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
४३०९६ मत
विजयी
Profile Election History
Profile Election History

संसद् र सत्तामा बस्दा खेप्नु पर्ने आलोचनाबाट मुक्त छैनन्, उनी । पार्टीभित्रको असन्तुष्टि पनि उनका लागि चुनौती बन्न सक्छ ।

०००

गत निर्वाचनमा ललितपुर–३ मा डा. तोसिमा कार्की उम्मेदवार बन्दा कतिपयको टिप्पणी थियो– भोट काट्न आएकी उम्मेदवार । यस्तो प्रतिक्रियालाई गलत सावित गर्दै उनले चुनाव जितिन्, निकटतम् प्रतिद्वन्द्वीलाई दोब्बर भन्दा बढी मतले पछि पारेर ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उठेकी कार्की ३१ हजार १३६ मत ल्याएर निर्वाचित हुँदा एमालेका अमृत खड्काको १२ हजार ९६३ र माओवादी केन्द्रकी पम्फा भुसालको ८ हजार ७६९ मत थियो ।

चुनाव जितेर उनी स्वास्थ्य राज्यमन्त्री बनिन् ।

ललितपुरकै नक्खुमा हुर्के–बढेकी उनले किष्ट मेडिकल कलेजबाट एमबीबीएस र काठमाडौं विश्वविद्यालयबाट एमएस (शल्य–चिकित्सामा स्नातकोत्तर) गरेकी हुन् । उनले नेपाल मेडिकल काउन्सिलमा कार्यकारी सदस्यको जिम्मेवारी पूरा गरिसकेकी थिइन् । राजनीतिमा आउनु अघि उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यापन गर्थिन् ।

सार्वजनिक जीवनमा उनी सत्याग्रही डा. गोविन्द केसीको प्रतिबद्ध समर्थक र सहयोगी पनि हुन् । त्यसक्रममा उनले कानुनी लडाइँ समेत लडिन् । उनकै अगुवाइमा दायर मुद्दामा सर्वोच्च अदालतले चिकित्सा शिक्षा सुधारका विषयमा केही निर्देशनात्मक आदेश पनि दियो ।

डा. कार्कीले ललितपुर–३ बाट २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावमा पुनः उम्मेदवारी दिएकी छन् । यसपटक उनका प्रतिस्पर्धी छन्, नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठ, नेकपा एमालेका सन्दन थापा मगर, नेपाली कम्युनिस्ट पार्टीका राजकाजी महर्जन र राष्ट्रिय प्रजातन्त्र पार्टीका सबिनकुमार खड्का ।

२०७९ को निर्वाचनको समानुपातिक तर्फको मतमा रास्वपामा नै अगाडि थियो । रास्वपाले १६ हजार ६५०, एमालेले १२ हजार २९७, राप्रपाले ८ हजार ७८९, कांग्रेसले ८ हजार २४७, माओवादीले ६ हजार ५३१ र नेपाल मजदुर किसान पार्टीले १ हजार ६५८ मत पाएको थियो ।

संसद् र सत्तामा बस्दा खेप्नु पर्ने आलोचनाबाट मुक्त छैनन्, उनी । पार्टीभित्रको असन्तुष्टि पनि उनका लागि चुनौती बन्न सक्छ ।

पार्टीको संगठन विस्तार, राजनीतिक अनुभव र प्रतिस्पर्धी गठबन्धन विनै मैदानमा आउनु डा. कार्कीका अनुकूलता हुन् ।

Battleground Analysis

अनुकूलता

  • प्रतिस्पर्धी गठबन्धन विनै मैदानमा आउनु
  • पार्टीको संगठन विस्तार
  • राजनीतिक अनुभव

प्रतिकूलता

  • सत्तामा बस्दा खेप्नु पर्ने आलोचना
  • पार्टीको मूल नेतृत्व विवादमा पर्नु
  • पार्टीभित्रको असन्तुष्टि
शिक्षा
एमएस/एमबीबीएस
संसदीय अनुभव
प्रतिनिधिसभा सदस्य (२०७९)
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी
सरकारको अनुभव
स्वास्थ्य राज्यमन्त्री (२०७९)

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ ललितपुर - ३ अमृत खड्का १२९६३ ३११३६ १८२०० विजयी

तोसीमा कार्कीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

तोसीमा कार्की
४३०९६
जीतेन्द्रकुमार श्रेष्ठ नेपाली कांग्रेस
९०४५
राजकाजी महर्जन नेपाली कम्युनिस्ट पार्टी
६०२२
VS